Skip to main content

Posts

नयाँ पर्वः जनै पञ्चमी

चाड धेरै हुन्छन् तर कुनै चाड यस्तरी आँउछन्, अप्पर्झट् न तिथी न मिती । ठ्याक्कै अफ्ठ्याराँ फल्या फर्सी जस्तो । यस्पाली आज श्रावण १३ गते शुक्रबारको जनै पञ्चमी पनि ठ्याक्कै त्यस्ता गरी आयो । जनै लगाउने चाड रक्षा बन्धन पुर्णिमामा पर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले खन्डग्रास चन्द्रग्रहणको कारण भन्दै ड्याम्मै १० दिन वर सारेर जनै पुर्णे आज खप्ट्याइदियो । पर्व सरे पनि तिथी त पञ्चमी नै हो । धन्य हामी यस्पटक यो चाड मनाउन १० दिन बढी बुढो हुनु परेन । फेरी यो दिन एउटा हैन दुइटा हैन धेरै अवसरहरुको जोडले बनेको छ । नाँग पञ्चमी छँदै छ जुन दिन हामी घरका दैलो दैलोमा नाँग टाँस्छौ, हातमा डोरो बाँध्छौ, हुनिले नुहाइ धुवाइ गरेर जनै फेर्दछन र तातो तातो क्वाटी पनि खान्छन् ।  यस् एतिहासिक दिन त्यतिमात्रमा सिमित छैन । दिदीबहिनिले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने पनि यसै दिन हो । कल्की जयन्ती र ऋृषि तर्पणी पनि यसै दिन हो । हुने खाने शहरीयाहरुले यो गूड् फ्राइडेलाई टिजिआइएफ भनेर क्लबमा डान्स गर्न पनि पक्कै छोड्दैनन् । हेपाटाइटिसलाई हटाऔँ भन्ने नाराका साथ विश्व हेपाटिटिस दिवस पनि आजै मनाइदैछ । फेरी आजकै दि

हामी डिजिटल नागरिक

फेस्बुक एउटा यस्तो स्वप्निल देश हो कि यो पुस्ता गर्व गर्दछ यस्को नागरिक भएकोमा । कतै जाँदा, कुनै पर्व मनाउदा, कसै सगँ भेट हुँदा वा एकान्तमा बोर हुँदा समेत फेस्बुके न्युजफिडले फोटा र विवरण प्रसारण गर्ने मौका पाएकै हुन्छ ।

तस्बिरका रुपहरु

( कान्तिपुर साप्ताहिक मा २०७४  असार १६ गते प्रकाशित् ) आजकाल एउटा समारोहको झलक यस्तो रहन्छ ः दर्शक दीर्घा ठाडो घाँटी लगाएर कसैको प्रतिक्षामा एकातिर बसिरहेका हुन्छन् । तोकिएको समयभन्दा एक दुई घण्टा ढिला प्रमुख अतिथि आइबक्सिन्छ । तबसम्म सहभागीहरुलाई अल्मल्याउन उद्घोषकलाई धौ धौ नै पर्दछ । प्रमुख अतिथि विशेष राजनैतिक् दलका वरिष्ठ नेता वा मन्त्री नै हुन परिहाल्यो नत्र हाम्रो देशमा कहाँ बाक्लो अडियन्स बटुल्न सकिन्छ र? प्रमुख अतिथिको फेमस अनुहारमात्र भएनि दर्शन गर्न भनेर कति मान्छे पानी समेत नपिइ धर्ना कसेर बसेका हुन्छन् । अतिथि आउनासाथ बाटैबाट लाइन लागेर स्वागत गर्न थालिन्छ । हातहातमा फुल गुच्छा र खादा लिएर हाम फालौँला झैँ गरेर अतिथिलाई अफर गर्छन् । अतिथिले दुई चार वटा मुहार बाहेक त्यो जनसागरलाई न चिनेको हुन्छ, न चिनेर टाउको दुखाउनै चाहन्छ । उस्को नजरमा त्यो भीड कार्यक्रम सफल पार्न भेला भएका टाउकाहरुको जमात मात्र हो । यस्ता थुप्रै जमात उस्ले सामना गरिसकेको हुन्छ र त्यस दिन त्यस्तो जमात उस्को लागि साताँै वा आठाँै पनि हुन सक्छ । तर ती सेलेब्रिटिलाई ढुकेर बसेका उस्का अन्धभक्त प्र

नेताज्यु, जनता नभुल्नु ल ?

चुनावको चटारो बैशाख ३१ गते आएर सक्कियो । वास्तवमै यो स्थानीय चुनाव एउटा महामेला जस्तै रह्यो । पाटिका नेताहरुलाई लबिङ गर्नको टन्टो, उम्मेदवारहरुलाई नयाँ नयाँ नाना लगाएर स्टेजमा माइक थर्काउनको रन्को, कार्यकर्तालाई घर दैलो र प्रचार गर्नको अङ्खट, मतदातालाई आश्वासनहरु सुन्नुकै झन्झट । चुनावी प्रचार प्रसारमा सवारी साधन के मात्र प्रयोग भएन र? पजेरो, टोएटा, मिनिबस, रिक्सा, मोटरबाइक, गाढा, ट्रिपर, ट्रयाक्टर । पाटिहरुले भएसम्मको श्रब्य दृष्यात्मक माध्यम पनि प्रतिस्पर्धै गरेर उपयोग गरे । एफएम, माइकिङ, पत्रिका, पाम्फ्लेट, ध्वजा, झन्डा, फ्रीमा पाइँने टिसर्ट, टोपी, लकेट किरिङ्ग, टोकन, आदित्यादी । झुल्के घामदेखि सुर्यास्तसम्म नेताहरु जत्था बनाइ गाँउगाँउ पसे, टोलटोल छिरे । पानी नखाई नखाई जनताका गुनासो सुने, ओठ सुकाएर पाखा र भञ्ज्याङ् अविराम उक्लिरहे । 

