Skip to main content

Posts

Showing posts from May, 2018

समानान्तर जिन्दगीहरु

कुनै एक कालखन्डमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयात्री बनेर जिन्दगीहरु कहिले एउटै गोरेटोमा, कहिले रात्रीकालीन गाडीको संगैको सीट्मा, कहिले पानी भर्ने पँधेरीमा, कहिले सपिङ मलमा त कहिले कलेजको लास्ट बेन्चमा भेटिन्छन् । जीवन एउटा सरल रेखा हो । समंग्र जिन्दगीहरु जन्मदेखि मृत्युसम्मको चलायमान ज्यामिती हो । हरेक प्राणीको जीवन प्रणाली कति सरल छन् । जन्म, जीवनयात्रा र मरण । जीवनयात्राका क्रममा प्रकृतिप्रदत्त जिम्मेवारीहरु पनि निभाइन्छन् । त्यस्मा, गाँस, बास, कपास, मनोरञ्जन तथा सन्तानोत्पादनका प्रकृयाहरु आँउछन् । तर अरु जीवको भन्दा मानवीय जिन्दगी फरकप्रायः छ । मानिस् आँफैले आफ्नो जिन्दगी जटिल बनाएका छन् । एउटा जिन्दगी एक पटक जन्मिन्छ, एक पटक जिउँछ र मर्छ पनि एक पटकमात्र । 

हाम्रा सन्तति यसरी बेरोज्गार हुँदैछन्

सर्वप्रथम एउटा एतिहासिक प्रसङ्ग कोट्याउन चाहन्छु । उन्नाइसौ शताब्दिको सुरुवाती समयमा बेलायतमा गलैँचा उद्योगमा नयाँ प्रविधि घुसाइयो । औधोगिक क्रान्तिको त्यस संघिन समयमा भित्र्याइएको मेसिनहरुले हजाराँैको सङ्ख्यामा मज्दुरहरुलाई बेरोज्गार बनायो । कारणः गलैँचाका सबै काम अब मेसिनबाट हुने भयो । ती मज्दुरहरु मध्यका नाइके मज्दुरको नाम लुडाइट थियो र उन्को अग्रतामा उक्त प्रविधिको ठुलै बिरोध भयो । रोज्गारी खोसिएको रिशमा उनीहरुले फ्याक्ट्री आगजनी गरे, मेसिन बिगारिदिए । आज पनि अङ्रेजी भाषामा लुडाइट भन्ने प्रतिकात्मक शब्दले कुनै त्यस्तो ब्यक्तीलाई जनाउदछ जो नयाँ प्रविधी, औधोगिकरण, स्वचालित प्रणाली वा कम्प्युटरको बिरोधी हो । किनकी उस्को बिचरामा त्यस्ता चीजले मानवीय रोजगारी बिस्थापित गरिरहेका छन् ।