Skip to main content

Posts

Showing posts from January, 2017

नाइँ, म मम खान्नँ

एस् एल् सी पछि अब पालो कलेज पढ्ने थियो । गाँउबाट डेढ घण्टाको समय लगाएर पढ्न आइने भो बनेपाको एउटा कलेजमा । स्कुलबाट त कति भागियो कति । तर कलेजमा त भाग्न हुन्नँ, पास गर्न धेरै मेहेनत गर्नु पर्छ भनेर सबैले भनेको सुन्थेँ । आखिर विद्यार्थी न हो पढ्न भनेपछि के जाँगर चल्थ्यो? चाँजोपाँजो मिलाएर दुई हप्ता पछि त साथी सङ्गको मिलेमतोमा कलेज बङ्क गर्ने श्रिङ्खला सुरु भैहाल्यो । स्कुलबाट भाग्दा भन्दा कलेज बङ्क गर्दा छुट्टै आनन्द आउने । भाग्ने त दुबै बिना सुचना निर्धारित नियमलाई छलेर भाग्ने नै हो तर शब्दावली पनि कति फरक । बङ्क भन्दा छुट्टै स्वतन्त्रताको प्वाँख पलाएझै लाग्ने । कलेज बङ्क गरेर युनिफर्ममै डाँडाकाँडा दगुर्ने, डुल्ने, खाने बाहेक भक्तपुरको बाराही हलमा हिन्दी फिलिम हेर्न जाने नशा लागेको थियो । त्यहाँ हेरेको पहिलो फिलिम थियो अजय देवगन स्प्लिटेड पर्सनालिटी भएको दिवान्गी । मुभी सकिएपछि बाराही चोकमा एउटा जस्ताको छाप्रोमा खाजा खान जान तयार भए साथीहरु । “वाराही मम” नामाङ्कित उक्त छाप्रोमा ढोकैमा बलिरहेको स्टोभ माथि ममको ठुलो भाडोले चर्कै सँग “झ्वाइयँ” आवाज दिइरहेको थियो । त्यहाँबाट आ