Skip to main content

Posts

बाऊ खौने औंशी

                                                 Photo Courtesy: Pankaj Khadka छोरी छ पुगेकी ज्वाँईसँग अस्ट्रेलिया जेठो छोरो अमेरिका कान्छो इन्जिनियर काठमाडौंमा बुढी बिमार दुई महिना भो भातभान्सा करेसोधन्दा बुढो हड्डिले हो । केही बर्ष पहिला कान्छो घरमै थियो छोरी पनि आउथी बाउको मुख हेर्न भनी जेठोले फोन गर्थ्यो अमेरिकाबाटै तर आजको औशी सुन्य भो घरमा चरो मुसो कोही आएन । फोनको पनि घन्टी बज्दै बजेन । पल्ला घरे सानेले भन्यो, म त सेलेब्रिटी भए रे । फेस्बुकभरी आज मेरै चर्चा छ रे छोरीले अस्ट्रेलियाबाटै मेरो तस्बिर हाली रे अमेरिकामा पनि मेरै फोटोको वाहवाही भो रे कान्छोले पनि मेरै फोटो प्रोफाइल बनायो रे । मेरा लागि भनेर हुरुक्कै हुने शब्द श्रिंखला रचेछन् । अन्तरराष्ट्रिय ब्यक्तिहरुले एकैदिन सहि मेरो फोटो हेरेछन् । कत्ति कुइरेले लाइक र कमेन्ट ठोकेछन् । मेरा छोराछोरिले मलाई सहि माया गर्दा रहेछन् । मैले थाहा नपाएर के भो दुनियाँले थाहा पाएछन् । औंशी थियो, त्यसैले गाई चराउन गइन फलैचामा बसेर आँखा परपरसम्म हेरिरहे हल्कारा आएन, कागले समाचार ल्याएन फोनको स्क्रिन हेरेरै थाकि

मलाई थुक्ने केटी

आज उठ्नै ढिला उठियो, राम्रो सँग कपाल पनि कोर्न नपाई हतार हतार च्यामासिङबाट आउने गाडी चडें र रत्नपार्कमा ओर्लिएं । जडिबुटीबाट सधैं पौने छ बजे बस चडेर बाङगेमुढास्थित श्रिँगार  पसल खोल्न सभा सात तिर पुग्ने गर्छु ।  असनको गल्ली सात आठ मिनेट काट्न बिहान आठ देखी दश बजेको समय र बेलुका पाच् देखी सात बजेको समयमा लग्भग महाभारतको युद्द जिते जस्तै हुन्छ । जाडो मौसम, पौने आठ भाथ्यो, दुई चार जना मान्छे मात्र गल्ली तिर देखिन्ते । एक्लै हिड्दा मनमा नानाभातीं कुरा खेल्छ नै, म त्यसै गरी मतिङलमा संसारलाई बोकेर अनि सोचेर हिड्दै थिए । त्यस्तैमा अकस्मात् आकाशबाट भ्ल्यात्त देब्रे पट्टीको कन्चटमा तात्तातो लेदो खस्यो । एकोहोरो हिडिरहेको मेरो हंसले ठाउँ छोड्यो, एक्छिन मानौ मानसिक प्यारालाइसिस् नै भयो । झट्ट माथि हेरें, काँचो इटाले बनेको पुरानो घरको अंखिझ्यालको बुट्टामाथि तेर्स्याइएको काठमा दुबै हातका पाखुरा टेसाएर एउटी केटी मुन्टो घोप्टो पारी मदमस्त बसेकी थिइ । दोस्रो पटक थुक्नलाई जसो तसो मुखमा खकार जम्मा गर्न लागि परेकी थिइ ।      तल बाटोमा को आइरा छ, उस्लाई बाल छ । खकार बनायो, थुक्यो । बस, क्या आन