Skip to main content

पशुबली कि बधशाला?

Image result for animal sacrifice
मन्दिर सार्वजनिक स्थल हो । त्यस्मा सार्वजनिक सरोकारको बिषय हुनु पर्दछ । तपाईं आफ्नो ब्यक्तिगत मनोकांक्षा पुरा गर्न भनेर आफ्नो निजी बोका वा कुखुरा लगेर त्यस्ता ठाँउमा काट्न पाँउनुहुन्नँ । 

चाहे आर्मीको ब्यारेकमा होस् चाहे देशका ठुल्ठुला शक्तिपिठहरुमा, बिजया दशमीको अवसरमा थुप्रै पशुबली गरिन्छ । बली प्रथाका अनुयायी प्राय हिन्दू धर्मका पनि शाक्त सम्प्रदाय पर्दछन् जसले देवीको उपासनाको अन्तिम रुप नै बली हो भन्ने विश्वास राख्दछन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्ने समुहकाले पनि बलीको परम्परालाई अङ्गिकार गर्दै आएका पाईन्छन् । दशैमा हिन्दूहरुले बली दिन्छन् तर हिन्दू धर्मका मुल ग्रन्थहरु भागवद तथा अन्य थुप्रै पुराणहरुमा बलीलाई निषिद्ध नै गरिएको छ । 

कालिका पुराणमा खसी बोकाको रगत देवीलाई अर्पण गर्ने बली र हात्तीको रगत अर्पण गर्नेलाई महाबली भनेर भनिएको छ । त्यस्तै गरी ऋग्वेदका बिभिन्न खन्डहरुमा अस्वमेध भनेर घोडाको बलीको ब्याखा पाईन्छ भने ज्योतिस्तोमामा बिभिन्न तीन पशुहरुको बली एकै साथ गरिन्छ । अग्निसोमिया भन्नाले बली दिने अघिल्लो दिन सोमरस भगवानलाई चडाउने र अर्को दिन बली दिने भन्ने बुझिन्छ । सवनिया बलिमा दिन भरी नै अग्नीमा बली चडाइन्छ । 


मुलतः बली तीन किसिमका हुने गर्दछन् । सात्विकः जसमा अक्षता, फुल, केसरी, फल्फुल जस्तै नरिवल, घिरौला वा फर्सी आदी काटेर चडाँईन्छ । राजसीः जसमा सत्विक विधिमा पशु रगतपनि मिसाएर चडाइन्छ । तामसीः जसमा सात्विक र राजसी विधिसमेत रक्सीपनि चडाइन्छ । रामायणमा राम चक्रवर्ती राजा भएपछि अस्वमेध यज्ञ गरेका थिए भने युधिष्ठिरले पनि कुरुक्षेत्रको युद्ध जितेपछि चक्रवर्ती राजा हुनको लागि अस्वमेध यज्ञ गरेका थिए । अनुबन्ध्य बलीमा बरुण देवतालाई गोरुको बली दिइन्थ्यो । एवम् रीतले यजुर्बेदमा पनि पशुबलीका विधी बिधान तथा मन्त्रहरुको ब्याख्या गरिएको पाईन्छ, जसमा सेतो बाख्रा वायुलाई, बाछो सरस्वतिलाई, गोरु ईन्द्रलाई, नपुङ्सक बनाइएको गोरु बरुणलाई अर्पण गरेको कथाहरु छन् ।


वास्तवमै पशुबली एउटा ठुलो अनुश्ठान् भएकोले यसलाई मेहेनत र खर्च ठुलै चाहिन्छ र त बलीको बिधी बिधान सम्पूर्ण पुर्याएर गर्ने परिवार राजकीय वा ठुलै खान्दानका हुनु पथ्र्याे । पशुबलीको परम्पराले बिशेषतः पशु हिंसाभन्दा पनि शक्तिको पूजा आराधानालाई मात्र महत्वमा राखेको पाईन्छ । हिन्दू धर्ममा बलीको प्रकृयामा खास गरी झट्का वा मार हान्ने बिधि प्रयोग हुन्छ जसमा एकै पटक खुकुरी वा तरवारले घाँटी छिनाउनु पर्दछ । जस्तोकी मुस्लिम समुदायले घाँटी रेटेर बली दिन्छन् जसलाई हलाल वा जबिया भनिन्छ ।


