Skip to main content

Posts

Showing posts from August, 2019

पिता श्री

"खुशीका तरङ्ग लम्बाइहरु समय, ब्यक्ति, ठाउँ र परिवेशअनुसार फरक−फरक छन् । एउटा लम्बाइका खुशीहरुलाई खुम्चाएर पिताजी  अर्को लम्बाइमा बाँचिरहे का पनि हुनसक्छन्   "

ईतिहास र अतीत

यो लेख भाद्र ६, २०७६ (August 23, 2019) को कान्तिपुर साप्ताहिकको समय सन्दर्भ स्तम्भमा प्रकाशित् छ ।  ईतिहास अतीत होइन, यसको सानो अंशमात्र हो । तथ्यहरुले जहिले सत्य बोल्दैनन्, तथ्यलाई कसरी लिने मानिस् अनुसार फरक दृष्टिकोण हुन सक्छ । त्यसैपनि एब्सल्युट सत्यको अस्तित्व छैन । ठाउँ, व्यक्ति र परिस्थिति अनुसार एउटाको सत्य अरु धेरैको लागि मिथ्या हुन्छ । एउटा तथ्य र अर्को तथ्यलाई पात्र, ठाउँ वा समय दिएर मुर्त कथा जो बन्छ त्यो ईतिहास हो । ईतिहास एउटा लिखत भएकोले यसले अलिखित अतीतका ९० प्रतिशत भन्दा बढी कथा वा घटनाहरु गायब बनाएको हुन्छ । कसैले कुनै प्रश्नको उत्तर मौनताबाट दिन्छ भने बुझ्नेले एउटै तरिकाबाट बुझ्नु पर्छ भन्ने छैन । जो अब्यक्त, अलिखित, वा अदृष्य छ त्यो फिक्सन हो । 

समाजका चित्रहरु

यो लेख २०७६ साउन १७ गते (August 2, 2019) को कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ ।   चित्र १ः  धनबहादुर एक ठेकेदार हुन् । ढुङ्गाखानी र क्रसर उद्योग छ उन्को । राजनीतिमा खासै चासो नराख्ने उनी स्थानिय चुनावमा प्रतिष्ठित पाटीबाट वडाध्यक्ष उठिदिन अनुरोध आयो । उन्ले उम्मेदवारी दिए र अत्याधिक बहुमतले जिते जबकी उन्का प्रतिद्वन्धी बिसाँै बर्ष समाज र राजनीति जानेका निम्न आय भएका ब्यक्ती थिए । धनबहादुरले आफ्ना मतदाता धेरैलाई चिन्दैनन् र उनीहरुको बस्तुस्थितीका बारेमा खासै जानकार छैनन् । धनबहादुरलाई थाहा छ अब बिकास गर्नुपर्छ । त्यसैले उन्ले आफ्नो सम्पत्तिमा एउटा डोजर थपे । यता गाँउपालिकाबाट बजेट निकसा गर्ने उता गाँउका पाखाबारी आफ्नै डोजरले भासेर बाटो बनाउने । प्रकृया सबै मिलेको छ, बेरोजगार भान्जोको नाममा क्रसर र कम्पनी दर्ता छ । घुमाई फिराई टेन्डर त्यसैलाई पर्छ । यसरी आफ्नो वडामा उन्ले बिकासको खोलो नै बगाइदिए ।

सुकुटे बिच

सुकुटे बिच क्याम्प टोलीका होनहार सदस्यहरु भोटेकोशी किनारामा तस्वीर खिचाउदै ।   एउटा खोलो छ । घुमौटोमा उक्त खोलोले बालुवा थुपारिदिएको छ । भुपरिवेष्ठित देशका नागरिक हामीलाई त्यत्ती भए पुगिगो । अझ त्यहिँ दुईवटा खाँबो गाडेर जाली टाँगिएको छ । बिच भलिबल भईगो । अर्का छेउमा लिङ्गे पिङ छ । जत्तिखेर नि दसैंमा झै मच्चिन पाइने ।