Skip to main content

Posts

तीजको तिथि र थिति खै ?

प्रथमतः तीजका भगवान शिवलाई नमन् जस्ले भोका र प्यासा ब्रतालु महिलाहरुलाई मादल वा उफरको रफ्तारसगैँ दिनभरी उफ्रन मनग्गे क्यालोरी दिने गरेका छन् । साउन महिनाभर नेपाली हिन्दु नारीहरु हरियो बस्त्रमा सजिएर हिँडे । अहिले भदौ लाग्दा ऊनीहरुको बस्त्रको रङ बदलियो रातोमा । 

पाँचपोखरीको यात्रा

यो दृष्य हेर्न हामी त्यहा गएका थियौं तर बैशाखको आधाआधीसम्म हिउ निख्रिएको थिएन । भदौ असोजमा मौसम उघ्रिएको बेलामा पर्‍यो भने तपाईंले माथि भ्युपोइन्टबाट यस्तो दृष्य देख्नु हुनेछ । बौद्ध र हिन्दू धर्मावलम्बीहरु जनैपुर्णिमामा बिकट र उच्च पहाडी भेगमा रहेका धार्मिक तीर्थस्थल कठोर यात्रा गरेर पुग्ने गर्दछन् । यसका लागि रसुवाको गोसाइकुण्ड प्रचलित छ भने उत्तिकै महत्वपूर्ण तर चर्चामा नआएको अर्को ठाउँ हो – पाँचपोखरी जहाँ पुर्णिमामा ठुलो मेला लाग्दछ ।  सिन्धुपाल्चोक जिल्लामा रहेको यस् क्षेत्रमा दुई तरिकाबाट पुग्न सकिन्छ– चौताराबाट कामीखर्क, पौवाबास र हिलेभञ्ज्याँङ हुँदै नासिमपाटी तथा मेलम्चीबाट तिपेनी, थाङ्पाल धाप, भोताङ हुँदै नासिमपाटी । दुबै ट्रेल ३७०० मिटरमा रहेको नासिमपाटीमा आएर मिसिन्छ र त्यहाँ बाट ४–५ घण्टाको बाटो हिंडेपछी पाँचपोखरी पुगिन्छ । मेलम्चीबाट जाने बाटो छोटो तर बढी ठाडो छ । प्रस्तुत छ यही बैशाख १५ गते राजकुमार श्रेष्ठ र रत्न बन्जारासँग पाँचपोखरी जाँदाको अनुभव ।

पैसा, पैसा, पैसा

पैसा जीवन जिँउने साध्य हैन साधनमात्र हो तथापी सालनाल काट्नदेखी अर्थी उठाउनसम्म पैसाको जरुरत पर्छ । गरीबलाई पैसाको अभाव छ, धनीलाई पैसाले पुगेको छैन । ओछ्यानबाट उठेदेखी पुनः ओछ्यानमा आएर नढलुँञ्जेलसम्म पैसाकैलागि दौडिन्छ मान्छे । परेली निदाएपनि पैसा कमाउने योजनामा बुन्दछ मान्छे । तर जिन्दगीचाँही पैसा मनग्गे भएपनि चल्छ र हुँदै नभएपनि चल्ने रहेछ ।

निश्पक्ष नेपाली कता गए ?

हामी मानवीय चेतना भएका नेपाली हौ, अनि मात्र यो वा त्यो हाँै । बाबुआमाको पृष्ठभूमिको आधारमा जन्मनासाथ बच्चालाई उताको र यताको भनेर कित्ताकाट गरिन्छ । फलस्वरुप ऊ पनि पछि गएर आफ्नो अभिमत राख्दा स्वतन्त्र मानवभन्दा पहिला काङ्ग्रेस वा बामपन्थी भएर राख्छ । राजनैतिक पुर्वाग्रहले उस्को स्वतन्त्र बिचारको घैटोमा बिर्को लगाइदिन्छ र ऊ बैचारिक अपाङ्ग हुन्छ ।

