Skip to main content

Posts

Showing posts from January, 2018

मम पसल्नी

केही चीज सुन्दर छ भने त्यसलाई हेरिनु पर्छ । नहेरिए त्यो सुन्दरताको अर्थ के? अतः सुन्दरताको महिमा दर्शकको परखी र प्रशंसाले हुने हो । हुनत हेर्ने नजरमा सुन्दरता छ भने जे हेर्यो त्यो राम्रो, त्यसले झुसिल्किरालाई पनि भोलीको फर्फर उड्ने पुतली देख्छ । कलाकारले फोहोर गल्लीलाई पनि सुन्दर देखेर पोट्रेट बनाउछ, हजारौ प्रसंशक बटुल्छ र लाखौंमा बेच्छ पनि । प्रशंसा सधैँ सबैले गुलाबकै गर्नुपर्छ भन्ने छैन, घत परे बिच्छीको गर्न सकिन्छ, बिमान परिचारीकाको मात्र हैन, मनपरे कहिलेकाहिँ गाढाकी मम पसल्नीको पनि गर्दा हुन्छ ।

सन् २०१७ का भाईरल बिषयबस्तु

२०१७ को जुन महिनामा सिमा सुबेदी नामक एक अनुहार एकाएक भाईरल हुन पुग्यो । नेपालीहरुलाई भारतको बिरोध गर्नु अघि सयपटक सोच्नु र इन्डियनहरुले भुकम्पको बेलामा रोड रोडबाट चन्दा दिएर सहयोग नगरेको भए के हुन्थ्यो भन्दै भिडियो सार्वजनिक गरेपछि नेपालीहरुको घृणाको ओइरो लाग्यो । अस्ली गोर्खाली भनेको भारतीय नै हुन र नेपालीहरुले इन्डियामा गई बर्तन धोएर भारतीय गोर्खालीको समेत बेइज्जत गरेको भन्ने आसय सिमा सुबेदीको थियो । केही महिना सामाजिक सञ्जाल र युटुब सिमा सुबेदीका प्रतिकृयात्मक लेख र भिडियोले भरिपूर्ण रह्यो । यसैसाल तराईको बर्खे बाडीमा छोराको अन्त्यष्टि गर्न पुर्ने माटो सहित नपाएकोले बाबुले बालकको लाश बाढीमै बगाइृरहेको नरेन्द्र श्रेष्ठको फोटोले अन्तरराष्ट्रिय मिडियाबजारसमेत पिट्यो । वर्षको जुलाई र अगष्टभरि मराठी भाषाबाट सुरु भएको गोलागोला बोलको गीत नेपालमा पनि गज्जबले चल्यो । स्वर्गीय यमबुद्धको अगुवाईमा सुरु भएको रबार्जको र्याप ब्याटलबाट एक्कासी चर्चामा आएका स्पर्धी मध्यका एक साकार पढाईको शीलशीलामा अष्ट्रेलिया गएता पनि नेपहपको बाटोलाई निरन्तरता दिइरहे । हिपहपको नेपाली साङ्गितिक द