Skip to main content

नेपालखेतको सुङ्गुरतन्त्र

यो लेख श्रावण ११ गते मंगलबारको नेपाल समाचारपत्र बिचारपृष्ठमा "एनिमल फार्म उपन्यास र नेपाल-खेत" शिर्षकमा छापिएको थियो ।


१९४५ मा एउटा उपन्यास प्रकाशित् भयो जस्को नाम थियो एनिमल फार्म । त्यो पुस्तकको प्लट हुबहु नेपालको बिगत–बर्तमान राजनीतिक परिपेक्षसँग मेल खान्छ । 

सम्झिनुस् यो देश तेही खेत हो जस्को यहाँ चर्चा गरिदै छ । एउटा खेतमा एउटा मान्छेले बिभिन्न जनावर पालेर राखेको हुन्छ । थरिथरिका बानी व्यबहार चालचलन, बिचार वा  सिद्धान्त बोकेका ती जनावरहरुलाई त्यो मान्छेले क्षमता र दक्षता अनुसारको काम दिएको हुन्छ । गाईले दुध दिनै पर्ने हुन्छ, गोरुले खेत जोत्नै पर्ने हुन्छ, कुखुराले अन्डा पार्नै पर्ने हुन्छ, जुनसुकै जनावरले आफुले सकेको र प्रकृतिको देन अनुसारको काम गरेकै हुन्छ । त्यस्बाट आउने प्रतिफल मान्छेले बढी लिएको हुन्छ र बाँकी सबैलाई महत्वका अधारमा बाँड्फाँड गरेको हुन्छ । काम बढी गर्नेलाई मान्छेले माया गर्दछ र काम गर्न नसक्ने लाई दया गर्दछ, ठग्नेलाई सजायपनि दिन्छ । केही अपवादलाई छोडेर त्यो खेत एक कानुन र ब्यबस्थाको पर्याय थियो ।

खेतका मालिक मिस्टर जोन्सका लागि त्यो खेत ‘ल’ र अर्डरले भरिपूर्ण थियो तर खेतका बाठा भनिएका सुङुरहरुको लागि त्यो पूर्णतया स्वेच्छाचारी निरंकुश शासन थियो । साँझ परेपछि सुङ्गुरनाके टाउकाहरु सल्बलाउन थाल्छन् र अन्य दोपाया चरा वा चौपाया जन्तुहरुलाई ज्रुम ज्रुम पार्ने क्रान्तिका नारा कानमा फुक्न थाल्छन् । क्रान्तिको भुङ्ग्रोले पहिलोपटक मानबिय सत्ता च्युत गर्न सक्दैन । दोस्रो क्रान्तिको ज्वालाले मिस्टर जोन्सको मानवतन्त्रलाई ‘कु’ ग¥यो । अब प्रजातन्त्र आयो, नयाँ युगको सुरुवात, जहाँ जनावरले गरेको कामको शोषण गर्न कुनै गैरजनवर हुने छैन । सबै जनावरले सोचेको रामराज्य तर त्यो खेतमा कहिल्यै आएन ।

त्यहा सुङ्गुरहरु थिए, सुङ्गुरका पिछेलगुहरु थिए । सुङ्गुरहरु बुद्धी खेलाउन सिपालु अनि पिछेलगुहरु पावरका पूजारी । त्यहाँ अब सुङ्गुरतन्त्र छायो । सुङ्गुरका मुल्भुत गुटहरु बने । स्नोबल र नेपोलियन (दुई सुङ्गुर नेताहरु) बीच बैचारिक युद्ध चल्यो । कस्ले अब सारा खेतको सत्ता सम्हाल्ने भनेर बहस हुन थाल्यो, चुनावको कुरा उठ्यो । सुङ्गुर सुङ्गुरबीच मत बिमत भएपनि बिचरा तलका श्रमजीवी जनावरहरुको हालत पहिलाको भन्दा दुगुना खराब भएको थियो । कामको लोड दिनानुदिन थपिदै थियो । उनीहरुको श्रमको प्रतिफलले अब थुप्रै सुङ्गुरहरु पालिनु पर्थ्यो, किनकी सुङ्गुरहरु अब काम गर्नेवाला थिएनन् । पहिल्यैदेखि भजिदै आएको जनावरका सात कानुन अब समयसापेक्ष अर्थ्याइदै थियो र आंशिक रुपमा परिमार्जितपनि हुँदै थियो ।  

