Skip to main content

Posts

नेताज्यु, जनता नभुल्नु ल ?

चुनावको चटारो बैशाख ३१ गते आएर सक्कियो । वास्तवमै यो स्थानीय चुनाव एउटा महामेला जस्तै रह्यो । पाटिका नेताहरुलाई लबिङ गर्नको टन्टो, उम्मेदवारहरुलाई नयाँ नयाँ नाना लगाएर स्टेजमा माइक थर्काउनको रन्को, कार्यकर्तालाई घर दैलो र प्रचार गर्नको अङ्खट, मतदातालाई आश्वासनहरु सुन्नुकै झन्झट । चुनावी प्रचार प्रसारमा सवारी साधन के मात्र प्रयोग भएन र? पजेरो, टोएटा, मिनिबस, रिक्सा, मोटरबाइक, गाढा, ट्रिपर, ट्रयाक्टर । पाटिहरुले भएसम्मको श्रब्य दृष्यात्मक माध्यम पनि प्रतिस्पर्धै गरेर उपयोग गरे । एफएम, माइकिङ, पत्रिका, पाम्फ्लेट, ध्वजा, झन्डा, फ्रीमा पाइँने टिसर्ट, टोपी, लकेट किरिङ्ग, टोकन, आदित्यादी । झुल्के घामदेखि सुर्यास्तसम्म नेताहरु जत्था बनाइ गाँउगाँउ पसे, टोलटोल छिरे । पानी नखाई नखाई जनताका गुनासो सुने, ओठ सुकाएर पाखा र भञ्ज्याङ् अविराम उक्लिरहे । 

चुनावी चस्का

अधिकारी रबिन्द्र, बनेपा हेर्दाहेर्दै आयो । नपत्याउदा नपत्याउदै हुने भो । स्थानीय निर्वाचनका लागि देशै पुरा चुनावमय भएको छ । कस्को चुल्होमा चाँही हिजोआज चुनावी चर्चा छैन? कुन चिया पसलमा आज्काल पाटीको मनोमालिन्यले रौनक छाएको छैन? सामान्य भनाभनदेखि लिएर यतिखेर गाँउ घरमा कठालो सामातासमात, ढुङ्गा हानाहान, खुट्टा तानातानसम्म हुन्छ । यतिबेलै हो काङग्रेस, एमाले र माओवादीको छुट्टा छुट्टै पानी भर्ने कुवा हुने, अलग अलग चिया खाने पसल हुने, बेग्ला बेग्लै दुध पुर्याउने डेरी हुने अनि एकआर्काको मेलापर्व पनि नचल्ने । चुनाव प्रचारप्रसारकै क्रममा ओल्लोपल्लो घरका दाजुभाईबीच हात हालाहाल हुन्छ, रिसारिस हुन्छ, चुनावी चश्का मत्थर नहुञ्जेल आँखा तरातर हुन्छ । धुरी धुरीमा कस्ले पहिला पाटिको झन्डा ल्याएर गाड्ने भन्ने प्रतिस्पर्धा त झन चर्कै हुन्छ । सब्से ठुलो झन्डा छानामै लगेर फहराउनेको नाक त झन घिराँैला जत्रो हुन्छ । यतिबेला हरेक ठाउँ र समयमा मानिसका कित्ता छुट्टिएका छन् । हरेकले बिपक्षी पाटिकोलाई पारी र आफ्नो पाटिकोलाई वारी भन्छन् । अथवा यस्तै अन्य कुनै कोडभाषा प्रयोग गर्दछन् । कुनै कित्तामा प्रष्ट आव

एउटा पत्र आमाको

(एउटी आमाको लागि उहाँले नै भन्नु भएको विवरणमा आधारित रहेर हिजो भर्खर मैले लेखिदिएको पत्र, जुन आफैँले खाममा टिकट टाँसी अमेरीकाको लागि डाँक गरिदिएको थिएँ ।)  आत्मीय छोरा  शुभाशिर्वाद्,  हामी ठीक छौ । आशा गर्छौ कि तिमीहरु पनि ठिकै छौ । बुहारीलाई त देखेका छैनौँ अब छोरी पनि जन्मिएकी छ रे, बधाई अनि शुभकामना । यसपालिको आमा खुवाउने औशिमा साह्रै मन खिन्न भयो । त्यसैले यो पत्र लेखेर मन हलुका बनाउन खोज्दैछु । 

