Skip to main content

Posts

अमेरिकाले फेरी रेड कार्ड देखायो

This artcle was also published in eKantipur's  Saptahik Blog  on 8th July 2016 म एक आम शिक्षित बयस्क नवजवान नेपालीको यहाँ प्रतिनिधी पात्र मात्र हुँ । यो भोगाइ मेरो हैन तिनै बर्सेनी अमेरिकाका विश्वबिद्यालयबाट रिजेक्ट खेपिरहने फ्रस्ट्रेटेड जथ्थाको हो । नेपाल आज र दिनानुदिन युवापुस्ताको लागि निराशाको भुमी बन्न पुगेको छ । यहाँ आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै बिदेशी भाषा, बिशेषगरी अङ्रेजी, बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरुको कुनै कमी छैन ।  स्कुल देखी लिएर नेपालका कलेज विश्वबिद्यालयसम्म आज बिदेश जान योग्य युवायुवती तयार गर्ने कारखाना बनेको छ । उच्च शिक्षा नेपालमा पनि नभएका त हैनन तर एकैबार सहि बिदेश गएर नपढ्ने ब्यक्ती त साचै यो समाजले असक्षम नै ठहर्याउछ । जुन महिनाको झन्डै झन्डै अन्तिमतिर आइपुग्दा यस्पाली ‘फल’ सेसनका लागि अमेरिकाका विश्वबिद्यालयले आमन्त्रित गरेका नवजवान हरु खुबै हर्सित छन । भिसा हातहातमा झरिसकेको छ, मनमा छुट्टै उल्लास छ । अगस्ट महिनाको दोस्रो हप्ता भित्रमा मिल्ने गरी प्लेन टिकेट पनि बुकिङ छ । बस्नको लागि उता गएका वा भएका पूर्वज साथी...

ह्याप्पी केपी ओलिङ !!

हास्यकलाकार त्यो हो जो लोक हसाउन माहिर हुन्छ । हसाउने काम बाहेक कामको नाममा सिन्को नभाचे पनि उस्ले अर्कालाई ब्यंग गर्न भ्याएकै हुन्छ, जानेकै हुन्छ । बोल्दा मिठास लाग्दा बाणी, लयमालय सुरमा सुर । तर क्षणमै मुखार्बिन्दुबाट कटाक्ष निस्केर कुन्नी कस्को मुटु चिराचिरा पर्ने हो तेस्को केही ठेगाना छैन । लोक हसाउने लोभमा हावा कुरा त हास्यकलाकारले कती बोल्छ बोल्छ । ओली ज्युतपाईंमा यि सब कुरा मेल खान्छ नि । प्रथमत कुराले चिउरा भिज्ने भए दही किन चाहिन्थ्यो? भात्रिसंगठनका सभा समारोहमा चाहर्दा ताली र प्रसंशाका पगरी गुथ्ने क्षणिक् लोभमा परी तपाईंले खै के के भन्नु हुन्छ हुन्छ मलाई त हासो उठेरआउछ । कि तपाईंलाई कहाँ के भन्नु पर्छ भन्ने सद्बुध्धी नभएको हो कि त भने मैले के बोले भन्ने कुरा को हेक्कै नहुने बानी छ तपाईंमा । नत्र त प्रत्यक दिनको समालोचना सहित्  अर्को दिन सुध्रने कसरतत हुनु पर्ने हैन र?  प्रधानमन्त्री भनेको देशको सबै भन्दा ठुलो ब्यक्ती हो । उस्को नितान्त ब्यक्तिगत जिबन बाहेकका धेरै कुराहरु छापामा राष्ट्रिय समाचार बनेर आउछन । के तपाईंलाई यो कुरा थाहा हुनुपर्ने हैन प्रधानमन्त्री भनेको...

नेपालखेतको सुङ्गुरतन्त्र

यो लेख श्रावण ११ गते मंगलबारको नेपाल समाचारपत्र बिचारपृष्ठमा "एनिमल फार्म उपन्यास र नेपाल-खेत" शिर्षकमा छापिएको थियो । १९४५ मा एउटा उपन्यास प्रकाशित् भयो जस्को नाम थियो एनिमल फार्म । त्यो पुस्तकको प्लट हुबहु नेपालको बिगत–बर्तमान राजनीतिक परिपेक्षसँग मेल खान्छ ।  सम्झिनुस् यो देश तेही खेत हो जस्को यहाँ चर्चा गरिदै छ । एउटा खेतमा एउटा मान्छेले बिभिन्न जनावर पालेर राखेको हुन्छ । थरिथरिका बानी व्यबहार चालचलन, बिचार वा  सिद्धान्त बोकेका ती जनावरहरुलाई त्यो मान्छेले क्षमता र दक्षता अनुसारको काम दिएको हुन्छ । गाईले दुध दिनै पर्ने हुन्छ, गोरुले खेत जोत्नै पर्ने हुन्छ, कुखुराले अन्डा पार्नै पर्ने हुन्छ, जुनसुकै जनावरले आफुले सकेको र प्रकृतिको देन अनुसारको काम गरेकै हुन्छ । त्यस्बाट आउने प्रतिफल मान्छेले बढी लिएको हुन्छ र बाँकी सबैलाई महत्वका अधारमा बाँड्फाँड गरेको हुन्छ । काम बढी गर्नेलाई मान्छेले माया गर्दछ र काम गर्न नसक्ने लाई दया गर्दछ, ठग्नेलाई सजायपनि दिन्छ । केही अपवादलाई छोडेर त्यो खेत एक कानुन र ब्यबस्थाको पर्याय थियो । खेतका मालिक मिस्टर जोन्सका लागि त्यो खेत ‘ल’ ...

डाक्टर केसीप्रति आभार, सबै नेपालीलाई बधाई !!

Also published in  Lightnepal म   एक   अाम नेपाली   हुँ   ।   मैले   डाक्टर्   गोबिन्द   केसी   लाई   चिनेको   छैन   ।   मैले   उन्लाई   नचिने   के   भो?   उन्ले   मेरो   भबिस्यमा   हुन   सक्ने   स्वास्थ्य   समस्याको   निरुपण ,  उपचार्   र   ब्यबस्थापनलाई   प्रमाणमुखी ,  बैज्ञानिक   र   प्रभावकारी   बनाउन   मेरा   लागि   भनेर   मृत् ‍ यु   सैयामा   पन्ध्र दिन सम्म निराहार सुते ।   मेरो   ब्यक्तिगत   युद्द   उन्ले   मलाई   चिन्दै   नचिनी   लडिदिए ।   तसर्थ   मेरो   मागलाई   मैले   थाहा   पाउनु   अगाडिनै   भोक   हड्ताल   गरेर   नौलो   तरङग   श्रीजना   गर्नु   हुने   मेरो   अभिभावकलाई   मैले   धन्यवाद    नदिए   कस्ले   दिन्छ ? मुग...