This artcle was also published in eKantipur's Saptahik Blog on 8th July 2016 म एक आम शिक्षित बयस्क नवजवान नेपालीको यहाँ प्रतिनिधी पात्र मात्र हुँ । यो भोगाइ मेरो हैन तिनै बर्सेनी अमेरिकाका विश्वबिद्यालयबाट रिजेक्ट खेपिरहने फ्रस्ट्रेटेड जथ्थाको हो । नेपाल आज र दिनानुदिन युवापुस्ताको लागि निराशाको भुमी बन्न पुगेको छ । यहाँ आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै बिदेशी भाषा, बिशेषगरी अङ्रेजी, बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरुको कुनै कमी छैन । स्कुल देखी लिएर नेपालका कलेज विश्वबिद्यालयसम्म आज बिदेश जान योग्य युवायुवती तयार गर्ने कारखाना बनेको छ । उच्च शिक्षा नेपालमा पनि नभएका त हैनन तर एकैबार सहि बिदेश गएर नपढ्ने ब्यक्ती त साचै यो समाजले असक्षम नै ठहर्याउछ । जुन महिनाको झन्डै झन्डै अन्तिमतिर आइपुग्दा यस्पाली ‘फल’ सेसनका लागि अमेरिकाका विश्वबिद्यालयले आमन्त्रित गरेका नवजवान हरु खुबै हर्सित छन । भिसा हातहातमा झरिसकेको छ, मनमा छुट्टै उल्लास छ । अगस्ट महिनाको दोस्रो हप्ता भित्रमा मिल्ने गरी प्लेन टिकेट पनि बुकिङ छ । बस्नको लागि उता गएका वा भएका पूर्वज साथी...
श्रीजनशील कलम.........जहाँ र जहिले