आहा ! बर्खे बिकास

नेपाल कृषि प्रधान देश हो । असार महिना भर्खर सकियो र यो महिना नेपालको लागि निकै नै महत्वपूर्ण मानिन्छ । कारण हामी नेपालीको मुख्य बाली धान यसै महिनामा रोपिन्छ । महिनाको अधा आधीमा धान दिवस समेत् धान रोपेर, दही चियुरा खाएर र बिबिध साङ्गितिक कार्यक्रम गरेर मनाईन्छ । यो महिनामा हामी धान रोप्न कँही छोड्दैनौ । काठमाडौंकै बिभिन्न स्थानका बासिन्दाले सडकमै रोपाई गरेर उक्त कुरा पुष्टि गरिसकेका छन् । कृषिप्रधान देश भईकन यति पनि फाईदा लुट्न सकिएन भने त के काइदा? असारैभरि रोपाईको नाममा हिलोमा लडिबुडी खेल्दै रमाउने कलाकार र मोडलहरुको पनि देशमा खाँचो भएन । जनप्रतिनिधिहरु पनि सस्तो लोकप्रियाताका लागि कोदालो लिएर बाउसे गर्न र घुम ओडेर बिँउ काढ्न पछि परेनन् । Road construction in the rain: Asar's Development रोपाईलाई फगत मनोरञ्जनको रुपमा लिनु हाम्रो दुर्भाग्य हो । खेतका कुनै गह्रामा बाजा ध्वजाका साथ ५ सय भन्दा बढीले रोपाई गरेको नाटक मन्चन भईरहँदा लाखौं किसानका फाँटहरु लाठे र रोपाहारको अभावमा बाँझो पल्टन तयार भईरहेको यथार्थता हामीले भुल्नु हुँदैन । एकदिन रोपाँईको मज्जा लुट्नेले धानको फसल

बाल्यकालको विश्वकप

विश्वकप फुटबल २०१८ को अन्त्यतिर आइपुग्दै गर्दा त्यो टिन् एजको सुरुवाती क्षणहरु झल्झल्ती सम्झना आँउछ जतिखेर विश्वकप फ्रान्समा भएको थियो र फ्रान्सले नै जितेको थियो । १९९८ साल थियो त्यो । किशोर अवस्थामा जस्तो क्रेज शायद अरुबेला हुँदैन होला, कुनै खेल हेर्न छुट्दैन थियो । प्रायः सबै खेलाडीका नाम कन्ठष्थ थिए । डेभिड बेखेम, रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लस, जिनेदिन जिदान, गाब्रिएल बाटिस्टुटा त्यतिखेर चर्चित नामहरु थिए । सेमी फाइनल खेल ब्राजिल र नेदर्ल्यान्ड्स अनि फ्रान्स र क्रोयसिया बिच भएको थियो । गाँउ गाँउसम्म विश्वकपको बेग्लै रौनक थियो । ठाउँ ठाउँबाट फुटबलका बालटोलीहरु मैदानमा निस्कँन्थे । फुटबल हेर्नका लागि टी भी हुनेको घरमा मान्छेहरुको लाभा लश्कर नै हुन्थ्यो । प्राय चार गाँउ भरीमा एउटा घरमा टी भी हुन्थ्यो । रङ्गिन टी भी हेर्नु परे त चार कोस पर कलाँतीको बासुको घर पुग्नु पथ्र्याे । त्यही घरमा फेरी भोटे कुकुर पालेका थिए ।   

विश्वकप दर्शन नियमावली २०१८

विश्वकप फुटबल घरेलु दर्शक महासंघको केन्द्रीय कार्यालयको मुख्य सुचनापाटीमा प्रकाशित् मिति २०७५ असार १ । गत जेष्ठ ३१ गतेदेखि रसियामा जारी फिफा विश्वकप फुटबल हेर्ने दौरानमा गाँउ, समाज र विशेषगरी घर परिवारमा हुनसक्ने असमझ्दारी, झैझगडा वा किचलोलाई न्युनिकरण गर्ने हेतुले विश्वकप दर्शन ऐन २०१४ को प्रस्तावनालाई टेकी सर्वसाधारणका घरघरमा शान्ती र अमनचयनका साथ विश्वकप हेर्ने वातावरण श्रीजनार्थ विश्वकप दर्शन नियमावली सार्वजनिक गर्न वान्छनीय भएकोले विश्वकप फुटबल घरेलु दर्शक महासंघले देहाएका नियमहरु बनाएको छ ।