Skip to main content

Posts

उल्का र अचम्मको रामकहांनी

यो लेख  Ratopati  मा मिति:2016 June 19, ९:५९ मा प्रकाशित् थियो । ................................................................................                                                         यो राजाराम कहानी हो अनी यो सिताराम कहानी पनि हो । तसर्थ, कलियुग को यो एक राम्कहानी हो । सिताराम   र   राजाराम   दुई   अपार   ब्यक्तित्वका   धनी   मान्छे   हुन्   ।   म्यानेज्मेन्ट्मा   डिग्री   सकेपनी   दुबैको   ब्यबस्थापन   भद्रगोल   नै   छ   ।   उमेर   सत्ताइस   अठ्ठाइस्   हुदो   हो ,  मिल्न   पनि   साह्रै   मिल्छन   ।   कसैले   सोडा   घोल्दियो भने   केही   घण्टाको   लागि   लाग्छ   उनिहरु   जस्ता   ठुला   सत्रु   संसारमै   कोही   छैनन्, मानौ हिट्लर र याहूदी यही माटोमा पुनर्जाग्रित भका छन ।   उत्पट्याङ   काम   गर्न   दुबै   चारसय   बिस   थिए   ।   एक्पटक   त   सितारामले   आफ्नै   आमालाई   चैते   दशैमा   ल   है   आमा   खसीको   मासु   ल्याछु   छिट्टै   पकाउनु   भनेर   निस्कियो   ।   पछी   चुलोको   डिलमा   छोरोले   राखेर   गएको   झोला   खोलेर   हेर्दा   मरेको   मुसो   रहेछ   ।   उस्

बन्द कोठा भित्रको त्यो रात

जाडो याम बन्द कोठा अनी खल्खल म । सोचेकै पनि थीइन कहिलै त्यस्तो होला भनी तर भयो । पौठेजोरी सुरु भयो करीब सभा नौ बजे राती । युद्दकालको संखघोश भएपछी कारीब पाच् मिनेटको अन्तरालमा एक एक गरी कपडा खोल्दै गए । कारण: गर्मी । हुनत मङ्सिर महिनाको बाइस गते थियो बाहिर ब्यघ्र जाडो थियो । तर बन्द कोठा भित्रको त्यो शारीरिक परिश्रम्ले गर्दा पसिना आउनेनै भयो । नौ बाइ बाह्रको कोठामा हात्मा घङारुको लौरो लीई घटिमा चार माईल धावन गरें होला । मक्सद: मुसो मार्नु । अती गर्यो मुसाले । तेस्को अपराध यहाँसम्म पुगिसकेको थियो कि एक्दिन अगाडि राइस कुकरको बिर्को तेस्का दात्ले चाउचाउ चपाएझै झरम झरम परेर सिध्यायो । अब ग्यासको हाहाकार भएको यो कठोर् जाडोमा खाना पकाउन सकिने एउटै उपाय मेरो तेस्ले ख्याल ख्यालमै छिनिदियो । त्यो माउ मुसोले बच्चा कोरलेछ । चिर्चिर चुवचुवा तेस्का छौराका अवाज घरभरी गुन्जिन्छ । पुरै घर तेस्का बाउले चिडियाघर बनाउन बिर्ता दिएजस्तो गर्यो । बड्कौला, पिसाब को गन्ध ले घाटी सुख्खा भईसक्यो । तेसै तेसै मरुलाझै गरेर धराल्लिन पनि कती सकेको बसाहाले रौ तेस्तइ खसाल्छ । तिबिग्न झ्यास सिन्का र सुकेका पात कहाब