यो लेख स्वास्थ्य खबर पत्रिकामा २०७३ भाद्र २७ अङ्कमा प्रकाशित् थियो । click here
सुर्य पृथ्वीको प्राण भर्ने महत्वपूर्ण स्रोत भएतापनी सुर्यको किरण सँगै परावैजनि किरणको रुपमा हानिकारक अंश पनि मिसिएका हुन्छन् । अङ्रेजिमा यसलाई अल्ट्रा भ्वाइलेट रेज ९ग्ख् च्बथक० भनिन्छ । यस्को स्रोत सुर्य्किरण मात्र नभै वेल्डिङ को तेज प्रकाश, लेजर, मर्करी भ्यापोर बत्ती, हीँउबाट परावर्तित घाम आदी हुन् ।
प्राय युभी रेजले छालामा पार्न सक्ने असरका बारेमा सबैलाई थाहा छ, तर यस्ले आँखा र दृष्टिमा पनि नकारात्मक प्रभाव पार्छ भन्ने कुरा थाहा नहुन सक्छ । हो निश्चय पनि आँखालाई यि किरणले हानी गर्दछन् ।
युभी किरणलाई नांगो आँखाले देख्न सकिदैन, यस्को तरङ लम्बाइ घामका देखिने सात रङहरु मध्यको बैजनी रङ भन्दा पनि छोटा हुन्छन् । तथापी यस्को तरङ लम्बाइ एक्सरेको भन्दा बेसी हुन्छ । यिनिहरुको तरङ लम्बाइको दाहेरा १०० देखी ३८० नानो मिटर सम्मको हुन्छ ।
युभी रेज लाई तीन प्रकार ले बर्गिकरन गरिएको छ स् ए, बि र सी । जस्मध्य सी सबैभन्दा छोटो (१००–२८० ना मी), यस्मा बढी शक्ती हुने भएकाले अत्यन्तै हानिकारक हुन्छन् तर भाग्यबस यो किरणलाई ओजोन र बायुमन्डलले पूर्णतया सोसिदिन्छन र पृथ्वीमा आइपुग्न दिदैनन् । बि (२८०–३१५ ना मी) अंशिक सोसिन्छन् । ए (३१५–४०० ना मी) लाई ओजोनले छेक्दैन, अतः यो पूर्णतया धर्तिमा आइपुग्छ ।
थोरै समयमा धेरै युभी रेज सँग आँखा संपर्कमा आउँदा फोटोकेराटाइटिस हुन्छ । जस्मा आँखाको बाहिरी नानी वा कर्नियामा ससाना घाउहरु हुने, दुख्ने, पोल्ने, बिझाउने र उज्यालोमा हेर्न गाह्रो हुन्छ । यो अक्सर वेल्डिङ गर्ने मान्छे हरुलाई हुने गरेको पाईन्छ । यो त तुरुन्त देखिने समस्या भयो जुन केही दिनमै हराएर जान्छ । लामो समयसम्म युभी रेजमा बस्यो भने आँखाको लेन्समा मोतिबिन्दु वा पर्दामा दाग (जसलाई म्याकुलर डिजेनेरसन भनिन्छ) बिकसित हुन्छन् ।
अरु युभी रेजबाट हुने प्रचलित असरहरुमा आँखामा मासु बढ्ने रोग हो । दिउसो घाममा काम गर्ने मजदुरहरु बढी यस्ता रोग बाट ग्रसित हुन सक्छन् । परावैजनि किरणले यो लगायत अन्य असरहरु पनि गर्दछ ।
तसर्थ, युभी रेज बाट जोगिन बाहिर घाममा जाने बेलामा कालो चश्मा, पाली भएको ह्याट वा भाइजर लगाउनु पर्छ । परावैजनि किरण छेक्ने उपयुक्त सनग्लास वा कालो चस्मा चयन् गर्नु पर्दछ । ४०० नानोमिटर भन्दा काम तरङ लम्बाइ भएका सम्पूर्ण प्रकाशका किरण छेक्ने चश्मा लगाउनलाई पूर्णतया सुरक्षित र स्वास्थ्यबर्दक छ ।
हिमाल चड्दा वा ट्रेक्किङ जादा सन ग्लास लगाउनु पर्छ किनकी उचाइ बड्दै जादा यु भि रेजको सघनता पनि बायुमन्डलमा बड्दै जान्छ । त्यस्तै गरी पृथ्वीको भुमध्य रेखिय भुभाग मा युभी रेजको जोखिम बढी हुन्छ । सुर्यको प्रकाश बढी तेजी भएको बेला बिशेष गरी बिहानको दस देखी दुई बजेसम्मको समयमा घाममा बढी युभी रेज रहन्छन् । एबम रितले युभी रेजबाट हुन सक्ने खतरा अरु ठाउमा भन्दा मरुभुमी, हिउ, खुला ऐना, स्टिल वा टल्किने चीज आदी जस्ता प्रकाश परावर्तन हुनसक्ने ठाउमा बढी हुन्छ ।
लामो समय घाममा ब्यतित गरिन्छ भने साइड साइडमा पनि लाइट छेकिने फ्रेम लगाउनु उचित हुन्छ । फुट्बल वा क्रिकेट जस्ता बाहिर खेलिने खेलमा पोलिकार्बोनेटले बनेको सन ग्लास बढी उपयुक्त हुन्छ कारण यो बलिर्यो साधारण चोटपटक बाट पनि आँखालाई जोगाउछ ।
एउटा आदर्श सनग्लासले रङहरु छुट्याउन कुनै बाधा अड्चन गर्दैन । द्रिष्य हरुलाई प्राकृतिक आकारमै राख्दछ नकी बाङो र टेढो देखाउछ । ९९ देखी सय प्रतिशत सम्म परावैजनिक किरणलाई आँखा सम्म पुग्न दिदैन ।
प्रायजसो सन ग्लासले युभी रेज छेकेपनी सबैले हानिकारक किरण छेक्छन् भन्ने ग्यारेन्टि हुँदैन । ब्र्यान्डेड् सन ग्लास हरु जस्मा होलोग्राम सहितको ट्यागमा युभी ४०० लेखेको चश्मा लगाउनलाई सिफारिश युक्त छ । तथापी आज्काल जुनसुकै चश्मामा पनि त्यस्ता नक्कली ट्यागहरु हालेको हुन सक्छन सतर्क रहनु पर्छ । त्यसैले सन ग्लास किन्नु अघी स्पेक्ट्रोफोटोमिटर भन्ने एउटा मेसिनबाट आफुले किन्न लागेको चश्माले हानी गर्न सक्ने तरङ लम्बाइ भएका किरणहरु छेक्छ वा छेक्दैन भनेर जाची ढुक्क हौ । यो मेसिन आजकाल अप्टिकल आउटलेटहरुमा पनि उपलब्ध हुन थालिसकेका छन् ।
Comments
Post a Comment