Skip to main content

Posts

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको
Recent posts

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रदुषित पार्छन पर्यावरणलाई

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैमा सर्ने होइन बरु नज

कविता : डियर तलब ‘आइ लभ यू’

[ यो कबिता  Onlinekhabar  र  Ratopati  मा २०७३ जेठ २३ गते १०:१६ मा प्रकाशित  थियो ] के के बढ्यो के के कुन्नी तलब कहिलै बढ्या हैन् पाँचरुप्पेको गोल्भेडा नि तीस घटी पाउनु छैन मासु को त कुरै छाडौं नुन्तेल किन्नै गाह्रो भाथ्यो फलफुल र गेडागुडि एक छाक खान साह्रो भाथ्यो । उध्रिएको लुगा धरी रफु गरी टालेको थे पढाउन छोराछोरी सरकारीमा हालेको थे । महङी चाँही नरोकिने हेर्दाहेर्दै आकाश छुने आँट थेन कपडा किनेको पानीले धुने । जुत्ता फेर्न तलुवामा भ्वाङ ठुलै पर्नै पर्थ्यो भाडा लिन घरबेटिले हप्की दप्की गर्नै पर्थ्यो । भुकम्प र नाकाबन्दी आलो पालो गर्दै आए अभावले निधारमा मुजाहरु भर्दै ल्याए । बुध्दी पुर्याइ जसोतसो एउटा जागिर खाएको थे पैसा खुवाइ जागिर हान्न आसामी लाएको थे । आज जागिर मेरो लागि लैनु भैंसी बराबर भो चौथाइ बड्दा सोह्र हजार आँखाचिम्ली सरासर भो । तलब बढ्यो येसैपालि खुशी कति कुरै छाडौ जस्को बढ्यो तलब उस्ले केक काटी सब्लाई बाडौ । साउन भदौ बितेपछी खसी किन्ने दशै आइगो ग्वाम्म तलब मुठ्ठ्याउदा शान बेग्लै हुने भईगो । फाइनान्सको पन्ध्र लाख रीण अब तिर्ने भाछु अफिस जादा ख

ओलीको पानीजहाज थिअरी डुब्नु अघि मेरो भन्नु

यो लेख पहिलोपोस्ट मा जेष्ठ ९ गते २०७३ (२२ मे २०१६ ) मा "ओलीको सपना" सिर्सकमा प्रकासित् थियो । Find it here:  http://www.pahilopost.com/blgs/view/-10.html  ​ रबिन्द्र अधिकारी, बनेपा दिनानुदिन   उन्कै   शब्दमा  ' इन्भर्टेड   बुद्धीजिबि ' हरुको   ठाडो   खन्डन   र   उपहासका   पात्र   बनेका   नेपालका   बर्तमान   प्रधानमन्त्री   केपी   शर्मा   ओली   दैनिक   अखबारका   हेड्लाइन   देखी   कार्टुन   र   मध्यप्रिस्ठका   बिस्लेशणात्मक   पानामा   समेत्   चौपट्टै   सँग   छाउन   सफल   भएका   देखिन्छन   ।   हुनत   प्रधानमन्त्री   भनेका   चर्चित   नै   हुनुपर्छ ,  डेली   पत्रीकामा   नआए   के   प्रधानमन्त्री ?  म ओली को बिरोधि हैन, रचनात्मक आलोचना गर्ने मान्छे बरु बढी मित्रु हुँं । ओली एक ब्यक्ती जो सुप्रिम पावरमा छन उन्को आलोचना हो यो । ओली जो एक पार्टिका नेता हुन, उन्को आलोचना हैन । भर्खरै सार्वजनिक भईरहेका उन्का नबिनतम भनाइहरु प्रती प्रायले   मज्जैसँग   खिल्ली   उडाए ,  अरुले   हो   मा   हो   थपे   अनी   अरु   धेरैले गमेर   हासे ,  ताली   बजाए   ।   अर्का   धारका   ब्यक

भुँडीपुराण

 यो लेख  Ratopati  मा June 2nd मा प्रकाशित् छ ।  भुँडी छ रत हामी छौ । भगवान भन्दा ठुलो भुँडी हो । भुँडीकै लागि आज संसारमा तमाशा भै रहेछ । भुँडी भर्नैका लागि मानिस् उदायचल देखी अस्तायचल सम्म दौडिरहन्छ । भुँडी छ रत संसार यो बिघ्न चलायमान छ । भुँडी छ रत बाच्नु को मज्जा छ । मान्छे   सत्यानाशी   जात   हो   ।   जस्तो   सुकै   खान्न   भन्नेले   पनि   तीन   छाक्   हसुरेरै   छोड्छन   ।   यी   प्राणीले   भोक   भन्ने   भ्रम   पालेका   छन   ताकी   हरबखत   खानको   लागि   सजिलो   बहाना   मिलोस   ।   उठ्ने   बित्तिकै   चाहिन्छ   तिन्लाई   चिया ,  कफी ,  ब्रेड ,  अंलेट   ।   यसरी   बेड्बाट   ओर्लदा   ओर्लदै   खाइने   चिजलाई   छुट्टै   नाम   दिदा   रहेछन  - ब्रेक्फास्ट   रे   ।   ब्रेक्फास्टमा   के   मात्र   खाँदैनन   उनिहरु ?  नहुनेले   सामान्य   चिया   देखी   लिएर   हुनेहरुले   त   लोब्स्टर   सम्म   खान्छन   ।   त्यस्तै   गरी   करीब   बिहानको   एघार   बजे   तिर   खाने   परीकारलाई  ' एलिभेन्सेज '  भन्दा   रहेछन   ।   यस्मा   चिया   कफी   र   हल्का   बिस्कुट   पर्दो   रहेछ   । ब्