Skip to main content

अचम्मको चिनाजानी



मानिस मानिसबीच हुने कुनै सम्बन्ध सामान्य भईकन पनि अचम्मका हुन्छन् । सबैका हुन्छन् यस्ता चिन्जान, स्थान र पात्र फरक भएतापनि यस्ता घटना घटिरहेका हुन्छन् । प्राय यो भोगिन्छ तर कसैलाई भनिन्नँ । धेरैअघि मेरो एउटा शिक्षक थिए । खासै राम्रो पढाउदैन थिए । धेरै बिद्यार्थीहरु फेल भएपछि आक्रोशले उस्को नाम केकेमात्र राख्न भ्याएनन् । मेरो भने उसँगको सम्बन्ध मध्यम नै थियो । जीवनमा धेरै उतारचडाब आयो । कसैबाट सुनेथेँ उस्को लागि बितेका बर्षहरु त्यति राम्रा रहेनन् । करीब १२−१३ बर्षपछि उनी एकदिन काम बिशेषले म काम गर्ने अफिसमा आए । म भएको ठाउँमा आएर सिधै भने− कति पैसा दियो भने यो जागिर पक्का हुन्छ? मेरो वाइफलाई लगाउनु पर्यो । श्रीमतीको लागि जागिरको आवेदन दिन आएका रहेछन् । मैले खुला प्रतिस्पर्धा गर्ने हो दाँयाबाँया त यहाँ हुँदैन भनेँ । उनले अझै जिद्दी गरे । ककस्लाई कतिकति दिनु पर्ने हो देऊ काम मिलाए बापत तिमीपनि राख तर जसरी नि मिलाऊ । म पन्छिन खोजेपछि उनी हतोत्साहित भएर जोडजोडले कराँउन र गाली गर्न थाले । मैले पनि जवाफ फर्काएँ । केही बेरको चर्काचर्कीपछि मैले यही दिन देख्नलाई तिमीहरुजस्तो चेलालाई पढाएछु धन्यवाद भन्दै बाहिरिए । कोहीकोही मान्छेहरु शत्रु भएकै राम्रा हुन्छन्, त्यस्पछि हामी खुशीराजी एक आर्काका शत्रु भयाँै । 

तर बिडम्बना जिन्दगी त्यति छोटो पनि छैन कि आफुलाई मन नपर्ने मान्छे दोहो¥याएर कहिल्यै नभेटिऊन् । त्यसो हुन यो विश्व त्यति बिराटपनि छैन । केही बर्ष बिते । प्राय जसो, खास भन्नु पर्दा दिनमा दुई पटक उस्को र मेरो बाटो काटिन्छ । भन्नुपर्दा उनीसँग अब मेरो कुनै बैरभाव छैन तर म केवल कामना गर्दछु कि हामी नभेटिएकै राम्रो भनेर । म बिहान अफिस जाँदा बाटोमा उन्लाई भेट्छु । फर्किदा पनि जम्काभेट हुन्छ । उन्को घर र मेरो अफिस अनि उन्को अफिस र मेरो घर लग्भग एकै ठाउँमा छ । दुईमध्य कुनै एकले समय, डेरा वा जागिर बदलेन भने बाँचुञ्जेल हाम्रो भेट निश्चित् छ । 


