Skip to main content

उल्का र अचम्मको रामकहांनी

यो लेख Ratopati मा मिति:2016 June 19, ९:५९ मा प्रकाशित् थियो ।

................................................................................                                                       
यो राजाराम कहानी हो अनी यो सिताराम कहानी पनि हो । तसर्थ, कलियुग को यो एक राम्कहानी हो । सिताराम  राजाराम दुई अपार ब्यक्तित्वका धनी मान्छे हुन्  म्यानेज्मेन्ट्मा डिग्री सकेपनी दुबैको ब्यबस्थापन भद्रगोल नै   उमेर सत्ताइस अठ्ठाइस् हुदो होमिल्न पनि साह्रै मिल्छन  कसैले सोडा घोल्दियो भने केही घण्टाको लागि लाग्छ उनिहरु जस्ता ठुला सत्रु संसारमै कोही छैनन्, मानौ हिट्लर र याहूदी यही माटोमा पुनर्जाग्रित भका छन । उत्पट्याङ काम गर्न दुबै चारसय बिस थिए  एक्पटक  सितारामले आफ्नै आमालाई चैते दशैमा  है आमा खसीको मासु ल्याछु छिट्टै पकाउनु भनेर निस्कियो  पछी चुलोको डिलमा छोरोले राखेर गएको झोला खोलेर हेर्दा मरेको मुसो रहेछ  उस्की आमा रिशले भनभन्निएर अम्रिशा सिम्किना हातमा घुमाउदै फेदी पसल सम्म आएर उस्को पिडुल्ला पासुल्लो झर्ने गरी पिटेकी थिइन् । 

राजारामको पनि बेग्लै किस्सा छ  पुषमासमा साझपख बाघ आयो बाघ आयो भनेर गाउलेलाई तर्साउथ्यो  डर के मारे गाउले छुल छुली भै सिरक्मुनी गुजुल्टो पर्थे  उस्को पालो मामा छोरोलाई साथी लगाइ आफु गाउलेको झरिलो  ठुलो सुन्तला रुख्मा चढि भटाभट् सुन्तला टिप्दै बोरा भर्थ्यो अनी भोलिपल्ट भाले नबास्दै ठुलो बजार ल्याइ हजार पन्द्र सयले गोजी बाक्लो पार्थ्यो   तेसो हुदो पल्केको एक्पटक् जुनेली रातमा बाघ आयो भनेर कौलासिसकेपछी राजाराम एक्लै टुल्क्या सुन्तला बोट्मा के चडेको थियो सुन्तलाको रुखैबाट टुल्क्या बाउ पो फलेर आयो  तेसरात साथीले टुल्क्या बाउको बिर्सिन नसक्ने बाघेझाप्पु खायो अनी भोलिपल्ट देखी गाउमा बाघ आउन छोड्यो   यो हल्ला सल्ला रुखरुखले सुस्केरा हालेर फुकेझै पानी पानी भयो 


गाउमा उल्का  अचम्म केही भयो भने जोडीराम ले गर्थेकेही सालमै सिताराम  राजारामलाई उल्का  अचम्मको उपनामले चिनिन थालियो 


उल्का दुब्लो अचम्म मोटो, दुबै एक अर्काका परीपुरक झै । कुस्ती पर्दा सानो कद्को च्यासे उल्का उडेर मान्छेको टाउका टाउका पुग्थ्यो । एक्पटक बुधेको बहिनीलाई जिस्क्याएको निहुमा किम्डोलका भोटेका चक्रब्युहमा परेर उल्का लाई उल्का पिटे । कामिले फलाम दाबेझै खाद्नु खादे, एक दिन भरी पुरै त नाङेझार पारेर लाकुरीको फेदमा बादेर राखे । रोएर स्याल भको उल्काका चौबिस करङ र एक स्टर्नम आकाश जत्तिकै टड्कारो देखिन्थ्यो, एनोटोमी पढ्ने विद्यार्थीका लागि राम्रो जिबित स्पेसिमेन हुन सक्थ्यो ऊ तेतिखेर । खोज्दा खोजेर नपाईने, पैसा तिरेर नपाईने एक उपयुक्त जिबित मानब श्यामपल ।


एक सप्तान्तमा दुई भाईले गुरुङ्सेनीको भट्टिमा हुक्कु हुनेगरी जाँड खाएर बिहेको सल्लाह गरे, जाँडातालमा दरो योजना बुने । हुनत उनिहरु एस्ता खाल्का मान्छे थिएकी जिबनको सबै महत्वपूर्ण निर्णयहरु जाँड खाकै बेलामा गर्दथिए । भुइमा लडेर गरेको निर्णय धर्ती जतिकै अडिग हुन्छ भन्ने उनिहरुको रटान्त सिद्दान्तनै हो ।


अर्को शुक्रबार अचम्मले उल्काको झिङटिघरमा लेराएर निलो पल्सर ब्रेक लायो, "सिते, ओेइ सिते, खैत कहाँ मरो हिजो तेत्रो सल्लाह गरेको आज पाइलो पलास छैन ।" उल्का आँखा मिच्दै बार्दलिमा आयो र च्यठ्ठियो, "अँ गधा एक हप्ता भो सल्लाह गरेको चारदिन त शर्ट पाइन्ट मात्र हैन कपालमा सिर्लिक्क जुल्फी समेत् हालेर रेडी भएर कुर्या थिए, तँ ब्वासोको कुनै ठेगान भएपो ।" अचम्मले फकाउदै जाल फ्याक्यो, "ह्या त मुला पनि तेत्तिकै रिसाउछस के, उत्तान्टाङ हुने गरी एती खाइएछ कि साला आज छ दिनको दिन भर्खर राम्रोसँग होस् खुल्यो ।"  "भो भो धेरै नबोल, एक्छिन पर्खि म लुगा लाएर आउछु ।" उल्काले मन्जुरीको टाउको हल्लायो ।   


मुख कान्लां जोतिनु भन्दा केही समय अगाढीको सल्लाह थियो उनिहरुको, यसै भएन तेसै भएन अब चिनेकाले त छोरी दिने कुरै भएन, केटी खोज्न उनिहरु देश दौडाहमा हिंड्ने भए । नौडाडा सम्म उनिहरुको कुख्याती यती छापछप्ती फैल्या थियोकी कुरा नगरौ । उनिहरुको प्यारोडी गरिन्थ्यो, कहिकही उनिहरुको यस्तो क्यारिकेचर हुन्थ्यो कि ‘उल्काअचम्म नक्कल प्रतियोगिता’ गरेमा उनिहरु स्वयम पाँचौ छैठौ हुन्थे होला ।  केटीमाग्न हरसम्भव च्यानलको प्रयोग गरियो । कुरा केटीको बाउ वा दाजुको काना पुग्ना साथ प्रतिकृया जिब्रोकै टुप्पोबाट आउथ्यो, "हैट तेस्ता हावा हुन्डरिलाइ छोरी सुम्पनु भन्दा बागमती खोलामा बगाउछु बरु, मान्छे खोज न मान्छे, मेरी छोरी त कम्सेकम मान्छे होनी । " प्रपोज गर्दाको रिजल्ट झाप्पु देखी केही नपाका जोडीरामका हड्डी कम्तिमा एकपटक नगनेका टोलमा मान्छे थिएनन् होला । कत्ती लाई त कन्ठ हुन्थ्यो मैले रडियस भाचेको, मैले क्लाविकल फोरेको, मैले म्यन्डिबल तोडेको । यसरी बिचरा हरुको प्राकृतिक अनुहार बिग्रिएर आठ रेक्टर स्केलको भुकम्पले भत्काएको माटोको प्राचिन दरबार जस्तो थियो । अनुहारका अङगहरु सानो हल्लाइको प्रतिक्षामा पहिरो जान ठीक्क परेर बसेझै देखिनु स्वाभाबिक थियो । अनित केटी पाउन चारकोसे झाडी नकटी के सम्भव? योजना मुताबिक भोलिपल्ट भनिएकोमा उनिहरु छ दिन पछी केटी खोजिमा देश दौडाहमा निस्के ।

