Skip to main content

आएल्ट्सको रन्को




कती पडिस?”
डिग्री सकेको चार बर्ष  भो  ” बिषय मेजर नेपाली हो तर उस्ले सोधेकै छैन त्यसैले मैले खुलाइन पनि 
“आएल्ट्स गरिस?”
“छैन 
अनी के पडिस जाबो आएल्ट्स पनि गरेछैनस 
अर्कोले सहि थप्छ, " हुन पनि हो बिदेश लाने गुदि बिषय छोकै रहेनछ बडो डिग्री को फुइ  "
खेत खन्न जा भन्दा तास खेल्न जान उम्री बस्ने बाह्र कक्षा दोर्याएर पास भएको उरन्ठ्याउलो छोरोलाई बिहान बीहानै बुढा बाबुले परखालमा   टुसुक्क बसी गाली गरिरहेको सुने, " पल्लाघरे मख्लाघरे ठेट्ना सब युरोप अम्रिका गैसकेयो अद्बेस्रो खुरुक्क आएल्ट्स होकी साइल्ट्स् गर्न गये हुनी नि चाडै  "

चियापसलमा आएल्ट्सपब्लिक गाडीमा आएल्ट्सपार्कमा आएल्ट्सजनजिब्रोमा आएल्ट्स  अझ पत्र पत्रीका  मिडियामा  झन ठुला ठुला अक्षरका आएल्ट्स  यो जमानाका बयस्कहरु पुरापुर आएल्ट्समा अभ्यस्त भैसकेका रहेछन  आएल्ट्स  दिनै पर्ने जाच बनिसकेछ  बाह्र कक्षा प्रथम स्रेणिमा पास भएर पनि कसैले आएल्ट्स गरेको हुँदैन भने  अयोग्य वा ब्याक्वार्ड ठानिदो रहेछ  इज्जत जोगाउन कै लागि पनि अब मैले आएल्ट्स गर्नै पर्नी भो  आखिर ककस्ले आएल्ट्स गरेको   भनेर प्रसँग दिनमा दुई चार पटक  चल्ने नै भईसक्यो कती लाजले गाला रातो पारीरहनेमान्छे ले आफ्नो पाखन्डिपनबाट स्वतन्त्रता तब सम्म पाउदैन जब सम्म उस्ले आएल्ट्स गरेको हुँदैन   

आएल्ट्स रहेछ अन्तररास्ट्रिय अङ्रेजी भाषा परिक्षण प्रणाली  अरे यो गर्नासाथ बिदेश जान पाइने सुनेर दंग  जो पनि पर्ने नै भयो  कोर्स गर्न गैयो बानेस्वोर चोककै ईन्स्टिच्युटमा  बेलायतक्यानडाअष्ट्रेलियान्यु जिल्यान्ड लगायत अमेरिकाका समेत् तीन हजार बेसी कलेजहरुले स्विकार गर्ने कोर्स जोइन भईयोआफु ज्यादै फर्वार्ड भएझै लाग्यो 

क्लास सुरु भयो  बिस जनाको क्लासमा उन्नाइस जना सोह्र देखी अठारका हुँदा हुन  मनमनै सोचे ह्या योत भुराहरुले पढ्ने बिषय रहेछ छोडेर बाहिर जाउकी क्या हो  तेत्तिकैमा एउटा बुडो भित्र पस्योसब उठे गूड् आफ्टर्नुन भने  कपाल सेत्तै फुलेको त्यो बुडो नबोली लुइ लुइ पछाडि सिट्मा आएर बस्यो  ओहो यो पनि विद्यार्थीसब चकित जस्तै परे तर  निर्धक्क भए अच्छा खासाको कोर्स  यो पो  बच्चा देखी बुढासम्म सबैले एउटै क्लासमा पढ्न पाउने  तेस बुढोले मेरो बाहिरुनु पर्ने मानसिकता क्षणभर्मै दुर गरिदियो  