भागवद् गीतामा कृष्ण भगवानले पशु हिंसा नगर्न भनेका छन् तरपनि बली दिएको खन्डमा आफुले स्वीकार चाँही गर्ने किनभने बली चढाइएको पशुको आत्मामा पनि आफु हुने कुरा सङ्केत गरेका छन् ।  शाक्त अनुयायीहरुले काली, भवानी वा दुर्गाको पूजामा कुखुराको भाले, हाँस, बोका, राँगो तथा अन्य पशुपंक्षी बली दिने गर्दछन् । हिन्दूमात्र नभै तामील सम्प्रदायमा पनि मुरुगुन देवताको लागि पशुबलीको परम्परा ब्याप्त छ । नेपालको बारा जिल्लामा हुने गढिमाइको मेला बृहद् सङ्ख्यामा हुने पशुबलीको विश्वकै उदाहरण हो जुन केहि वर्षयता विश्वब्यापी बिरोधका कारण रोकिएको छ ।
माथिका उदाहरणहरु बलीको परम्परा मानबिय समाजमा प्रचलित हुँदै आएको छ भन्ने द्रिष्टान्त दिन प्रस्तुत गरिएको छ । संस्कार र परम्परा जसरी चलायो चल्दै जाने कुरा हुन् । हामी सोच्न सक्ने प्राणी हौ त्यसै भएर ठीक बेठिक उचित अनुचित राम्रोसँग नियालेर परम्परालाई निरन्तरता दिनु पर्छ । राम्रोलाई आत्मासाथ गर्ने र भावी पिढीहरुलाई सिकाँउदै जाने तथा नराम्रोलाई परिष्किृत् गर्दै लाँने गर्नु पर्दछ । हो बलीको सन्दर्भ यदाकदा धर्मिक ग्रन्थहरुले जोडेतापनि मानिसले भक्ति गर्न बली गर्नैपर्छ भनेको हैन । पवित्र धर्मस्थलमा रगतको दृष्य निश्चयनै राम्रो हैन । मानिसको खाद्य आवश्यकतालाई धर्मसगँ छुट्याउनै नमिल्ने गरी जोड्नु हुदैन । 


मन्दिर सर्वजनिक स्थल हो । त्यस्मा सार्वजनिक सरोकारको बिषय हुनु पर्दछ । तपाईं आफ्नो ब्यक्तिगत मनोकांक्षा पुरा गर्न भनेर आफ्नो निजी बोका वा कुखुरा लगेर त्यस्ता ठाँउमा काट्न पाँउनुहुन्नँ । आफ्नो घरमा तपाईंको ब्यक्तिगत बनाएको मन्दिर छ ? ठिकै छ त्यहाँ दिनुस् बली, तर सार्वजनिक स्थानमा रहेको मन्दिरमा रगतको खोलो बगाएर मासु नखाने, रगत देख्न नसक्ने, हिंसा नरुचाउने मान्छेलाई मन्दिर परिसर जानै नहुने स्थितिको श्रीजना नगरिदिनुहोस् । 


अहिंसाका हिमायती बौद्धमार्गीहरु पनि त्यो मन्दिरमा आँउछन । बालबच्चाहरु र विश्वभर छरिएर रहेका शान्तिप्रेमीहरु पनि दर्शन गर्न वा भगवानको आस्था राखेर मन्दिर आँउछन । के अब तिनी सबैले एउटा पशु हत्याको साक्षी बन्नु पर्ने? सार्वजनिक् स्थानमा वास्तवमा हत्याको तमाशा देखाउनु राम्रो हैन । स्वास्थ्यकर मासु खाने हो भनेपनि बैज्ञानीक पशु बधशालामा लगेर पशु बली दिन सकिन्छ । मन्दिर र खुला सार्वजनिक् स्थानमा पशु बली दिएर मासु बनाउदै गर्दा कति किरा तथा नीला झिङ्गाहरु आँउछन् देख्नु भएकै छ । अनियन्त्रित रुपमा चडाईएका रक्ती, फालिएका मासुका बिकार र अन्ध्रा भुँडी पखालेर बिसर्जन गरिएका बिकारले बातावरण कति प्रदुशित पार्दछ याद छ ? बधशालामा बिधिवत काटिएको मासु राम्रोपनि हुन्छ । त्यसैले मन्दिरमा सात्विक बली दिनुहोस् अनि घरमा वा निजी स्थानमा राजसी बली दिनुहोस् यसले धार्मिक र सामाजिक सहिष्णुतालाई पनि खल्बल पार्दैन र चाडबाडमा स्वास्थ्यकर मासु खानपनि पाँउनुहुन्छ ।    
This article was published in print at KMG's weekly portal Saptahik on Oct 4, 2019 (Ashoj 17, 2076)



Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।