Skip to main content

अब पाटी भन्दा देश माथि



अर्को चुनाव सकियो । मतपरिणाम सबैतिरबाट आईसक्यो । बिजयी उमेदवारहरुलाई हार्दिक बधाई, तर यो पटकको जीत चाँही एक गह्रुङ्गो जिम्मेवारीको रुपमा लिईदिनुहोल भन्ने बिनम्र आग्रह पनि । 

मुलुकमा प्रजातन्त्र ओर्लेको करीब ३० बर्ष पुगेछ । यो संक्रमणकालीन अवधि नेपालको ईतिहासमा निकै नै महत्वपूर्ण भएकोले हुनसक्छ यो कालखण्डका प्रतक्षदर्शीले अनेक सास्ती झेले; आन्दोलन, ढुङ्गामुढा,, गुरिल्ला जनयुद्द, लुटतन्त्र, भ्रष्टाचार, गुण्डागर्दी, दलाली सबैसबै चरमरुपमा फास्टाएको अनुभुत गरे । दुई चार वटा डाँडा जोतेर बर्षौटे पहिरो लाग्ने बाटो बनाएको बाहेक यस अवधिमा आँखाले देखिने बिकास शुन्यप्राय छ । केही मुख्य आयोजना पनि अन्तरराष्ट्रिय सहयोगमा भएको छ । 

तीन दशक भनेको एक जुग हो, अर्को तीन दशकमा एउटा पुस्ता नासिन्छ । आफु नासिनु अघि देशले मुहार फेर्न लागेको आभाष होस् भनेर मजस्ता धेरैले आफ्नो अमुल्य मत दिएका छन् । टन्टलापुर घाममा तालु सेक्काएर ठेलम ठेल र तछाड मछाडबिच लाइन बस्दै गर्दा मतदाताका अनुहारमा निराशा बाहेक केही थिएन । किनकी यो पुस्ताले धेरैखाले भोट् धेरै पटक खसाले तथापी सकाराात्मक परिणाम कमै हात लाग्यो । राष्ट्रिय राजनीतिको प्रवाह बिकास र समृद्धिभन्दा पनि सत्तालिप्सा र कुर्सी तानातानमा बढी केन्द्रित देखियो । महँगी र भ्रष्टाचार चुलिमा छन् । अब्यवस्थिती र बेरोजगारीले आक्राँन्त युवा पुस्ताले देशमा भविष्य देखेकै छैनन् । बिदेश हिंड्ने दौड दिनानुदिन चर्कदो छ ।


चालकलाई जति पटक चुनेर पठाए पनि गाडीको ब्रेक फेल भैनैरह्यो । दैनिक रोजिरोटिमै संघर्ष गर्नुपर्नेको जमात बढ्दै गयो । कृषि तथा उद्योग जस्ता उत्पादनमुखी काम बढ्न सकेन । देशका सम्पूर्ण संबेदनशील क्षेत्रहरु सिमित ब्यक्तिहरुको कब्जामा छ । स्वास्थ्य क्षेत्र धराशायी छ, सरकारी विद्यालयहरुको हविगत दयनिय छ । ब्यापार र सेवारुपी ब्यवसायमा सिन्डिकेट हावी छ । राजनीतिकरणले निजामति, पुलिस, सेना, पेशागत इथिक्स लगायत न्यायलय समेत छियाछिया बनाएको छ । नेपालमा पैसा र पहुँचले गर्न नसकिने र नहुने काम केही बाँकी रहेन । स्वाभिमानी र आत्मनिर्भर मानिस् विविध गुट, दल र तीनका खेमामा आवद्ध नभए जागिर धराप पर्ने मात्र नभै जीवन जिउन नै असहज हुने स्थिती आयो । र यो बेथिती बढिनै रह्यो ।

चुनावको मुख ताकेर भोट् माग्न नेताहरु गाँउ पसिरहदा भाषणमा जुन आश्वासन् दिन्थे बढो हाँसो लाग्थ्यो । कार्यकर्ताले त विश्वास मान्नै पर्यो नत्र पछि लाग्नुको आधार के ? तर आमजनताले पटक्कै विश्वास गर्दैनथे । भोट् हाल्नु अधिकांशलाई अधिकारको प्रयोग भन्दा पनि बढी बाध्यता जस्तो देखिन्थ्यो । यो चरम् अविश्वासको अवस्था देश कै राजनीतिले ल्यायो र जनताले तिनै अविश्वासीला मध्यका राम्रालाई चुने । सदनमा किनबेच भैरहने अनेकन् साना दलहरु बढारिएका छन् ।


हुने बिरुवाको चिल्लो पात भनेझै बिजेताले दोस्रो दिन देखी काममा कटिबद्द हुन जरुरी छ । एक दिन बिजय जुलुस मनाउनु ठीक हो तर हप्तौसम्म माला र बाजागाजाका साथ गाँउ टोल किन डुल्ने? पुरानै ढाचाका नेताहरु फेरी पनि महिनौसम्म सहकारी, स्कुल कलेजले आयोजना गरेका बधाई ज्ञापन समारोहमा सारीक भै रहने छन् । के रिबन काट्ने र झिनामसिना समारोहमा अल्झिएर देश बिकासको महान मिसन पुरा हुन्छ? मतदाता पुरानै हुन् भनेर पुरानै ढर्रामा उनीहरु फेरी पनि फर्केलान् । ब्यक्ती भन्दा पाटी माथि र पाटीभन्दा देश माथि हुनु पर्नेमा आजसम्मको माहोल ठीक बिपरित देखिएको छ । यसलाई सच्याउनै पर्छ ।


के अवपनि कर्ममुखी नभै फुलमाला र वाहवाहीमा नेतागिरी गर्न उचित हो? एक चरण जनताले तपाईंको भाषण् सुने र थोरै पत्याए अब कृपया भाषण् नछाट्नुहोस् । कुराले चिउरा भिज्दैन, काम गरेर देखाउनुहोस् । जनताले देख्ने ठोस् काम । दशकौ देखी बिचलित कर्मचारीतन्त्रलाई राजनीतिबाट अलग पार्नुहोस् । सुशासन र भ्रष्टाचार निवारण प्रमुख मुद्दा बनाउनुहोस् । पत्रकार र मास्टरका झोले राजनीतिमा अंकुश लगाउन निती ल्याउनुहोस् । करछलीलाई रोक्नुहोस् र दलाली काम सबैलाई करको दाहेरामा ल्याउनुहोस् । ठगी र अवैध धन्दालाई नियम्मन गर्नुहोस् । जनताकै सेयरबाट मेजर जलबिद्युत आयोजनाका खाका तयार गर्नुहोस् । प्रतिपक्षले पनि आलोचनात्मक सावधानी दिइराख्नु पर्छ । पहिलो चरणमा त्यत्ती भए देशले रफ्तार समाउछ । बाँकी कुरा बिस्तारै ।     

This article was also published in the Mangsir 21st Issue of Saptahik, KMG's weekly. Click here to get to the link.  


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...