विश्व जलबिन्दु सप्ताह विशेष लेख विश्व जलबिन्दु महासंघ र विश्व जलबिन्दु बिरामी महासंघको संयुक्त पहलमा यस बर्ष पनि गत साता मार्च १२ देखी १८ सम्म जलबिन्दु रोग सम्बन्धि चेतना अभिबृद्धी गर्ने मनसायले विश्व जलबिन्दु सप्ताह मनाइयो । यी दुई देहाएका संस्थाले २००८ देखि विश्व जलबिन्दु दिवसको सुरुवात गरे र २०१० देखि हरेक बर्ष विश्व जलबिन्दु सप्ताह वा वल्र्ड ग्लौकोमा वीक मनाउदै आइरहेका छन् । सन् २०२० को अन्तसम्ममा जलबिन्दु रोगीहरुको संख्या करिब सात करोड ६० लाख पुग्ने आँंकलन गरिएको छ र यो रोगको चापलाई थोरै भए पनि नियन्त्रण गर्न यी दुई संस्थाले मात्र सामना गर्न नसक्ने भएकाले समाजका हरेक तह र तप्काबाट जलबिन्दु रोगका बारेमा जनचेतना फैल्याउन यो अभियान आवश्यक भएको हो । तसर्थ जो सँग जेको बिज्ञता वा सुविस्ता छ त्यही उपयोग गरेर सामाजिक सञ्जाल तथा स्थानिय तहबाट समेत यो सप्ताहलाई ब्यापक बनाउनु हामी सबैको दायित्व हुन जान्छ । हामी सबैले जलबिन्दु रोगको बारेमा जानकारी पाउनु किन आवश्यक छ भन्ने कुरा यसै लेख मार्फत प्रकाश पार्न खोजिएको छ । हुन त जलबिन्दु धेरै किसिमका हुन्छन्ः आँफै सुरु हुने जलबिन्दुलाई
श्रीजनशील कलम.........जहाँ र जहिले