सम्झनामा बैशाख १२

                                              Image: NBC News   हिँड्दा हिँड्दै छुटे कति सहयात्री साथहरु, बाटो काट्दा समाई हिँड्ने सहयोगी हातहरु   २०७२ साल बैशाख १२ मा आएको ७=८ रिचर स्केलको भुकम्पले ईतिहासमै उक्त मितिलार्ई कालो दिनको रुपमा स्थापित गर्यो । त्यो महाभुकम्पमा परेर दिवङ्गत हुनु भएका हजाराँै आत्माहरुको शान्तिको लागि प्र्राथना । नियतिको खेल, कतिले मायालु साथ र सहयोगी हातहरु गुमाए, सबैलाई दृढ रहिरहन शक्ति आओस्, यहि कामना । बैशाख १२ नजिकिँदै गर्दा शनिबारको त्यो दिन बाह्र बज्नै लागेको समय याद आउछ । शहर बासीको भन्दा फरक ग्रामीण जीवनशैली मौसम र सिजन अनुसार बदलिरहन्छ । त्यस बेला गाँउलेहरु बारीमा मकै छर्ने तयारीमा जुटेका थिए । कतै मल छर्दै थिए, कतै सियो पार्दै थिए, कोही काँक्रोको बियाँ त कोही तितेकरेला रोप्दै थिए । त्यही ग्रामीण परिवेशको डाँडामा मेरो अफिस; म कोठामा बस्दै गर्दा मानिसहरुको चिच्याहट सुनियो । हत्तपत्त बाहिर निस्किएँ । स्टाफ र सेवाग्राही सबैजना अत्तालिँदै दगुरिरहेका छन्  । मैले अझैसम्म पत्ता लगाउन सकिँन के भैरहेछ । मैले अनुमान गरेँ– आगलागी हो वा

ह्याप्पी न्यु इयर

कान्तिपुर साप्ताहिक मा प्रकाशित् मिति २०७४ साल बैशाख १ गते शुक्रबार ।  संसारमा एक बर्षमा धेरै पटक नयाँ बर्षहरु मनाइन्छन् । कोरिया र चीनको नयाँ बर्ष फेब्रुअरी आठमा पर्छ । ईरानको २० मार्च अनि तामीलको अप्रिल १४ । त्यस्तै मुस्लिम क्यालेन्डरको नयाँ बर्ष अक्टोबर ३ हो । नेपाली नयाँ बर्ष ग्रेगोरियन क्यालेन्डरको अप्रिल ११ देखी १५ को बिचमा पर्दछ । नेपाली क्यालेन्डर कुनै पुर्वनिश्चित मिति छ भने सौर्य क्यालेन्डर र जन्म, मृत्यु तथा तिथिका चाडबाडहरु चन्द्र क्यालेन्डरमा आधारित छ । ग्रेगोरियन क्यालेन्डर भन्दा यो ५६ बर्ष ८ महिना १५ दिनले अगाडि छ । अब प्रसङ्ग बदलौ । जिन्दगीमा धेरैपटक नयाँ बर्षहरु मनाइयो । तर गत बर्ष अर्थात २०७३ को नयाँ बर्ष निकै नै स्मरणीय बन्न पुग्यो । चुम्लिङको हिमाली सिरेटो, ढुङ्गाको चाङ्ले बनाइएका गोपाल दाईको भिरैको घरको आँगनमा दुई चार वटा टेन्ट टाँगेर बसेका हामी । माथि पाखातिर योगा गर्न गएका ल्यान्स, एनिठा र फ्लोराको ग्याङ्सङ्गै हाम्रा अनुवादक टोलीहरु भर्खर देखा पर्छन् । तान्जिन, छोदेन् र निङ्मा पर्खालको छेवैमा ठ्याक–ठ्याक ठुक–ठुक गर्न थाल्छन् । क्याम्प फायरको तयारी ह

