Skip to main content

Posts

चुरोट पिउने स्वास्नी

 चियाको अन्तिम सुर्कोमा सोनामले अक्मक्किदै भन्यो,'नरिसा। तर, तेरी बूढी चुरोट खानि रैछे। मलाई त खासै त्यस्तो केही टाउको दुखाइ हैन। तर पनि तँ राम्रो साथी भएकाले भन्न पर्छ भन्ने जस्तो लागेर भन्देको। मेरो बहिनीहरूअस्ति विकेन्डमा विदेशी साथीहरूसँग ठमेलको बोटल्स अन्ड चिम्नीमा जाँदा निशाले चुरोट खाइरहेको देखेका रे।' सम्झेर ल्याउँदा रनक्क तनावमा आएछु। पहिलो बिहे। पहिलो स्वास्नी। त्यही पनि चुरोटे परिछ। चुरोट खाने लत बसेकी स्वास्नी हुने पुरुषले पहिलोपटक कोही अरुको मुखबाट यस्तो रिपोर्टिङ सुन्नुपरे के भन्लान्? मेरो त दिमाग ह्याङ भयो। निशब्द उठेर हिँडे‌। भर्खर ल्याएकी श्रीमतीको कर्तुत सुनी चियाको पैसो पनि तिर्न त कसलाई रहर हुन्छ र? अरुका जवान श्रीमतीले स्कर्ट वा पाइन्टमा सजिएर कालो चस्मा टाउकोमा राखेर लालीमा ओठले चुरोट पिएको देख्दा त खुब राम्रो लागेर हेरिन्छ तर आफ्नै श्रीमतीले चुरोट खाई भन्ने सुन्दा ज्यादै नरमाइलो हुने रहेछ। विश्वास गरिनँ।   बिहे हुनुभन्दा १५ दिनअघि हामीबीच मौखिक सहमति भएको थियो। दुबैले एक दिनमा आफ्ना एउटा खराब बानी र एउटा कमजोरी सेयर गर्नैपर्ने भने...

उल्का र अचम्मको रामकहांनी

यो लेख  Ratopati  मा मिति:2016 June 19, ९:५९ मा प्रकाशित् थियो । ................................................................................                                                         यो राजाराम कहानी हो अनी यो सिताराम कहानी पनि हो । तसर्थ, कलियुग को यो एक राम्कहानी हो । सिताराम   र   राजाराम   दुई   अपार   ब्यक्तित्वका   धनी   मान्छे   हुन्   ।   म्यानेज्मेन्ट्मा   डिग्री   सकेपनी   दुबैको   ब्यबस्थापन   भद्रगोल   नै   छ   ।   उमेर   सत्ताइस   अठ्ठाइस्   हुदो   हो ,  मिल्न   पनि   साह्रै   मिल्छन   ।   कसैले   सोडा   घोल्दियो भने   केही   घण्टाको   लागि   लाग्छ   उनिहरु   जस्ता   ठुला   सत्रु   संसारमै   कोही ...

बन्द कोठा भित्रको त्यो रात

जाडो याम बन्द कोठा अनी खल्खल म । सोचेकै पनि थीइन कहिलै त्यस्तो होला भनी तर भयो । पौठेजोरी सुरु भयो करीब सभा नौ बजे राती । युद्दकालको संखघोश भएपछी कारीब पाच् मिनेटको अन्तरालमा एक एक गरी कपडा खोल्दै गए । कारण: गर्मी । हुनत मङ्सिर महिनाको बाइस गते थियो बाहिर ब्यघ्र जाडो थियो । तर बन्द कोठा भित्रको त्यो शारीरिक परिश्रम्ले गर्दा पसिना आउनेनै भयो । नौ बाइ बाह्रको कोठामा हात्मा घङारुको लौरो लीई घटिमा चार माईल धावन गरें होला । मक्सद: मुसो मार्नु । अती गर्यो मुसाले । तेस्को अपराध यहाँसम्म पुगिसकेको थियो कि एक्दिन अगाडि राइस कुकरको बिर्को तेस्का दात्ले चाउचाउ चपाएझै झरम झरम परेर सिध्यायो । अब ग्यासको हाहाकार भएको यो कठोर् जाडोमा खाना पकाउन सकिने एउटै उपाय मेरो तेस्ले ख्याल ख्यालमै छिनिदियो । त्यो माउ मुसोले बच्चा कोरलेछ । चिर्चिर चुवचुवा तेस्का छौराका अवाज घरभरी गुन्जिन्छ । पुरै घर तेस्का बाउले चिडियाघर बनाउन बिर्ता दिएजस्तो गर्यो । बड्कौला, पिसाब को गन्ध ले घाटी सुख्खा भईसक्यो । तेसै तेसै मरुलाझै गरेर धराल्लिन पनि कती सकेको बसाहाले रौ तेस्तइ खसाल्छ । तिबिग्न झ्यास सिन्का र सुकेका पात कहाब...