उल्का, "ब्यागमा के बोकेछस? "

अचम्म, "बिहे गर्न जादै छु, औठी र माला । "

उल्का, "हाहा, औठी इङेज्मेन्टको लागि अनी माला बिहेको लागि, अती उत्तम । म पूजासार्दम किन्छु बाटोमा । "


अचम्मले मोटेको बगर छेउको घरमा मोटरबाइक रोक्यो । उल्काले भन्यो, "मोटेले देलात बाइक?" अचम्मले फर्कायो, "नभए देखिनस पाखुरा तेस्लाई सिल्टिम्बुर कसरी खुवाउने मैले पनि जान्या छु ।" एक्छिन को गलफत्ती पछी मोटेले भन्यो, "ह्या एउटै बाइक्मा जाओन, पालैपालो चलाऊन नि सजिलो।" अचम्मले उल्का तिर हेरेर आँखा सन्काउदै भन्यो "हेत्तेरी समय छैन भनेर कथा शर्टकट गरौ भन्या यस्लाई रामायाणनै नसुनाइ नहुने भो । भन्दे ओेइ च्यासे ।" उल्काले उल्कै सट्कट् हान्यो, "दुबै जाना एउटै बाइक्मा गएर चै के आउँदा दुई दुलै गोजिमा हालेर ल्याउने?" च्यानल नटिप्ने पुरानो टि भि जस्तो उस्को दिमागले बल्ल तल्ल सिग्नल टिप्यो - "ओहो एक अर्काको बिहेमा एक अर्का जन्ती?"


दमले गाजेझै अचम्म करायो, "होत हेर्न, यस्को जन्ती म अनी मेरो जन्ती यो । हाम्रो यस्तो ऐतिहासिक बिहेमा एउटा सानो सहयोग पनि गर्दैनस?" उनिहरुले मोटेलाइ आफ्नो गफ्को चपेटाले केहीबेरमै थाङना सुताइ हाले । नाग्बेली बाटोमा पल्सरको पछी पछी सिबिजी हुइकियो ।           


राम्नगरको बिस्राममा ओठमा चुरोट च्याप्दै उल्काले भन्यो, "बिहे भनेको त च्वाँक केटी संगै गर्ने हो बुझिस केटा? बानी व्यबहार त साला घर लेराएर रामधुलाई गरेपछी सब ठीक भैहाल्छ ।" अचम्मको मुखको कोक सर्कियो, अनी पछी भन्यो, "खुब गरिस रामधुलाई, जिउ हेर्न जिउ ठिङुरे निगालो जस्तो छ । बिड भएदेखी अरुलाई पिट्ने औजारको रुपमा चाँही काम आउछस तँ । अनि एक फ्याक चिर्यो भने डोको बन्न तयार ।"

उल्का, "नकरा, सुक्या जिउमा लुक्या बल हुन्छ ।"

अचम्म, "हो तेइत, भाउजुले तेरो हड्डी पिसेर चन्दन घोट्नेछिन, लुक्या बल लुकिरहने त हो ।“

उल्का, "हैन केटी चाँही कती पढेकी बिहे गर्ने हो? आफ्नु हातमा त डिग्री को सर्टिफिकेट छ ।"

अचम्म, "हेर केटी साह्रै राम्री छ भने अनपढ गबार भए पनि केही फरक पर्दैन, गर्ने हो बिहे । " 


