Skip to main content

डाक्टर केसीप्रति आभार, सबै नेपालीलाई बधाई !!


Also published in Lightnepal



 एक अाम नेपाली हुँ  मैले डाक्टर् गोबिन्द केसी लाई चिनेको छैन  मैले उन्लाई नचिने के भो? उन्ले मेरो भबिस्यमा हुन सक्ने स्वास्थ्य समस्याको निरुपणउपचार्  ब्यबस्थापनलाई प्रमाणमुखीबैज्ञानिक  प्रभावकारी बनाउन मेरा लागि भनेर मृत्यु सैयामा पन्ध्र दिन सम्म निराहार सुते । मेरो ब्यक्तिगत युद्द उन्ले मलाई चिन्दै नचिनी लडिदिए । तसर्थ मेरो मागलाई मैले थाहा पाउनु अगाडिनै भोक हड्ताल गरेर नौलो तरङग श्रीजना गर्नु हुने मेरो अभिभावकलाई मैले धन्यवाद  नदिए कस्ले दिन्छ?

मुगू  जाजरकोटको कुरै छाडौ राजधानी नजिकै बस्ने सर्वसाधारण हुँ  नजिकै दस वटा भन्दा बढी हस्पिटल छन्तर मलाई रुघा मात्र लाग्दा पनि  कुनै अस्पताल् जान डराउने अवस्था अहिल्यै अाइसक्यो  किनभने मलाई त्यहाँ त्यो अस्पतालमा भए भरको नापजाँच् गराउछ  एभिडेन्स बेस्ड प्राक्टिसमा यथोचित जाँच गराइन्छ  रोगको निदान गरिन्छ नकी अस्पतालमा उपलब्ध जती सबै सबै जाँच पड्ताल  अनी सबैलाई जस्तो मलाई पनि जाच्ने डाक्टर के कस्तोराम्रो नराम्रो कुन कलेज बाट पास गरेको हो जान्न मन लाग्छ तर प्रतक्ष सोद्न सकिदैनमिल्दैन पनि  अब पनि अझै मेडिकल माफिया  ब्यापारिहरुलाइ निर्धक्क मेडिकल कलेज् खोल्नबिरामी  पुर्वाधार नपुर्याइ सोही कोटा सङ्ख्या निरन्तरता दिन वा बढाउन  शहर केन्द्रित कलेज स्थापना गर्न दिइरहेको भए   यती कुरा ग्यारेन्टि थियोहाम्रा सन्तति हरुले एलोपेथी प्रतिको अविश्वास  चरम आर्थिक असुलीले गर्दा बरु धामी झाँक्री  बैध्यको उपचार् तिर लाग्न वाध्य हुने थिए   उपचार् पद्दतिमा आएको सुधार  प्रविधिलाई बेवास्ता गरेर उही ढुङगे युग गमनको बाध्यताबाट उनिहरुलाई उन्मुक्ती दिन डाक्टर केसीले गरेको तपस्यालाई सह्राना गर्नै पर्छ । भएका शिक्षण अस्पताल् नै राम्रो सँग नचलिरहेको परिप्रेक्षमा अब दस बर्ष सम्म काठमाडौंले अर्को मेडिकल कलेज झेल्नु पर्ने छैन, त्यस्का लागि पनि केसी प्रति आभार । 

"हो कसैले पनि एउटा नाडी समेत् नछामीवा एक पटक समेत् स्टेथेस्कोपको प्रयोग वास्तविक बिरामीमा नगरि सर्टिफिकेट लिएर आएको डाक्टर सँग जीवन नै दाउमा राखी उपचार् गराउन वाध्य हुनु नपरोस  "

केसीको माग सम्बोधन नभएको भए तिनै तप्काका जनता मारमा परीरहने  थिए : सन्तानलाई योग्य चिकित्सक बनाउन लालायित बाबुआमा जो पाइला पाइलामा कलेज् प्रशासनबाट चर्को पैसा असुलिको चपेटामा परेका छन् , भारी मुल्य तिर्दा तिर्दै पनि गुणस्तरहिन मेडिकल शिक्षा पाउने युवायुवती जस्ले आफ्नो योवनकालको महत्वपूर्ण हिस्सा मानसिक तनाबमै बिताउनु परेको हुन्छअनी स्वभावतआफ्नो लगानी उठाउन बेचैन् तिनै सिमित सिप भएका डाक्टरबाट उपचारको आशा राख्ने बिरामी   अब सातै प्रदेशमा अस्पताल् निर्माणको सोचले जनतालाई सानो जाच  बिशेषज्ञ सेवाका लागि मुख्य शहरहरुमा धाइ रहनु नपर्ने अवस्थाको पारीकल्पना गर्न सकिन्छ जस्ले उनिहरुको दु:खर्च आदी सबै कम गर्ने        
केसी असफल भएको भए धनीमानिहरुले दिल्लीब्यङ्ककलण्डन वा न्यु वर्कमा गै उपचार् गरिनै रहने थिए तर मानबिय एक अंुल्य चोलामा गरीबको जिन्दगी पनि त्यतिकै महत्वको हुन्छ हैन ?
        