चुनावी चस्का

अधिकारी रबिन्द्र, बनेपा हेर्दाहेर्दै आयो । नपत्याउदा नपत्याउदै हुने भो । स्थानीय निर्वाचनका लागि देशै पुरा चुनावमय भएको छ । कस्को चुल्होमा चाँही हिजोआज चुनावी चर्चा छैन? कुन चिया पसलमा आज्काल पाटीको मनोमालिन्यले रौनक छाएको छैन? सामान्य भनाभनदेखि लिएर यतिखेर गाँउ घरमा कठालो सामातासमात, ढुङ्गा हानाहान, खुट्टा तानातानसम्म हुन्छ । यतिबेलै हो काङग्रेस, एमाले र माओवादीको छुट्टा छुट्टै पानी भर्ने कुवा हुने, अलग अलग चिया खाने पसल हुने, बेग्ला बेग्लै दुध पुर्याउने डेरी हुने अनि एकआर्काको मेलापर्व पनि नचल्ने । चुनाव प्रचारप्रसारकै क्रममा ओल्लोपल्लो घरका दाजुभाईबीच हात हालाहाल हुन्छ, रिसारिस हुन्छ, चुनावी चश्का मत्थर नहुञ्जेल आँखा तरातर हुन्छ । धुरी धुरीमा कस्ले पहिला पाटिको झन्डा ल्याएर गाड्ने भन्ने प्रतिस्पर्धा त झन चर्कै हुन्छ । सब्से ठुलो झन्डा छानामै लगेर फहराउनेको नाक त झन घिराँैला जत्रो हुन्छ । यतिबेला हरेक ठाउँ र समयमा मानिसका कित्ता छुट्टिएका छन् । हरेकले बिपक्षी पाटिकोलाई पारी र आफ्नो पाटिकोलाई वारी भन्छन् । अथवा यस्तै अन्य कुनै कोडभाषा प्रयोग गर्दछन् । कुनै कित्तामा प्रष्ट आव

एउटा पत्र आमाको

(एउटी आमाको लागि उहाँले नै भन्नु भएको विवरणमा आधारित रहेर हिजो भर्खर मैले लेखिदिएको पत्र, जुन आफैँले खाममा टिकट टाँसी अमेरीकाको लागि डाँक गरिदिएको थिएँ ।)  आत्मीय छोरा  शुभाशिर्वाद्,  हामी ठीक छौ । आशा गर्छौ कि तिमीहरु पनि ठिकै छौ । बुहारीलाई त देखेका छैनौँ अब छोरी पनि जन्मिएकी छ रे, बधाई अनि शुभकामना । यसपालिको आमा खुवाउने औशिमा साह्रै मन खिन्न भयो । त्यसैले यो पत्र लेखेर मन हलुका बनाउन खोज्दैछु । 

सम्झनामा बैशाख १२

                                              Image: NBC News   हिँड्दा हिँड्दै छुटे कति सहयात्री साथहरु, बाटो काट्दा समाई हिँड्ने सहयोगी हातहरु   २०७२ साल बैशाख १२ मा आएको ७=८ रिचर स्केलको भुकम्पले ईतिहासमै उक्त मितिलार्ई कालो दिनको रुपमा स्थापित गर्यो । त्यो महाभुकम्पमा परेर दिवङ्गत हुनु भएका हजाराँै आत्माहरुको शान्तिको लागि प्र्राथना । नियतिको खेल, कतिले मायालु साथ र सहयोगी हातहरु गुमाए, सबैलाई दृढ रहिरहन शक्ति आओस्, यहि कामना । बैशाख १२ नजिकिँदै गर्दा शनिबारको त्यो दिन बाह्र बज्नै लागेको समय याद आउछ । शहर बासीको भन्दा फरक ग्रामीण जीवनशैली मौसम र सिजन अनुसार बदलिरहन्छ । त्यस बेला गाँउलेहरु बारीमा मकै छर्ने तयारीमा जुटेका थिए । कतै मल छर्दै थिए, कतै सियो पार्दै थिए, कोही काँक्रोको बियाँ त कोही तितेकरेला रोप्दै थिए । त्यही ग्रामीण परिवेशको डाँडामा मेरो अफिस; म कोठामा बस्दै गर्दा मानिसहरुको चिच्याहट सुनियो । हत्तपत्त बाहिर निस्किएँ । स्टाफ र सेवाग्राही सबैजना अत्तालिँदै दगुरिरहेका छन्  । मैले अझैसम्म पत्ता लगाउन सकिँन के भैरहेछ । मैले अनुमान गरेँ– आगलागी हो वा