उनिहरु साझपख रामपुरको दुबैले नचिनेको साथीको घरमा पुगे । कारण ति सालीन ब्यक्ती उल्काको बाउको साथीको साढुभाइको माइलो छोराका साथी थिए । अर्को भाषामा भन्नु पर्दा गोरु बेच्या साईनो भन्दा अली धेरै नै पर को चिनाजानि भन्दा कुनै फरक नपर्ला । सुन्ना दस्मलब एक प्रतिशतले समेत् कसैले उनिहरुलाई चिनेको अवस्थामा त बिहेको कुरो निस्कनु भन्दा अगाडि भाडिने पक्कापक्की थियो । ग्र्यान्ड डिजाइन अनुसार तिनै सालीन हरेरामको घरमा केही समय अड्डा जमाएर बस्ने, केटी भेटे टिप्ने, नभेटे वा भेटिने जस्तो नभए पुन सल्लाह गरेर अर्को गन्तब्य तिर लाग्ने । हरेरामलाई उनिहरुको मक्सदको बारेमा कानमा हावा समेत् पर्न दिन भएन ।  अब उनिहरुको नित्य कर्म हरियाली खोज्ने थियो, बिहानैदेखी चिया खाने निउमा चोक तिर टहल्ने, नियाल्ने, अन्वेशण गर्ने, मुल्याङ्कन गर्ने, निर्णय गर्ने र कार्यन्वयन तिर अघी बड्ने । हरियालीको खोजिमा उनिहरु मन्दिर गएनन कि, पार्क धाएनन कि, सपिङ कम्प्लेक्स पुगेनन कि, सिनेमा घर ढुकेनन कि, कही चुकेनन ।  मौका मिलेसम्म थाहा नपाउने गरी मोबाइलको स्पाइ-क्यामराले फोटो शट् समेत् गर्न भ्याए । हन्टिङका लागि उनिहरु ब्वासोझै छुट्टाछुट्टै ठाउतिर निस्कन्थे ।    


उल्काले एउटी केटी भेटाएछ । तीन दिन सम्म चियो चर्चो गरेर अचम्म सँग एक साझ पोखियो, "हेर तेरी भाउजु अब लग्भग भेटिइ । प्रत्यक दिन साँढे आठ बजे बिहान गिरिचोकबाट श्रीराममार्ग सम्म एउटा बच्चालाई डोर्याउदै स्कुल पुर्याउने केटी नै तेरी भाउजु हुनेछे ।" अचम्मले रसिक हुँदै भन्यो, "किन र दु:ख गर्न पर्दैन भनेर बच्चा समेत् बोनस अफरमा ल्याउने भैस् क्या?" उल्काले प्रश्नमै जवाफ फ्याक्यो, "केटी बिबाहित् वा अविवाहित छुट्ट्याउने एक सय एक तरिका भन्ने किताब पड्या छैनस क्या? "


भोलिपल्ट दुबै जना एउटै मिसनमा जाने भए, उस्को बारेमा अब जानकारी बटुल्ने । तेस्तैमा उल्काले भन्यो, "अब रान्झना भन्ने मुवीको जस्तो सिधै गएर आइ लब यू भन्छु, आज कुटाइ खाइएला । भोली भन्छु भोली फेरी झापड् खाइएला । पर्सी भन्छु पर्सी पुन गालामा हातका औलाका डाम बस्ला, ए बाबा सत्र दिनमा त कसो नपट्टेली?"


चेनगेट खुल्यो, बच्चो निस्कियो, बच्चोलाई समात्ने केटीको हात पनि देखियो । सेतो सल्वार लगाएको गोडा पनि चेनगेटबाट बाहिर आयो । जब पुरै मान्छे देखियो तब अचम्मले ओठ लेप्र्याउदै भन्यो, "हुदैन तलाई यो, हेर तेस्ति टिङरी छे, दशैमा बुढापोखरिको रोटेपिङ्मा गाड्ने खाबो बरु एती अग्लो हुँदैन । के काम किस गर्न भर्याङ् लगाउनु पर्ने बुढी बिहे गरेर? बरु यो केटी मलाई चाँही सहि हुन्छ ।" उल्कालाई लाटो रिस उठ्यो । उस्ले आँखा अगाडि अन्धकार सिबाए केही देखेन । न्वारन देखीको बल लगाएर मुठी बटारि बन्नाएर अचम्मको भत्क्या मुखा थप भात्किने गरी प्रहार गर्‍यो । अचम्मको मुख्मा पहिरो मात्र गएन रगतको भेल नै फुट्यो । त्यो भन्दा अगाडि ऊ तराइको तातो पिचमा हड्डीको करक्क आवाज सुनिने गरी पछारियो । उस्ले जिबनमा पहिलोपटक सुक्या जिउको लुक्या बलको स्वाद चाखेको थियो । अनी कालो पिचमा सेतो दाँतका टुक्रा टुक्रा हेर्दै ताजुप खायो कि जिन्दगीमा अहिले सम्म बोल्नु त के कुरै छाडौ दश मिटरभन्दा पनि टाढा बाट मात्र देखेकी केटीको लागि त्यस्तो लिखुरेको जिउमा तेत्रो चट्याङ सरह हान्न सक्ने बल आउने रहेछ । चिन्नु न जान्नु घचेडी माग्नु कि त्यो केटीले यस्तो मिल्ने बाल्सखा आज बङारा फुकाल्न तमतयार हुन्छ भने एउटी केटीले पुरै महाभारतको युद्द निम्त्याइ रे भन्ने कुरा सुन्दा पत्यार लाग्न वाध्य भयो ऊ । सोच्यो- जिबनपथमा आउनु अगाडि एस्तो बिपत्ती ल्याउने जातले आएपछी कस्तो सङ्कट लेराउने होला, हे भगवान ! 


