Skip to main content

दामलाई माया गर्ने पुस्ता

कान्तिपुर साप्ताहिकमा २०७३ चैत्र ६ गते प्रकाशित् । 


कामलाई माया गर्ने मान्छेले काम गर्छ, दामलाई माया गर्ने मान्छेले जे पनि गर्छ । उस्ले चोर्छ, ठग्छ, ढाट्छ, लुट्छ, कालोबजारी वा भ्रस्टाचार यावत गर्छ । 


जस्ले कामलाई स्रद्धा गर्छ, पैसा त उस्को पछि पछि दगुर्दै आँउछ । उद्देश्य लिँदा दाम कमाउछु भनेर लियो भने दाम त कमाइएला तर काम राम्रो गर्छु भनेर लियो भने नाम र दाम दुबै साथ साथ बाइप्रोडक्ट बनेर आउछन् ।
आज शिक्षित जमात बड्दै जाँदा श्रमजन्य कामलाई हेय भावले हेर्ने प्रचलन पनि बड्दो छ । सडक सफा गर्नेहरुलाई अर्कै दृष्टिरकोणले हेर्दछन् यहा,ँ जबकी त्यो सडक सफाइले कसरी प्रत्येक शहर बासीको स्वास्थ्य बचावट गरिरहेको छ र शहर सौन्दर्यता कायम गरिरहेको छ त्यो आँकलन गरिन्न । कामलाई माया गर्नेले बाँझो बारी खस्रेर सुन फलाउछन्, दामलाई माया गर्नेले उर्बर खेत बाँझो पल्टाएर पैसा बटुल्न अरब पुग्छन् ।

भारतबाट आएको ब्यक्तिले भुइमा फालेको चक्लेट्को खोलमा पैसा देख्छ र भन्छ –पैसा हावामे उड्रहेँहे बस पकड्नेकी टेक्निक चाहिए । हामीहरु कवाडी सामानहरु बटुलेर धर्ती सफा राखिदिने र फोहोरबाट मोहोर फलाउने ती परिश्रमीहरुलाई भैया र तँ भनेर हेप्छौ तर उनीहरुबिना हाम्रो कपालसमेत काँटिदैन भन्ने बिर्सिन्छाँै । हामी गफमा रमाउछौ, उनीहरु काममा । काम आखिर काम हो, यो सधैं महान् हुन्छ । कामलाई ठुलो सानो भनेर वर्गीकरण गर्नु केवल सोचाइको कमजोरी हो । 


उमिँ्रदै तीन पात भनेझँै अहिले सबैलाई सुरुमै ५० हजारको स्यालरी वाला जागिर चाहिन्छ । सुरुवात जहिले गरेपनि आखिर पाँच हजारबाटै हुन्छ भन्ने हेक्का राखिदैनँ । उस्तै परे काम सिक्न भोल्युन्टर पनि बस्नु पर्ने हुन सक्छ । आजकाल जवानहरुले भनेको खुब सुनिन्छ – जहिँतहिँ जागिरकालागि अनुभव लिएर आउ भन्छ पढाइ भर्खर सकेको अनि जागिर नै नपाएपछी कहाँबाट ल्याउने अनुभव? पहिल्यै ७० हजारको जागिर ताकेपछी अनुभव लिएर जानुपर्छ, सहि हो । घर निर्माण गर्दा जग बाटै सुरुगर्ने हो एकैपटक छाँना मार्ने हैन । ५ हजारको जागिर खान अनुभव चाहिन्न र यस्ले आगामी दिनहरुमा १० हजारको जागिरको निम्ती अनुभवको काम गर्छ । १० हजारको ले २० हजारको जागिरको लागि आधारशीला बनाइरहेको हुन्छ । एबम रीतले कामको इज्जत गर्नेले यसरी क्रमशः खुड्किला चड्दै जान्छ, पहिल्यै ७० हजारको जागिर खोजेर बस्ने बसी नै रहन्छ । 

आजको पुश्तालाई लुगा फाटेको कस्तो हुन्छ थाहा हुँदैन किनकि ती फाट्नु अघिनै फेसनमा आउटडेटेड हुन्छन् र फेरिन्छन् । परिश्रम गरेर फाटेको वा धराल्लिएको लुगा परिश्रम गर्नेलाई मात्र माया लाग्छ । त्यो लुगा नफाट्नु र फाट्नुबिच कति काम र कथा लुकेको हुन्छ लुगा लगाउनेले महशुस गरेको हुन्छ । यसरी श्रमको हात वास्तवमै खस्रो हुन्छ । श्रमले फुटाउछ, फुलाउछ, गलाउछ । यसले पसीना छुटाउछ । त्यसैले त श्रम वा कामलाई आत्मासाथ गर्न दह्रो मुटु आवश्यक पर्छ । तर अफशोस् आज श्रमको चुनौतिलाई स्वीकार गर्न नसक्नेहरुको भीड बड्दो छ । स्मरण रहोस् श्रम वा कामलाई यहाँ कोदाली नै खन्ने, भारी नै बोक्ने शारिरिक काम मात्र भनेर भन्न खोजिएको हैन ।

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...