Skip to main content

Posts

Showing posts from December, 2017

अब पाटी भन्दा देश माथि

अर्को चुनाव सकियो । मतपरिणाम सबैतिरबाट आईसक्यो । बिजयी उमेदवारहरुलाई हार्दिक बधाई, तर यो पटकको जीत चाँही एक गह्रुङ्गो जिम्मेवारीको रुपमा लिईदिनुहोल भन्ने बिनम्र आग्रह पनि ।  मुलुकमा प्रजातन्त्र ओर्लेको करीब ३० बर्ष पुगेछ । यो संक्रमणकालीन अवधि नेपालको ईतिहासमा निकै नै महत्वपूर्ण भएकोले हुनसक्छ यो कालखण्डका प्रतक्षदर्शीले अनेक सास्ती झेले; आन्दोलन, ढुङ्गामुढा,, गुरिल्ला जनयुद्द, लुटतन्त्र, भ्रष्टाचार, गुण्डागर्दी, दलाली सबैसबै चरमरुपमा फास्टाएको अनुभुत गरे । दुई चार वटा डाँडा जोतेर बर्षौटे पहिरो लाग्ने बाटो बनाएको बाहेक यस अवधिमा आँखाले देखिने बिकास शुन्यप्राय छ । केही मुख्य आयोजना पनि अन्तरराष्ट्रिय सहयोगमा भएको छ ।