क्लास सुरु भएको बल्ल दुई चार दिन पछी पो भेउ पाइयो अङ्रेजिको चार थरीको जाच हुने रहेछ तेस्मा  भरखरका बड्कौले भुराहरु फरर अङ्रेजी बोलेको सुन्दा ढक् खान्थे  म। क्लास्मा एक नम्बरको लद्दु हुन त्यो बुडो छदै थियो नत्र  पर्थे  सरकारी स्कुल पडेर आको अङ्रेजिमा जे लेखे नि चालिस नुम्बर आउथ्यो चलेकै थियो   एस्मा चाँही हल्का कडै खाल्को अङ्रेजी चाहिने रहेछ जस्तो लाग्यो  भएनी प्रेस्टिज्को सबाल  जसरी नि आइल्ट्स दिएको ईतिहास  कायम गर्नै पर्यो   जसोतसो प्रणाली बुझियो अब प्रकृया अघी बदाउन डेट लिनु पर्ने भो  डेट जाने भन्ने सुन्या थिए अब डेट लिन पर्ने पनि सुनियो  ओहो डेट लिनत जाचै दिनु भन्दा पनि गाह्रो पो हुने रैछ  आएल्ट्स को डेट  लरतरो मान्छे ले कहाँ लिन सक्दो रहेछ सब आएल्ट्स गर्ने अनी डेट पनि कसरी पाइयोसएउटा नाथे जाच दिन चार महिना अघी देखी पन्द्र हजार चारसय बुझाएर दाउ हानेर बस्नु पर्ने रहेछ  डेट लिन ढंग पनि  हुनु पर्यो बरु दुई चार वटा कन्सल्ट्यन्सीलाई एक एक हजार दिउ अनी तिनिहरुले डेट लियिदिन्छनचलन यस्तै  भनेर भन्यो एउटा ले  उस्ले यो पनि भन्यो बिरलै डेट लिने दिन खोल्छ अनी एक्स्पर्ट नभए सकिन्न इन्टर्नेट ट्राफिक होकी सर्वर डाउन के के हुन्छ रे  हामी पाच्सात जनाले हो मा हो मिलाइयो  जाच आउन चार महिना बाँकी भएकोले ढुक्क सँग बसियो  चार चार महिना सम्म बिर्सेंला भनेर पड्दा पनि पडिएन  जाच्को दुई दिन अगाडि सँगइ क्लास लेको भाईले फोन गरेपछी पो झल्यास्स भए  हतार हतार घर गएर कानमा स्पिकर्को ठेडी घुसाये  लिसनीङ अभ्यास गर्न थाले  पाच् मिनेटमै  कन्फर्म भयो केही उपाय लाग्दैन  चिट चोर्ने बुद्दी आयो तर तरिका थाहा भएन   गोराहरु मकै चपाएजस्तो अङ्रेजी बोल्ने पुरै प्यारा बोल्दा अन्तिम्को एक शब्द बुझ्या बुझ्या जस्तो हुन्थ्यो  तैपनी पढ्ने  सुन्ने मा  सब कागे हानेकै भरमा दुई चार नम्बर खुस्काउने पक्का भयो  लेख्ने मा कनी कुथी लेखिएला बोल्ने मा  ठ्याम्मै थियो 

रिजल्ट तेह्र दिनमा अन्लाइन आउछ रे तर  भने तेस्तै अठार दिन जती पछी टेस्ट रिपोर्ट फर्म लीन ब्रिटिश काउन्सिल गंए  तीन आएछ  गर्बले छाती तनक्क तन्कियो  पूर्णङ्क नौ हो तेत्तिस प्रतिसत  एस् एल सि समेत् पास हुने अंक हो  आइल्ट्स मा साँढे सात आको भनेर एउटा केटो चिया पसल्मा गफ हान्दै देखेर झापारे, ' टोइट के नै माखो मारिस  तेत्रो खर्छ गरेर बोडिङमा पढाको खेरै गएछमेरो भन्दा जम्मा साँढे चार नम्बर बढी  संगै को बुढोले भन्यो, "होत्त अज्काल को बोडिङ स्कुल को पढाई तेस्तै  होखत्तम खत्तम “ पूर्णङ्कै हानेको भए पनि जम्मा नौ  थियोगाउको चियापसल मा  जसरी नि हासोको पात्र हुने वाला थियो  मसङै क्लास लिने बुढो लाई बाटैमा एक्दिन भेट भयोउस्को एक अंक आएछ  उस्ले भन्यो, "अब छोरा नातीको अगाडि लाज नहुने भो मैले  आइल्ट्स डिग्री को सर्टिफिकेट लेमिनेसन गरिकन फ्रेम मा हालेर लिविङ रूम मा झुन्ड्याइसके बुढालाई के थाहा त्यो सर्टिफिकेट दुई बर्षमा चना चट्पट पोको पार्न मात्र काम आउनेछ भनेर    

हो आइल्ट्स  गरियो आज सम्म खोइ चरो मुसो ले बिदेस अाइज भनेर अफर गर्या छैनन  सर्टिफिकेट सक्कली नै हो ब्रिटिश काउन्सिलले दिएको      


 ©Adhikary Rabindra 2016

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...