Skip to main content

Posts

नियात्रा

बचेराहरु निदाएपछि जस्केला नांघेको छु मैले , वाचाल पाइलाहरु मेरा , अभिशप्त अन्धकारको नियात्रा अगाडि निशा उध्रिएर पोखिएको उषा मेरै गन्तब्य पारी पाखा र पाङ्गरमा ग्वालाहरुको भोको र मलिन स्वर , अघि अघि हिड्दै गरेका गौखुरका फट्फटे ध्वनी , अनि तीनका पदचापले उडाएको धुलो बडारेर पवनले मेरो घ्रांणमा थोपर्छन् आहा म हुर्केको माटोको सुगन्ध !

नयाँ बर्ष: नयाँ उर्जा

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । मेरो धेरै शोखहरु मध्य एक हो नयाँ बर्षमा नयाँ साथी बनाउने । बेग्लै परिवेश र कथा बोकेको बिल्कुल नौलो साथी । केही बर्षअघि मनास्लु क्षेत्रको ट्रेकिङ जाँदा त्यो संयोग मिल्यो । बनाउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी हिंडेको थियौँ । 

भ्रष्टाचारको जरो

कान्तिपुर साप्ताहिकमा मिती २०७५ साल चैत्र ८ गते प्रकाशित् । केही साताअगाडि अदुअआका आयुक्तसमेत चरम भ्रष्ट्राचारको आहालमा लिप्त रहेको खुलासा भयो । देशको लागि योभन्दा बढी बिडम्बना के होला कि भ्रष्टाचार नियन्त्रण गर्नैको लागि नियुक्त गरिएको जिम्मेवार ब्यक्ति नै भ्रष्ट छ । अब कोचाँही चोखो होला भनेर प्रश्न सोध्नै नपर्ने भयो । नेपाल १८० राष्ट्रमध्ये भ्रष्टताको सुचिमा ५७ औ स्थानमा परेको छ । जुनसुकै लामो यात्रा आखिर पहिलो कदमबाट सुरु गरिन्छ । बिकास र सम्बृद्धीको यात्राको पहिलो कदम भनेको भ्रष्टाचर नियन्त्रण हो नत्र जस्तोसुकै निति तथा योजना ल्याएपनि पहिलै पाइलामा ठेस लाग्ने निश्चित् छ । अहिले सरकारले एकपछि अर्को गरेर योजना सार्वजनिक गरिरहँदा जनतामा फिटिक्कै आश नजाग्नुको पछाडि एउटै कारण हो– मौलाएको भ्रष्टाचार । भ्रष्टाचारलाई हामीले यदि ठेगान लाउन सक्दैनाँै भने मेलम्ची खानेपानीले भोगेको दुश्चक्र पुनः पानीजहाजले नभोग्ला भन्ने ग्यारेन्टि केही छैन । काङ्ग्रेसले एमालेलाई, एमालेलेले फोरमलाई, फोरमले माओवादीलाई, एक ब्यक्ति वा दलले अर्को ब्यक्ति वा दललाई आरोप प्रत्यारोपको जुहारीबाहेक हामीले केही गर

मायाका रङ्गहरु

सेतो टिसर्ट र पुरानो हाफ पेन्ट लगाएर काठमाडौंको एक कुनामा रहेको ठुलो ढोकाअगाडि खुट्टा फट्फट गर्दै उभिएको छु । पास देखाएपछि दर्बानले भित्र जाने ईशारा गर्दै फलामे द्वार खोलिदिन्छ । जसै म भित्र पस्छु, लाग्छ त्यो पृथ्वीलोक हैन । बाहिर टाढैबाट सुनिएको कोकोहोलो र संगीतको स्रोत मेरो कान र आँखाअगाडि छन् । हर्ष र अचम्मले द्रबिभुत हुँदै बिरालोको चालमा पदअघि बढाँउदा जमीन स्पिकरको धङ्धङीसँगै नाचिरहेछ । म कांप्दै अघि बढ्दैछु । करिब ६० जना युवा–युवती त्यो रुफ्टप रेस्टुराँको यताउति छरिएर रमाइरहेछन् । स्विमिङ पुलको वारी र पारी, बरण्डाबाट प्राङ्गणमा र प्राङ्गणबाट रुफटपमा हानाहान् चल्दैछ । पाकेको गोल्भेँडा हातमा लिने र मन लागेको मान्छेलाई गोल्भेडा फुट्नेगरी हिर्काउने होलीमा आयोजित अचम्मको टोमेटिनो फेस्टिबल थियो त्यो जहाँ सब्का सेता टिसर्ट किचिएका राता गोल्भेडा र यस्का हरिया–पहेला बिँउहरुले रङ्गिएका छन् । हातबाट गोल्भेँडा फ्याल्ने चिच्याँउछ, कसैलाई लागेपछि फाल्ने, लाग्ने र हेर्ने सबै चिच्याँउछन् । जाज र साल्साको रौनकमा खेल चलिरहेछ ।  अघि बढ्दै जाँदा म यस्तो बिन्दुमा पुग्छु कि एक्कासी सब्का सत

रबिन्द्र पत्नीको भाईरल कविता

फागुन १५ गते दिननै अँध्यारो थियो । अझ झन् हेलिकप्टर हराएको समाचार आउँदा त मन पनि अँध्यारो भयो । हेलिकप्टर दुर्घटनामा परी त्यसमा सवार अन्य ६ ब्यक्तित्व सहित संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीको मृत्यु् भयो । आशा लाग्दा नेता गुमाउनु परेकोमा देशमात्र मर्माहत भएन प्रकृति पनि रोयो । मन्त्री रबिन्द्र अधिकारीको मृत्युले म स्वयम्लाई छुट्टै पिडा दियो जुन अरु नेताहरु बित्दा कहिल्यै भएन । उनीसँग आफ्नो बिशेष सम्बन्ध रहेझँै लाग्दथ्यो । कारणः हुबहु नाम र थर मिलेकोले मैले उन्लाई मित्ज्यु ठाँन्दथे । उनी पर्यटन मन्त्रीमा बहाली हुँदापनि कसैगरी झुक्किएर दुई चार जनाको बधाईको स्वाद चाख्ने अवसर पाएको थिए । यसरी भित्र उब्जिएको पिडालाई म मुर्तरुप दिन चाहन्थँे । त्यसैले रबिन्द्र अधिकारीको सम्झनामा एउटा कविता लेखेँ– आई विल मिस यु, मित्ज्यु । तर मैले पछि बिचार गरेँ– अधिकारी यस् संसारमा नरहनुको पिडा मलाई जति छ त्योभन्दा हजाराँै गुणा बढी उन्को परिवार, बिशेषतः उन्कीे पत्नी बिद्या भट्टराईलाई छ । हो, त्यो उन्को असिम पिडालाई उन्कै दृष्टिकोणबाट ब्यक्त गर्न सकियो भने कविताले बोक्ने ओझ र अर्थ अझ घनिभुत ह

रुपा मगरको प्रेम कविता कृष्ण वलीलाई

सात जुनीको प्रेमी तिमी मेरो कृष्ण वली उत्तर मेरो तिमी नै हौ जे होस् प्रश्नावली ।

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट