Skip to main content

एस् एल सी नतिजा पछीको आत्महत्या हट्ने सङ्केत

यो लेख onlinekhabar को बिचार  पृष्‍ठ मा २०७३ असार ३ गते ११:११ मा 

एसएलसीको नतिजाः अब हट्ला त आत्महत्या ?

शिर्षकमा प्रकाशित छ । 


..........................................................................................................................................................
हिजो भर्खरै करीब  लाख बिद्यार्थीको एस् एल सी रिजल्ट् परम्परागत ढाँचामा भन्दा फरक तरिकाले प्रकाशित् भएको   हुन  यस् पद्दतिको पनि इन्हेरेन्ट दोषहरु  छन नै तर पनि  तुलनात्मक रुपमा बैज्ञानिक ठानिएको यो प्रणालिमा नौ वटा ग्रेडिङ अल्फबेट छन प्लस देखी  सम्म   अथवा डि ग्रेड ल्याउने विद्यार्थी ले एक महिना भित्र अर्को परिक्षा दिएर ग्रेड बढाउने मौका पाउनेछन्    यो ग्रेडिङ प्रणालीले विद्यार्थी विद्यार्थीबिच हुने विभेद धेरै हदसम्म कम गर्दछ  थोरबहुत समान किसिमका शैक्षिक योग्यता भएका दुई विद्यार्थीको समान ग्रेड औने सम्भावना रहन्छ  जस्तै सत्तरी देखी असी प्रतिशत बिच को जुनसुकै अङ्क पाउनेले बि प्लस ग्रेड पाउने भयो  एकहत्तर  अठहत्तरको समान ग्रेड हुँदा प्रमाणपत्रमा समान देखिने भयो । यो पद्दतिले अङ्क मुखी शिक्षण बिधी भन्दा गुणस्तर मुखी शिक्षण बिधी लाई ग्रहयता दिन्छ र यो अन्तरर्स्त्ट्रिय माप्दन्ड अनुरुप पनि सर्व स्विकार्य छ ।

फेल भन्ने शब्दै हटाउनु राम्रो कदम हो भने अब आगौ देखी एस् एल सी नै हटाउने कदम झन सकारात्मक् हो । कक्षा बाह्र सम्म स्कुल हो, यस्मा कुनै पर्खाल लगाइनु हुँदैन । आइरन गेट वा गाह्रो परिक्षा भनेर हाइ स्कुल सम्मको न्युनतम शिक्षा सबैले सर्बसुलभ पाउने अवसर बाट बन्चित गराइनु हुँदैन । नयाँ यो प्रणालीसँगै अविभावक, शिक्षक अनी सबैले तीन घन्टे परिक्षाबाट प्राप्त हुने शैक्षिक प्रमाणपत्र नै असली क्षमताको मापक हैन र यसको नतिजालाई जस्तो आएपनी सहर्स स्विकार गर्ने मनोव्रितीको बिकास गर्नु पर्दछ, र आत्महत्या वा डिप्रेसन् जस्तो मानसिकताबाट कुनै टिनेजर पनि गुज्रिन पदैन ।    

एस्. एल. सी. को परिणाम आउँदा परिणामसँग असन्तुस्ट किशोर्किशोरिहरुले बर्सिनै आत्महत्या वा यस्को प्रयासका अप्रिय समाचारहरु सुनिन्छन  अक्सर एस्. एल. सी. परिक्षामा सामेल हुने किशोर-किशोरीहरुको तेह्र देखी उन्नाइस बर्ष सम्मका टिनेजर नै हुन  यो उमेरमा मानसिक चन्चलताआवेग  अस्थिरताको मात्रा चरम अवस्थामा हुन्छ  सानातिना कुराहरुले मानिस् खुशी हुने  सानातिना कुराले मर्माहत भई आत्महत्या समेतको दुश्प्रयास गर्ने उमेर पनि यही हो 

स्कुले जीवन पर गएर बाहिरी संसार समेत् राम्ररी देखी नसकेका हाम्रा कलीला नानीहरुको बाल मनोबिज्ञानमा किन यस्तो आत्महत्या जस्तो निक्रिस्ट पराजित मानसिकताले स्थान पाउछसोचनिय बिषय हो 

त्यस मध्य एक कारण हो पढाई लाई चाहिने भन्दा बढी महत्व दिनु  पढाई अत्यावश्यक  तर यसलाई चाहिने भन्दा बढी महत्व दिनु हुँदैन  कुनै पनि आमाबाबुलाई उनिहरुका छोराछोरिहरुले डिस्टिङ्सननै ल्यएको देख्न मन   सबै छोराछोरिहरुले आमाबुवाको यो मत्वाकांक्षा पुरा गर्न सक्छन नै भन्ने छैन   

यहाँ कस्ले कति स्कोर गर्ने भनेर विद्यार्थी विद्यार्थीबिच,स्कुल स्कुलबिच अनी अविभावक अविभवकबिच प्रतिस्पर्दा हुन्छ  अनी जरुर आसातित रिजल्ट् नआउँदा मानिस् ‘डिप्रेस्ड्’ हुने नै भयो  किन भने त्यो चङोलमा  एक्लै छैनउस्को रिजल्टले  वरिपरिको धेरैलाई प्रभाव पारीरहेको हुन्छ  उस्को रिजल्टलाइ निकै महत्वका साथ हेरिएको हुन्छ  असफल हुँदा यस्को खबर सजिलै फैलिन्छ पनि  यो सामाजिक ‘प्रेसर’ सबै टिनेजरले सहन नसक्ने पनि हुन्छन 

नेपाली समाजमा आजसम्म पनि पढाई बहेकका अन्य प्रतिभालाई स्थान दिन सकिएको छैन  कोही राम्रो फुट्बल खेलाडी  भनेजतिखेर नि खेलिरहेको देख्दा उस्लाई समाजले लफङ्गोको संज्ञा दिन्छ  कपाल पालेर गीटार  संगीत तिर झुकाव राख्यो भने उस्को संगीतकौशल जस्तो सुकै किन नहोस्,  उस्लाई ट्यापे भन्न थालिन्छ  एउटा निस्चित स्टेरिओटाइप बाट बाहिर निस्किनसाथ समाज ले तेस्लाई गलत नै ठान्दछजुन आँफैमा गलत हो  पढाई बाहेकका कुनै चिज हबी मात्र हुन सक्छनजीवन धान्ने ब्यवसाय हुन सक्दैनन भन्ने सङ्कुचित बिचार अद्दोपान्त हामीसँग    

सफल जिन्दगी जिउन आवश्यक न्युनतम शिक्षा भए पर्याप्त फर्स्ट डिविजन नै आउनु पर्छ भन्ने छैन  यो कुरा अल्बर्ट आइन्स्टाइन बाट पूस्टि हुन्छ  उनी हाइस्कुल ड्रप आउट हुन तर पनि भौतिक शास्त्रमा अहिले सम्मा पत्ता लाउन नसकेको कुरा पत्ता लगाएर विश्व-बिख्यात भए  हुन  सबै मान्छे आइन्स्टाइन जस्ता हुँदैनन  तर सफलताको लागि पढाई नै आवश्यक छ भन्ने कुरा विलियम सेक्स्पियरले पनि गलत साबित गरिदिएका छन भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । उनी पनि तेह्र बर्षको उमेर पछि औपचारिक शिक्षाबाट पर नै रहे । माइक्रोसफ्टका मालिक तथा विश्वकै धनी ब्यक्ती बिल गेट्स, फेस्बुकका प्रणेता तथा सि. इ. ओ. मार्क जुकर्बर्ग अनी एप्पलका संस्थापक स्टेव जब्स तिनै जना कलेज ड्रप आउट हुन । विन्स्टन चर्चिल, अब्राहम लिङ्कन, हेनरी फोर्ड पनि राम्रो पढ्ने मान्छे थिएनन । यस्का उदाहरण खोज्दै गयो भने धेरै नै भेटिन्छन् । तसर्थ अबको शैक्षिक प्रणाली स्कुलदेखी नै यस्तो हुनु पर्दछ कि विद्यार्थीलाई पढाईको पछाडि मात्र लगाउने हैन, उस्को प्रतिभाको पछाडि बढी रफ्तारमा दौडाउने होस् । 

शैक्षिक होड्बाजिमा पढाइ एत्तरका प्रतिभा ओझेलमा पर्दै जान्छन  कुनै पनि मानिस् सँग उस्ले दिने प्रतिफल भन्दा बढी आशा गरिनु नै गलत हो  कुनै प्रतिभालाई मौलाउन दिने समय नै स्कुले जीवन हो अनी यो समयमा पढ् का पढ् भनेर रटान लायो भने उस्को भित्री इच्छा मरेर जान्छअन्तत्वोगत्वा  उस्ले आफ्नो प्रतिभा चिन्ने वा तिखार्ने मौका पाउछ उस्ले पढाईमा यथोचित नतिजा प्राप्त गर्न सक्छ  

एस् एल सी को नतिजालाई यती सम्म अतिरन्जित गरिन्छ कि किशोर-किशोरिहरुले ठन्छान राम्रो अङ्क प्राप्त गर्न नसके उनिहरुको भबिस्य नै अन्धकार हुनेछ 

त्यस संगै आउने अर्को फ्याक्टर हो पियर प्रेसर  अफु सँगैका मिल्ने साथीहरु सबै पास भए भने अफुलाई असह्य हुन्छ  सबै साथी संगै कुन कलेज जाने भनेर समेत् प्रारम्भिक सपना देखिएको हुन्छ भने कुनै एक मात्र असफल हुँदा आघात पर्न जान्छ  सफलताको खुशीयालिमा रमेका साथी भाईले उस्लाई वास्ता नगर्नु त छदै  परिवारजनले समेत् उस्को अवस्था  पिडालाई राम्रो सँग रेस्पोन्ड नगरिदिदा उस्को दिमागमा नराम्रो सोचले डेरा जमाउन सुरु गर्छ      

परिक्षाफल प्रकाशनको प्रणालिगत हिसाबमा हामी परिसक्रित भयौ तर अब एस् एल सी को नतिजा उपर हेरिने दृष्‍टिकोण र त्यस्बाट उब्जिने मानसिकता पनि परिवर्तन गर्न सकियो भने बर्सिनै सुन्नु परेको एस् एल सी सम्बन्धी आत्महत्याको श्रिङ्गखलामा जरुर पूर्ण बिराम लाग्ने थियो ।



Author’s correspondence: [email protected],

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...