Skip to main content

बाऊ खौने औंशी


                                                 Photo Courtesy: Pankaj Khadka

छोरी छ पुगेकी ज्वाँईसँग अस्ट्रेलिया
जेठो छोरो अमेरिका
कान्छो इन्जिनियर काठमाडौंमा
बुढी बिमार दुई महिना भो
भातभान्सा करेसोधन्दा बुढो हड्डिले हो ।

केही बर्ष पहिला कान्छो घरमै थियो
छोरी पनि आउथी बाउको मुख हेर्न भनी
जेठोले फोन गर्थ्यो अमेरिकाबाटै
तर आजको औशी सुन्य भो
घरमा चरो मुसो कोही आएन ।
फोनको पनि घन्टी बज्दै बजेन ।

पल्ला घरे सानेले भन्यो, म त सेलेब्रिटी भए रे ।
फेस्बुकभरी आज मेरै चर्चा छ रे
छोरीले अस्ट्रेलियाबाटै मेरो तस्बिर हाली रे
अमेरिकामा पनि मेरै फोटोको वाहवाही भो रे
कान्छोले पनि मेरै फोटो प्रोफाइल बनायो रे ।

मेरा लागि भनेर हुरुक्कै हुने शब्द श्रिंखला रचेछन् ।
अन्तरराष्ट्रिय ब्यक्तिहरुले एकैदिन सहि मेरो फोटो हेरेछन् ।
कत्ति कुइरेले लाइक र कमेन्ट ठोकेछन् ।
मेरा छोराछोरिले मलाई सहि माया गर्दा रहेछन् ।
मैले थाहा नपाएर के भो दुनियाँले थाहा पाएछन् ।

औंशी थियो, त्यसैले गाई चराउन गइन
फलैचामा बसेर आँखा परपरसम्म हेरिरहे
हल्कारा आएन, कागले समाचार ल्याएन
फोनको स्क्रिन हेरेरै थाकिएन  ।
वल्लापल्लकाले मिठा मिठा खाएछन्
राम्रा नाना लाएछन् अनि खुब हांसेछन् ।
मेरा सन्तान खुशी हुनु नै मेरो सुख हो
छोरा र छोरीहरुमा दिर्घायुको कामना ।  

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?