त्यस रात तिनिहरुको यती झगडा पर्‍यो कि मुद्दा मिलाउन हरेरामनै नअाइ भएन । गाउ टोलमै बदनाम हुने गरी केटीको पछी लागेर बाटाबाटा कुस्ती खेल्दै हिंड्ने पाहुना त कस्ले पो सित्तैमा पालेर राख्न चाहन्छ र? महगिको बेला गोरु बेच्याभन्दा परको साइनोलाई सहर्स घरमा राख्न तयार हुने ऊ मुर्ख त हो तर यस्तो कुरा सुनिसकेपछी पनि काना तेल हालेर बस्ने पटमुर्ख भने ऊ थिएन । भोलिपल्ट बिहानै एक रामले दुइरामलाई घरबाट निकालेर चिल्लिबाठ गराइदियो ।


अनी केही बेरमै उल्का मलिनो अनुहार लिदै चिया खाइरहेको अचम्म नजिक आएर भन्यो, "त्यो कामीकी छोरी रहिछे, ठिकै छ कमिनिको पोइ बन्न तलाई सुहाउछ तै गर् उसँग बिहे, म गर्दिन, आइ एम सरी । । "

अचम्म, "बङारा झारिसकेपछी एस्तो कुरा? अहिल्या कालमा केको जात्भातको कुरा? तेहामाथि यहाँबाट उडाएर लगेपछी कस्लाई के थाहा? कतिवटा खोला तर्नु पर्छ थाहा छ नुवाकोट पुग्न? अनुहार हेर्दा बाहुन भन्दा पनि ठुलि जातकी देखिन्छे । थर बकाइदा न्यौपाने नै भैहाल्छ, सम्झी उस्ले दिने बच्चाको थर् पनि न्यौपाने नै हुन्छ । थोडी निम्ता कार्ड बाड्नु पर्ने होर हजुर्बौको देखी नामथर् अता पता लेखेर?"

उल्का, "ह्या कती बेलिबिस्तार लाउछअब हिड बोरिया बिस्तर् बाधेर अझै पश्चिम । तलाई इच्छा  भने भन केरे  "

अचम्म, "हैन मलाई भन्दा पनि तलाई चाँही चाडैनै खोज्नै पर्नी भो, कैल्यै हुन नसक्ने दुलैको लागि जन्ती माथि सांघातिक् हमला गर्ने केटोलाई केटी नखोजी, बिहे नगरि जानु यो एक्लो जन्तीको लागि साख मरे बराबर हो । के  बोडर पारी पनि ट्राइ मार्ने  एक्पटक?”

उल्का, “बक्वास बन्द गर् भाषा बुझ्न ट्रान्स्लेटर चाहिने बुढी बिहे गरेर सुहाग्रात कसरी मनाइन्छ?”

अचम्म, "पख  पख नआत्तीसर्लक्क साइली  पोके माइली भएको एउटै घर खोजौ  साइली मलाई माइली तलाईएउटै ससुराली  कसो? "


सिताराम  राजाराम को यात्रा पश्चिम तिर सुरु भयो 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।