Skip to main content

Posts

लिङ्गे पिङ नियमावली, २०७६

नेपाल लिङ्गे पिङ प्रवद्र्धन समितिको केन्द्रिय कार्यालयको मुख्य सुचना बोर्ड्मा प्रकाशित् मिती २०७6 असोज खेलकुद बिकास ऐन, २०४८ को प्रस्तवनालाई टेकी सर्वसाधारण जनताको शारिरिक् तथा मानसिक बिकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि वान्छनिय भएकोले नेपाल लिङ्गे पिङ प्रवद्र्दन समितिले देहाएका नियमहरु बनाएको छ । प्रस्तावना लिङगे पिङ नेपालको कुना कन्दरादेखि सहर बजारसम्म बिशेषतः चाडबाडको अवसरमा निकैनै लोकप्रिय खेल हो । यो खेलको वास्तविक् उद्गम बिन्दु ईतिहासको कुन कालखन्ड हो भनेर एकिनका साथ भन्न नसकिएतापनि यो खेल परापुर्व कालदेखी चलिआएको हो भन्ने अनुमान् पुराना काष्ठकला वा चित्रकलामा कुंदिएको पिङको कलाकृतिबाट जान्न सकिन्छ । यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदि इत्यादीको अवसर पारेर खेलिन्छ । तसर्थ यो खेल खेल्ने समयमा प्राय हुलमुल बढी हुन्छ । जहाँ हुलमुल बढी हुन्छ त्यहाँ ठेलमठेल र झेलमेल पनि बढी हुन्छ । लिङ्गे पिङ खेल्दा हुन सक्ने अन्याय, झेल तथा दुब्र्यबहारलाई मध्य नजर राखी यो नियमावलीले आजको दिनदेखि यस् खेल खेल्दा पालना गर्नुपर्ने आधारभुत नियम बिनियम तथा खेलको नियम बि

अभागी प्राणीहरु

मानिसले कुकुर किन पाल्छ? कुकुर एउटा राम्रो साथी हो जस्ले मानिसको दिल बहलाउन मदत् गर्दछ । कुकुर बफादारीताको उत्कृष्ट नमुना हो । कुकुरका उन्नत प्रजातिहरु त भाषा बुझ्ने र साधारण कामहरु गर्नेसमेत हुन्छन् ।  यो लेख २०७६ भाद्र २० तदनुसार २०१९ सेप्टेम्बर ६ मा कान्तिपुर मिडिया ग्रुपको शुक्रबारे प्रकाशन 'साप्ताहिक' मा समय सन्दर्भ भन्ने स्तम्भमा प्रकाशित् छ । 

पिता श्री

"खुशीका तरङ्ग लम्बाइहरु समय, ब्यक्ति, ठाउँ र परिवेशअनुसार फरक−फरक छन् । एउटा लम्बाइका खुशीहरुलाई खुम्चाएर पिताजी  अर्को लम्बाइमा बाँचिरहे का पनि हुनसक्छन्   "

ईतिहास र अतीत

यो लेख भाद्र ६, २०७६ (August 23, 2019) को कान्तिपुर साप्ताहिकको समय सन्दर्भ स्तम्भमा प्रकाशित् छ ।  ईतिहास अतीत होइन, यसको सानो अंशमात्र हो । तथ्यहरुले जहिले सत्य बोल्दैनन्, तथ्यलाई कसरी लिने मानिस् अनुसार फरक दृष्टिकोण हुन सक्छ । त्यसैपनि एब्सल्युट सत्यको अस्तित्व छैन । ठाउँ, व्यक्ति र परिस्थिति अनुसार एउटाको सत्य अरु धेरैको लागि मिथ्या हुन्छ । एउटा तथ्य र अर्को तथ्यलाई पात्र, ठाउँ वा समय दिएर मुर्त कथा जो बन्छ त्यो ईतिहास हो । ईतिहास एउटा लिखत भएकोले यसले अलिखित अतीतका ९० प्रतिशत भन्दा बढी कथा वा घटनाहरु गायब बनाएको हुन्छ । कसैले कुनै प्रश्नको उत्तर मौनताबाट दिन्छ भने बुझ्नेले एउटै तरिकाबाट बुझ्नु पर्छ भन्ने छैन । जो अब्यक्त, अलिखित, वा अदृष्य छ त्यो फिक्सन हो । 

समाजका चित्रहरु

यो लेख २०७६ साउन १७ गते (August 2, 2019) को कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ ।   चित्र १ः  धनबहादुर एक ठेकेदार हुन् । ढुङ्गाखानी र क्रसर उद्योग छ उन्को । राजनीतिमा खासै चासो नराख्ने उनी स्थानिय चुनावमा प्रतिष्ठित पाटीबाट वडाध्यक्ष उठिदिन अनुरोध आयो । उन्ले उम्मेदवारी दिए र अत्याधिक बहुमतले जिते जबकी उन्का प्रतिद्वन्धी बिसाँै बर्ष समाज र राजनीति जानेका निम्न आय भएका ब्यक्ती थिए । धनबहादुरले आफ्ना मतदाता धेरैलाई चिन्दैनन् र उनीहरुको बस्तुस्थितीका बारेमा खासै जानकार छैनन् । धनबहादुरलाई थाहा छ अब बिकास गर्नुपर्छ । त्यसैले उन्ले आफ्नो सम्पत्तिमा एउटा डोजर थपे । यता गाँउपालिकाबाट बजेट निकसा गर्ने उता गाँउका पाखाबारी आफ्नै डोजरले भासेर बाटो बनाउने । प्रकृया सबै मिलेको छ, बेरोजगार भान्जोको नाममा क्रसर र कम्पनी दर्ता छ । घुमाई फिराई टेन्डर त्यसैलाई पर्छ । यसरी आफ्नो वडामा उन्ले बिकासको खोलो नै बगाइदिए ।

सुकुटे बिच

सुकुटे बिच क्याम्प टोलीका होनहार सदस्यहरु भोटेकोशी किनारामा तस्वीर खिचाउदै ।   एउटा खोलो छ । घुमौटोमा उक्त खोलोले बालुवा थुपारिदिएको छ । भुपरिवेष्ठित देशका नागरिक हामीलाई त्यत्ती भए पुगिगो । अझ त्यहिँ दुईवटा खाँबो गाडेर जाली टाँगिएको छ । बिच भलिबल भईगो । अर्का छेउमा लिङ्गे पिङ छ । जत्तिखेर नि दसैंमा झै मच्चिन पाइने ।    

सफल हुने कि खुशी?

सफल बन्न असाधारण (extraordinary) हुन पर्दैन, पृथक (unique) भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ ।