Skip to main content

Posts

Showing posts from October, 2019

पशुबली कि बधशाला?

मन्दिर  सार्वजनिक स्थल हो । त्यस्मा सार्वजनिक सरोकारको बिषय हुनु पर्दछ । तपाईं आफ्नो ब्यक्तिगत मनोकांक्षा पुरा गर्न भनेर आफ्नो निजी बोका वा कुखुरा लगेर त्यस्ता ठाँउमा काट्न पाँउनुहुन्नँ ।   चाहे आर्मीको ब्यारेकमा होस् चाहे देशका ठुल्ठुला शक्तिपिठहरुमा, बिजया दशमीको अवसरमा थुप्रै पशुबली गरिन्छ । बली प्रथाका अनुयायी प्राय हिन्दू धर्मका पनि शाक्त सम्प्रदाय पर्दछन् जसले देवीको उपासनाको अन्तिम रुप नै बली हो भन्ने विश्वास राख्दछन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्ने समुहकाले पनि बलीको परम्परालाई अङ्गिकार गर्दै आएका पाईन्छन् । दशैमा हिन्दूहरुले बली दिन्छन् तर हिन्दू धर्मका मुल ग्रन्थहरु भागवद तथा अन्य थुप्रै पुराणहरुमा बलीलाई निषिद्ध नै गरिएको छ ।