स्वास्थ्य क्षेत्रमा देखिएको तमाम बेथिती र पोलिसी करप्सनलाई उदाङो पार्न र त्यस्मा आवश्यक सुधार सहित्को बिकल्प दिदै डाक्टर गोबिन्द केसी पटक पटक गरी अहिले आठौ पटक अमरण अन्सन सफल भएको छ । हुन त सुरु देखी अहिलेसम्म केही कुरा सुधारिएता पनि धेरै धेरै कुरा बाँकी छन् । समानान्तर सरकारको रुपमा अहिले छाएको अख्तियार जस्ले मेडिकल सुशासनलाई प्रदुशित बनाएको छ, हो त्यस्लाई समेत् नियमन गरी आवश्यक ठहरे सजायको दाहेरामा लेराउन जनप्रतिनिधीले भरिपूर्ण संसद नै चाहिने रहेछ । उन्को अन्सनको पन्ध्रौ दिन सरकारी बार्ताटोलिका संयोजक स्वास्थ्य सचिब डाक्टर सेनेन्द्रराज उप्रेती र उनिबिच बिबिध सहमतिमा हस्ताक्षर भै अन्सन तोडिएको छ । पन्ध्र पन्ध्र दिन सम्म गहन बिषयपरिवेश नहुँदा लाग्थ्यो सिघ्र माग सुनुवाई हुन पाटिकै झन्डा उठाउनु पर्ने थियो की अथवा कतै उपल्लो एलिट तहबाट दबाब र पैसा पो चाङ् लाग्या थियो कि? यो शंका गर्ने बातावरणको श्रीजना सांसदहरु स्वयमले श्रीजना गरेका हुन । कसैले केसिका राजनैतीक मुद्दामा नजाने भने कसैले कानमा तेल हाले, कुरा उस्तै उस्तै हो ।   



"दलिय स्वार्थ भन्दा कदाचित माथि मुन्टो उठाउन नसक्ने तमाम नेताहरुलाई चुनौती: अब आएन्दा यस्ता सम्बेदनशिल बिषयहरुमा समय मै ध्यान आकर्षित गर्नु होला नत्र तपाईंहरुको मौनता र ढिलासुस्तीले तपाईंहरुकै राजनीतिक भबिस्य श्मसान तिर लम्कि रहने छ ।"

संसदमा खुट्टा तानातान गर्दाकुर्सीका लागि हानाहान गर्दा उता एक निस्वार्थ चिकित्सक दुई साता सम्म मरणासन्न सुतिरहेको थियो  गर्ने ध्यय भए जमानामा कुनै दलले वा तिन्का नेताले यी मुद्दा उठाउथ्योबुढो हड्डिले बारम्बार किन अमरण अन्सन बस्नु पर्थ्यो बन्दचक्काजाम  गुरिल्ला युद्द छेडेर शक्तीकेन्द्रमा आएका महोदयहरुले सत्याग्रहको महत्वलाई धेरै ढिला मात्र बुझ्नु भयो । तर खैर, राम्रो पक्ष आखिर बुझ्नु त भयो । दलिय स्वार्थ भन्दा कदाचित माथि मुन्टो उठाउन नसक्ने तमाम नेताहरुलाई चुनौतीअब आएन्दा यस्ता सम्बेदनशिल बिषयहरुमा समय मै ध्यान आकर्षित गर्नु होला नत्र तपाईंहरुको मौनता  ढिलासुस्तीले तपाईंहरुकै राजनीतिक भबिस्य श्मसान तिर लम्कि रहने   

त्यस्तो आदर्श ब्यक्ती जो जाजारकोटमा जनता हैजाले मरिरहेका बेलामा राजधानीको सुबिधालाई लत्याइ आफ्नै ज्यान धरापमा राखी खाइ नखाइ उपचार् गर्न जान्छप्राकृतिक प्रकोपका शिकार बनेका बर्मेलीहरुलाई सेवा गर्न प्रशासनिक् उल्झन नहोस् भनि भेस परिवर्तन गरेर म्यान्मार छिर्छजस्को पहिलो धर्म सदैब बिरामीको सेवा नै रहयोअनि विद्यार्थीको गुणस्तरीय शिक्षा नै रहयोहो त्यस्तो आदर्श ब्यक्ती अहिले हामीले शान्तिपूर्ण सत्याग्रहको लिडरको रुपमा पाउनु हाम्रो अहोभाग्य हो, जस्ले अन्त्यमा परिणाम् दिएरै छाड्यो । सिमित मुद्दाहरुबाट उठेको यो आन्दोलन अाठौ चरणमा अाइपुग्दा सन्स्क्रिती  कुरिती बिचको लडाईं बन्योबेथिती  सुशासन बिचको लडाईं बन्यो  वास्तवमै भन्नु पर्दा यो न्याय  लोकतन्त्रलाई बलियो बनाउने सत्याग्रह थियोजस्ले यस्को बिरोध गरिरहेका छन् तिनिहरुकै पनि हितको लागि  थियो 

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...