पछि मेनोर फार्मको सत्ता नेपोलियन नामक सुङ्गुरले हाँसिल गर्छ । सुङ्गुरहरुले मानिसको अइयासी देखेका हुन्छन । शक्तीकेन्द्रमा आएपछि उनीहरुलाई पनि यस्को लालसा हुन्छ । आन्दोलनको दौरानमा तयार पारिएको सात कानुनमध्य चौथो नम्बरमा लेखिएको हुन्छ “कुनै जनावर ओछ्यानमा सुत्ने छैन” । सत्ता प्राप्तीपछि सुङ्गुरहरु नै तेही ओछ्यानमा सुत्छन् र अरु जनावरका मुख टाल्न कानुनलाई यसो भनेर परिमार्जित गरिन्छ, “कुनै जनावर् ’तन्ना भएको’ ओछ्यानमा सुत्ने छैन” । त्यस्पछि तन्ना निकालेर उनीहरु नियम सम्मत ओछ्यानमा सुत्न थालछन् । त्यस्तै पाँचौ नम्बरको कानुन हुन्छ कुनै जनावरले रक्सी पिउने छैन । सुङ्गुरहरुले आफ्नो अनुकुल कानुनलाई बङ्ग्याएर “कुनै जनवर ले ’मातिने  गरी’ रक्सी पिउने छैन“ भन्ने बनाँउछन् । एबम रितले साताँै कानुन हुन्छ, सबै जनावर समान हुन्  । त्यस्को परिमार्जित स्वरुप हुन्छ, “सबै जनवर समान हुन तर केही जनावर अरुभन्दा बढी समान हुन्” ।


नेपालखेतमा राजनैतीक एलिटहरु बढी समान छन्, तलका जनताहरु कम समान छन् । बढी समान महानुभावहरुले नै पालैपालो सत्ताको बाग्डोर समाल्ने अवसर पाउनु हुन्छ । केही कम समान महानुभावहरु आफ्नो स्वार्थ पोषणका खातिर बढी समान महानुभावहरुको पछिपछि बिभिन्न कित्ता बनाएर बिभक्त हुन्छन्, जस्लाई माथिको मेनोर खेतमा पिछेलगु भनियो । अनि धेरै जसो कम समान महानुभावहरु बढी समान महानुभावहरुलाई पिठ्यु चडाएर माथि पुर्याउने र टिठ लागुन्जेल उनीहरुको तमाशा हेर्ने गर्नु हुन्छ । बिचरा उनीहरुसगँ उपाय नै अरु छैन ।       

सबैभन्दा बिस्मातको कुरा यहाँ नेपोलियन जस्ता सुङ्गुरहरु थुप्रै भए । जसरी सुङ्गुरको थुतुनो सधैं फोहोरमै जोतिन्छ, यहाँका नेपोलियनहरुको थुतुनो शक्ती र सरकारी ढुकुटीतिर जोतिन लालाइत भई नै रहन्छ ।

एउटा नेपोलियनले अलिखित र अदृष्य अइयासी गरी भ्याएकै हुँदैन, सुङ्गुरमध्येका अर्का कुनै भलाद्मी सुङ्गुर नेपोलियन बन्न खोजी हाल्छ । धेरै सुङ्गुरमध्ये एउटालाई नेपोलियन बनाउदा करीब दश जना आफ्नो नेपोलियन बन्ने नम्बर हातको औंला गनेर बस्छन् । तन्नै नभएको भएनि ओछ्यानमा सुत्ने धोको पुर्याउन उनीहरु मरी मेट्छन् । ओछ्यान त आखिर ओछ्यान नै हो, तन्ना नभएपनि नरम गद्दा छ त्यहाँ । नमात्ने भएनि एकैपटक सहि सबै सुङ्गुर रक्सी चाख्न चाहन्छन् ।

जबकी आपसी सहयोग र समझदारी बिना खेत दल दलबाट निस्कन भगवान कृष्णनै आएपनि असम्भव छ भन्ने कुरा जगजाहेर हुँदाहुँदै खेतका सुङ्गुरहरु किन बारम्बार तेही नेपोलियनको कुर्सीमा जान दाउपेच गरिरहन्छन् ? आज एउटा नेपोलियनलाई च्युत गराएर अफु नयाँ नेपोलियन हुँदा आफ्नो पिठ्यु पछाडिपनि थुप्रै भावी नेपोलियनहरु सल्बलाई रहने छन र अफुलाई पनि त्यसरी नै च्युत गर्ने छन् भन्ने कुरा बुझ्दा बुझ्दै यो कुर्सी मोह फगत केका लागि? कारणः सुङ्गुर साह्रै लोभि जात हो, आफ्नो भोक तृप्तीका लागि ऊ सधैं नै गनाउने फोहोरमा सुंड गाड्न उद्यत रहन्छ । सुङ्गुरले जमीन देख्छ र जमीनको गनाउने बस्तु सँुघ्छ, उस्लाई आकाशको अस्तित्व कहिल्यै थाहा हुने छैन । किनकी उस्ले न कहिल्यै माथि फर्केर हेर्दछ, न उस्लाई त्यस्को कुनै जरुरत नै छ । जे कुरा उस्ले देखेकै हुँदैन त्यो कुरा उस्ले पत्याउन सक्दैन । आकाश भनेको अग्रगमन हो, उज्यालो सुर्य र चन्द्रको स्रोत अनि प्राण धान्ने बर्षात बर्षने र हावा बहने माध्यम हो । सुङ्गुरको जीवनमा आकाश मिथ्या हो, गु मात्र सत्य हो ।  

यो खेतका लागि नेपोलियनको कथा सधैं जीवन्त हुने भयो, केवल कथाका पात्र वा अनुहारमात्र फेरिरहने ।


© Adhikary Rabindra 2016

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...