Skip to main content

Posts

Showing posts from March, 2017

दामलाई माया गर्ने पुस्ता

कान्तिपुर साप्ताहिक मा २०७३ चैत्र ६ गते प्रकाशित् ।  कामलाई माया गर्ने मान्छेले काम गर्छ, दामलाई माया गर्ने मान्छेले जे पनि गर्छ । उस्ले चोर्छ, ठग्छ, ढाट्छ, लुट्छ, कालोबजारी वा भ्रस्टाचार यावत गर्छ ।  जस्ले कामलाई स्रद्धा गर्छ, पैसा त उस्को पछि पछि दगुर्दै आँउछ । उद्देश्य लिँदा दाम कमाउछु भनेर लियो भने दाम त कमाइएला तर काम राम्रो गर्छु भनेर लियो भने नाम र दाम दुबै साथ साथ बाइप्रोडक्ट बनेर आउछन् । आज शिक्षित जमात बड्दै जाँदा श्रमजन्य कामलाई हेय भावले हेर्ने प्रचलन पनि बड्दो छ । सडक सफा गर्नेहरुलाई अर्कै दृष्टिरकोणले हेर्दछन् यहा,ँ जबकी त्यो सडक सफाइले कसरी प्रत्येक शहर बासीको स्वास्थ्य बचावट गरिरहेको छ र शहर सौन्दर्यता कायम गरिरहेको छ त्यो आँकलन गरिन्न । कामलाई माया गर्नेले बाँझो बारी खस्रेर सुन फलाउछन्, दामलाई माया गर्नेले उर्बर खेत बाँझो पल्टाएर पैसा बटुल्न अरब पुग्छन् । भारतबाट आएको ब्यक्तिले भुइमा फालेको चक्लेट्को खोलमा पैसा देख्छ र भन्छ –पैसा हावामे उड्रहेँहे बस पकड्नेकी टेक्निक चाहिए । हामीहरु कवाडी सामानहरु बटुलेर धर्ती सफा राखिदिने र फोहोरबाट मोहोर फलाउने त