Skip to main content

Posts

Showing posts from July, 2019

सफल हुने कि खुशी?

सफल बन्न असाधारण (extraordinary) हुन पर्दैन, पृथक (unique) भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

अचम्मको चिनाजानी

मानिस मानिसबीच हुने कुनै सम्बन्ध सामान्य भईकन पनि अचम्मका हुन्छन् । सबैका हुन्छन् यस्ता चिन्जान, स्थान र पात्र फरक भएतापनि यस्ता घटना घटिरहेका हुन्छन् । प्राय यो भोगिन्छ तर कसैलाई भनिन्नँ । धेरैअघि मेरो एउटा शिक्षक थिए । खासै राम्रो पढाउदैन थिए । धेरै बिद्यार्थीहरु फेल भएपछि आक्रोशले उस्को नाम केकेमात्र राख्न भ्याएनन् । मेरो भने उसँगको सम्बन्ध मध्यम नै थियो । जीवनमा धेरै उतारचडाब आयो । कसैबाट सुनेथेँ उस्को लागि बितेका बर्षहरु त्यति राम्रा रहेनन् । करीब १२−१३ बर्षपछि उनी एकदिन काम बिशेषले म काम गर्ने अफिसमा आए । म भएको ठाउँमा आएर सिधै भने− कति पैसा दियो भने यो जागिर पक्का हुन्छ? मेरो वाइफलाई लगाउनु पर्यो । श्रीमतीको लागि जागिरको आवेदन दिन आएका रहेछन् । मैले खुला प्रतिस्पर्धा गर्ने हो दाँयाबाँया त यहाँ हुँदैन भनेँ । उनले अझै जिद्दी गरे । ककस्लाई कतिकति दिनु पर्ने हो देऊ काम मिलाए बापत तिमीपनि राख तर जसरी नि मिलाऊ । म पन्छिन खोजेपछि उनी हतोत्साहित भएर जोडजोडले कराँउन र गाली गर्न थाले । मैले पनि जवाफ फर्काएँ । केही बेरको चर्काचर्कीपछि मैले यही दिन देख्नलाई तिमीहरुजस्तो चेलालाई पढाए