मण्डपमा सहिद दिवस

मेरा हजुरबाले पिँढीको डिलमा बसेर भनेको अझै मनमा ताजै छ । उहाँले आफ्नो बिहेका बारेमा माघे ठण्डीको एक साँझ मलाई यसरी वृत्तान्त सुनाउनुभयो–साठी वसन्त पार गरेर पिंढीको कुर्सीमा बसी अतीतको दुर्बिन चिहाउँदा अहिले पनि उही दिन झलझली सम्झन्छु । माघ १६ को त्यो दिन देशले सहिद दिवस मनाइरहेको थियो । म निरीह जीव बिहेको मण्डपमा बसेर लगनगाँठो समाउँदै सहिद हुँदै थिएँ । त्यो सहिद जो जिउँदो थियो, त्यो सहिद जसमा अन्तिम हाँसो बाँकी नै थियो । उनीहरूकै भाषामा बेहुलाको उपमा दिएर एउटा स्वतन्त्र प्राणीलाई बहुला हुनबाट जोगाउँदै थिए तपसिलमा रहेका सहभागीहरू । त्यो अग्निहोत्रमा मलाई सहिद बनाउन चिरपरिचित अनुहारहरू नै लागिपरेका थिए । कोही मन्त्र जप्दै थिए, कोही टीका–टाला गर्दै थिए, कसैले पानी ल्याए, कसैले पानी खाए । कोही गानामा झुल थिए । टाई सुटमा सजिएकाहरू निस्फिक्री हाँसिरहेका थिए । एउटा मानिस मरिरहँदा लोक भने अविचलित हाँसिरहेको, अन्तिमसम्म हाँसिरहेको थियो । अरू कसैलाई समारोहबीच सहिद बनाएर बेरहम ढालिरहँदा खुब मजा लिने भीड सायद जन्तीकै भिड हो । रङ्गीचङ्गी कस्ता–कस्ता पोसाक भिरेर सहिद जोडी हेर्

लोडसेडिङलाई श्रद्धाञ्जली

हामी सारा नेपालीको जनजीवनको अभिन्न अङ्ग बनेर दशकौंसम्म हाम्रो सुखदु:खमा साथ दिँदै आएको लोडसेडिङको असामयिक निधन भएको हुँदा लोडसेडिङको आत्माले चिर शान्ति पाओस् र शोकसन्तप्त वा आश्चर्यचकित प्रभावित नेपालीहरूप्रति हार्दिक समवेदना । एकातिर हामी सबैको स्मार्टफोनमा जडित ‘लोडसेडिङ’ एप अन–इन्स्टाल गर्नुपर्ने बाध्यता आइलागेको छ भने काम बत्ती आएपछि भरे वा भोलि गरौंला भनेर टार्ने अल्छीहरूको जीवनमा बबन्डर मच्चिएको छ । लोडसेडिङ तिमी जीवित हुन्जेल सबैले सरापे तर अब तिम्रो अभाव यति खट्किन थालेको छ कि त्यसलाई शब्दमा उतार्न सकिँदैन ।  लगभग बत्ती देखेदेखि लोडसेडिङ भोगियो । अझै पनि लाग्छ, लोडसेडिङबिनाको बत्ती–बत्ती नै होइन । बिजुली बत्ती भन्नासाथ लोडसेडिङ पछाडि–पछाडि झुन्डिए आउने उपसर्गजस्तो भैसकेको हाम्रो जीवनमा अब यो असामान्य परिस्थिति आइलागेको छ । ‘लोडसेडिङ’ जिन्दगीबाट अब ‘एनिटाइम लाइटिङ’ जिन्दगी एकाएक जिउन हम्मे–हम्मे नै पर्ने देखिन्छ । लोडसेडिङको देहावशानपछि हजाराँैका जागिर जाने भए, व्यापार–व्यवसाय डुब्ने भए । एक कित्ताका जनताको अर्थतन्त्रमा महाभूकम्पै आउने भो । मैनबत्ती प्राचीन