जब उन्ले मलाई देख्छन् तुरुन्त नजर परिवर्तन गरेर अन्तै कतै हेरेजस्तो गर्छन् । अनि म पनि भुँइतिर हेरेर बेवास्ता गरेको छनक दिन्छु । हामी दुबै एक अर्कालाई मन पराउदैनौँ साँचो हो तर त्यति धेरै घृणापनि गर्दैनौँ कि कानुनी राज्य नभएको भए एक अर्काको ज्याननै लिँऊ । एकदिन मेरो मोटरसाइकल दुर्घटना हुँदा केही मिटर पर उनी थिए । म हिलोमा जाकिएर थल न बल परेको थिए । उनी सहयोग गर्ननि आएनन् न त हाँसे नै । तर आँखाको कुनाबाट मैले अन्दाज गर्नसक्थेँ कि उन्को ओठमा नजाँनिदो मुस्कान फैलिएको छ । तर म यो कुरामा पनि ढुक्क थिँए कि यदि मेरो गम्भिर दुर्घटना भएको भए उनी हेरेरमात्र त पक्कै बस्दैन थिए । किनकी यदि म उन्को ठाँउमा भैदिएको भएपनि आपतकालिन अवस्थामा जरुर अस्पातल लैजान सहयोग गर्दथे । हामी एकअर्कालाई घृणा गर्दछौ तर त्यति धेरैपनि गर्दैनाँै कि आफ्नै आँखाअगाडि अर्कोले मृत्युवरण गरेको देख्नुपरोस् । मान्छेको जातको खासियत एउटा यो छ कि ऊ आफ्नो शत्रुको बारेमा खुबै चासो राख्छ । आफ्नो घनिष्ठ भनिने मित्रको बारेमा बरु उस्लाई त्यति कुरा थाहा हुँदैन जति शत्रुको बारेमा थाहा हुन्छ । उस्ले हरतरह र स्रोतबाट आफ्नो शत्रुको बारेमा जानकारी बटुलिरहेको हुन्छ । एबम् रितले मलाई उन्को नालिबेली सब थाहा छः उनी कहाँ के काम गर्छन्, छोराछोरी कहाँ के पड्दै छन्, उनी कहाँ गएर अधिकांश समय बिताँऊछन् इत्यादी । म निश्चिन्त छु कि उन्लाईपनि मेरो बारेमा केही ज्यादा नै थाहा छ । कसैको बारेमा प्रचुर जानकारी पाँउन उसँग बर्षौँसम्म नबोलेपनि केही फरक नपर्नेरहेछ । हामी दुईबीच बैरभावको सिमा यतिसम्म छ कि उहासँग यदि कोही बोल्यो भने म त्यो ब्यक्तिसँग सम्भव भएसम्म नबोल्ने बातावरण श्रीजना गर्न लागि परेको हुन्छु । अर्थात् निरर्थक भएतापनि हामी दुई आफ्नो वरिपरि एकअर्का बिनाको छुट्टै संसार बनाँउन चाहन्छाँै ।


हाम्रा बाटाहरु एक आपसमा दिनहँुजस्तो काटिएतापनि हाम्रा जिन्दगीहरु भने समानान्तर भएर अगाडि बढिरहेका छन्, तसर्थ म जब मलाई मनपर्ने एउटा पसलमा किन्मेल गर्न जाँदै थिँए मैले उन्लाई केहि कुरो किन्नमा बार्गेनिङ गरिरहेको देखँे । म त्यहाँ जानुको सट्टा अर्कै पसलमा गएर सब्जि किने । त्यस्तै एकदिन म केहि साथीहरुसँग मुभि हेर्न सिनेमा हल गएको थिए । हातमा टिकट देखेपछि त्यो सरले काँउन्टरमा गएर जबरजस्ती टिकट साट्यो । अर्कै मुभि हेर्न हल “बि” मा । तसर्थ हामी एक अर्कालाई यतिसम्म मन पराँउदैनाँै कि सिनेमाको असली आनन्द लिन हामी कम्तिमा एक हल पर अर्कै मुभि हेरिरहेको हुनुपर्छ । त्यसैपनि उनी कसरी निर्धक्कसँग चलचित्रको आनन्द लिन सक्छन् र जब आफुले मन नपराएको मान्छेपनि त्यहीँ कतै बसेर सोहि फिलिम हेरिरहेको छ भन्ने थाहा छ । हामी दुईको जिन्दगी यस अर्थमा समानान्तर छ; परबाट आपसमा देखिएपनि कहिल्यै बोलिदैनँ । एक अर्काको सब कुरा थाहा पाएपनि थाह नपाएजस्तो गरिन्छ ।

Published in print on KMG's weekly portal Saptahik on Asar 20, 2076  [July 6, 2019]

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...