Skip to main content

Posts

Showing posts from October, 2018

मन्दिरमा बली नदिउँ

मन्दिर भन्ने पवित्र शब्द सुन्नासाथ मनैबाट छुट्टै आनन्द आउछ । जब मन्दिर परिसरमा पुगिन्छ तब त्यहाको पर्यावरणले हामीलाई एकै क्षणको लागि भएपनि बेग्लै संसारमा पुर्याइदिन्छ । अध्यात्मको खोजमा अहोरात्र अनुयायीहरु ओहोर दोहोर गर्ने भिडमा कुनै दिन हामी पनि हुन्छौँ । धर्मचेष्टा वा अनुष्ठानबाट पाइने अजबको शान्ती र सुखप्राप्ती सबै मन्दिरबाट पाईन्छ । दशै सुरु भए लगतै नवरात्रीमा दिनहुजस्तो मन्दिरमा भक्तहरुको मेला नै लाग्दछ । बिशेषतः यो समयमा देवी मन्दिरहरुमा पूजा आजा गरिन्छ । साथ साथै शान्तिको पर्याय मानिने मन्दिरमा पशु वा पंक्षी बली पनि दिइने गरेको पाईन्छ । मन्दिर पूजा अर्चना गर्ने सार्वजनिक थलो हो जहाँ अनेकानेक जात, धर्म, रिवाज मान्ने ब्यक्तिहरु स्वतन्त्र रुपले आउन जान सक्छन् । तसर्थ मनन् गरौः के मठ् मन्दिर वा देवालय पशु बलीको श्रेष्ठ ठाउँ हो त? बली प्रथाका अनुयायी प्रायः हिन्दू धर्मका पनि शाक्त सम्प्रदाय पर्दछन् जसले देवीको उपासनाको अन्तिम रुप नै बली हो भन्ने विश्वास राख्दछन् तथापी प्रकृति वा पृथ्वीलाई देवता मान्ने समुहकाले पनि बलीको परम्परालाई अङ्गिकार गर्दै आएका पाईन्छन् । दशैमा हिन्

भिम दिदी

समयको चक्र हो यो रिटायर्ड सब्ले हुनै पर्छ सृष्टिको यो नियम हेर सकल जीवले मान्नै पर्छ । अध्याँरो दुई कोठाबाट सुरु गर्यौ सेवा तिम्ले धेरै कुरा नजानेरै तिमीबाट सिक्यौ हाम्ले ।।  टेवलमा सँगै बसी चना चिउरा खानु खाइयो एकबारको जिन्दगीमा भिमकुमारी दिदी पाइयो । मनमा आको फ्याट्ट भन्ने भित्र कुनै पापै छैन सधैं हाँस्ने, रिसाउदा बोलीमा सरापै छैन ।।   जोजो भेटें जति देखें सब्ले उन्लाई दिदी भन्ने बोली तर रुठो छ, बानी छैन जिजी गर्ने । बिरामीले सोध्न आउलाँन कडा बोल्ने गुरुङ्नी खै नि? कटक्क मुटु काट्छ भन्दा जब बिदा भै घर गैन् नि ।। हाम्ले मात्र हैन हजुर, बिरामीले समेत् मिस गर्छन् गल्तिमा गाली गर्नेलाई सबैसबैले 'गूड् विस' गर्छन् । कत्ति आए छोडि गए अस्पताललाई र्भयाङ् बनाई भिम दिदी बस्नु भयो अडिग, यसैलाई गन्तब्य बनाई ।। अस्पतालको सबैभन्दा पुरानो स्टाफ भिम दिदी सम्झनाका करोडौ पोका छोडि गयौ भिम दिदी । निवृत्त जीवनको शुभकामना छ लाखौंलाख भिम दिदीलाई गल्ती केही भएको भए माफ पाँउ अनुरोध छ भिम दिदीलाई । ईति श्री । असोज २२, २०७५ ।   

अब के नेपाली चैँ बिर्सिने ?

जातीय, साम्प्रदायिक, राष्ट्रिय, लैँगिक् वा धार्मिक असमानतालाई हामीले बिर्सिदै गैरहेका छौ, जुन धेरै हिसाबमा राम्रो हो । यसै क्रममा भाषिक भिन्नताको दुरी पनि अब बिस्तारै मेटिदो छ । हुन त प्रत्येक् भाषा आँफैमा अपुरो हुन्छ, त्यसैले स्वभावतः अरु भाषाबाट शब्द वा फ्रेजहरु आगन्तुकको रुपमा भित्रिनै रहन्छन ।  तर आज कक्षा बाह्रमा पड्दै गरेको टिनेजरले कुनै एउटा वाक्य पनि अंग्रेजी शब्द नमिसाई पुरा गर्न नसकेको देख्दा नेपाली भाषा कालान्तरमा परर्निभर र अपभ्रंस हुँदा हुँदा अंग्रेजीमै मिसिने त हैन? वा यो भाषाको ‘ओरिजिनालिटी’ नै सङ्कटमा पर्ने त हैन? भन्ने शङ्का आजकाल मेरो मानसपटलको अन्तर्कुन्तरमा गुञ्जिन थालेको छ । यसरी भाषा बिबिधाबाट एकल भाषा तिर उन्मुख हुनु कसैले विश्वब्यापीकरण हो भनेर व्याख्या गर्दछन । तर यो कतै एक भाषाले अर्को भाषा माथि गर्ने भाषिक औपनिवेशिकरण त हैन? कि हाम्रो अंग्रेजी भाषाप्रतिको अनपेक्षित मोहले नजानी नजानी हामी आँफैले आफ्नो जन्मभाषालाई लोपोन्मुख हुन सहयोग गरिरहेका छाँै?      पहिला विकल्प हुँदै नभएका शब्दमात्र नेपाली भाषा बोलिचालीमा अंग्रेजी शब्दहरुको साहारा लिईन्थ्यो । जस