Skip to main content

सन् २०१७ का भाईरल बिषयबस्तु



२०१७ को जुन महिनामा सिमा सुबेदी नामक एक अनुहार एकाएक भाईरल हुन पुग्यो । नेपालीहरुलाई भारतको बिरोध गर्नु अघि सयपटक सोच्नु र इन्डियनहरुले भुकम्पको बेलामा रोड रोडबाट चन्दा दिएर सहयोग नगरेको भए के हुन्थ्यो भन्दै भिडियो सार्वजनिक गरेपछि नेपालीहरुको घृणाको ओइरो लाग्यो । अस्ली गोर्खाली भनेको भारतीय नै हुन र नेपालीहरुले इन्डियामा गई बर्तन धोएर भारतीय गोर्खालीको समेत बेइज्जत गरेको भन्ने आसय सिमा सुबेदीको थियो । केही महिना सामाजिक सञ्जाल र युटुब सिमा सुबेदीका प्रतिकृयात्मक लेख र भिडियोले भरिपूर्ण रह्यो । यसैसाल तराईको बर्खे बाडीमा छोराको अन्त्यष्टि गर्न पुर्ने माटो सहित नपाएकोले बाबुले बालकको लाश बाढीमै बगाइृरहेको नरेन्द्र श्रेष्ठको फोटोले अन्तरराष्ट्रिय मिडियाबजारसमेत पिट्यो ।


वर्षको जुलाई र अगष्टभरि मराठी भाषाबाट सुरु भएको गोलागोला बोलको गीत नेपालमा पनि गज्जबले चल्यो ।

स्वर्गीय यमबुद्धको अगुवाईमा सुरु भएको रबार्जको र्याप ब्याटलबाट एक्कासी चर्चामा आएका स्पर्धी मध्यका एक साकार पढाईको शीलशीलामा अष्ट्रेलिया गएता पनि नेपहपको बाटोलाई निरन्तरता दिइरहे । हिपहपको नेपाली साङ्गितिक दुनियाँलाई नेपहप भनिन्छ र नेपहपमा आफुलाई “लील बुद्ध”को नामबाट स्थापित गराइसकेका साकारले भिडियो मार्फत आफुले सिड्निको न्युटन भन्ने ठाँउमा “लील बुद्धको पान पसल” खोलेको जानकारी दिएका थिए । उन्ले अष्ट्रेलियाका सम्बन्धहरुलाई प्रयोग गरेर सिड्नी सिटी साइफर नामक साङ्गितिक श्रिङ्गखला चरणबद्ध रुपमा तेस्रो अङ्कसम्म युट्युबमा सार्वजनिक गरेका थिए । तर उनी भाईरल भएको यो कारणले गर्दा हैन । समाचार अनुसार उनीलाई बाइपोलार डिसर्डर नामक मानसिक रोगले सताएकोले साथीभाइ तथा शुभचिन्तकले मानसिक अस्पातलमा भर्ना गरेपछि एक्कासी उनी फेस्बुक लाइभ भिडियो मार्फत अश्लील गाली गलौजका साथ प्रस्तुत् हुन थाले । यहि क्रममा उन्लाई उन्को गर्ल्फ्रेन्ड श्रेया रिमालले छोडेको बुझिन्छ । उन्ले आफ्नु दिदी र नजिकको साथीहरुलाई मात्र गाली गरेनन् लाहुरे उपनामले चिनिने आशिष राना लगायत प्रचन्ड र क्विन एलिजाबेथसम्मलाई मज्जैसँग गाली गर्न भ्याए । “अष्ट्रेलियामा मृत्यु भएका नेपालीहरुको लाश नेपाल भित्र्याउन सहयोग गर्ने संस्थाहरुलाई आफ्नो छोरालाई जिउदै नेपाल फर्काइदिन” याचना गरेपछी साकारकी आमा सुनिता अधिकारी पनि लाइम्लाईटमा आइन् । साकारको तिनै भाईरल भिडियोमा प्रयोग भएको कट्टा हान्छु भन्ने वाक्यांश जनजिब्रोमा झुन्डिदै आएको छ । 


ब्रिटिश आमा छोराले अन्नपूर्ण सर्किट ट्रेकमा देउराली टि सपमा चिया खाएपछि पसले महिलाले एक कप चियाको मुल्य एक सय पचास् भनेपछी ब्रिटिश महिला आक्रोशित भै पैसा भुइमा फ्यालेर साइन्बोडको फोटो खिच्न थालेपछि ती नेपाली महिलाले आमाछोरा दुबैलाइ लठ्ठिले खेद्दै र ढुङ्गा प्रहार गर्दै अफ्ठ्यारो बाटोमा लखेटेको भिडियो सोसल मिडियामा सेप्टेम्बर र अक्टोबेर महिना भरि भाईरल भयो । ब्रिटिश महिला गेम्मा विल्सनले चियाको प्रिन्टेड मुल्य पचास् रहेकोमा एक सय पचास् लिएर ठग्न खोजेको भनेर रिश पोखेकी थिइन तर कपको साइज अनुसार पचास् र एक सय पचास् दुई मुल्य रहेको मनाङकी चियापसले पासाङ् गुरुङ बताउछिन् । यो भिडियो गेम्माका श्रीमान स्टुअर्टले सेप्टेम्बर ८ मा युटुबमा अप्लोड गरेका हुन् । सेप्टेम्बरमै सेर बहादुर देउवाको संयुक्त राष्ट्रसंघको सहभागीताकै समयमा न्यु योर्कस्थित कोलम्बिया युनिभर्सिटमा भएको प्रश्नेत्तर कार्यक्रमको भिडियो पनि चर्चित रह्यो । यतिबेला देउवाको उत्तर चित्त नबुझेर चौतर्फी बिरोध भयो ।


२०१७ सालमा बिशेषतः बिगो लाइभ र फेस्बुक लाइभ निकै नै चर्चामा रहे । खास गरी बिदेशमा बस्ने नेपालीहरुले सामुहिक अन्तरकृया र समय बिताउने माध्यमको रुपमा बिगो लाइभलाई प्रयोग गर्ने गरेको देखिन्छ तर पछिल्लो समयमा आफ्ना फ्यान बेस बढाउन सेलेब्रिटिहरु यस् प्रति आकर्षित छन् । यसमा एउटा होस्ट हुन्छ भने त्यही होस्टको लाइभ भिडियोमा अरुहरुले जोइन गर्न सक्छन् । बिगो लाइभमा भल्गर बोलेको भिडियोहरु जो कोहिले स्क्रिन भिडियो रेकर्ड गरेर युटुबमा हाल्नाले धेरै भिडियोहरु भाईरल भए । 


त्यसैगरी फेस्बुकको लाइभ भिडियो सुविधा विस्तार भएयता धेरै नै अन्लाइन सेलेब्रिटिहरुको जन्म भयो: तिर्सना बुढाथोकीको रात्रीकालिन भिडियोदेखी युनिस्मा राईको वार्तालापसम्म । युनिस्मा राईको भिडियोलाई प्रतिकृया दिएर नाम कमाएका गोबिन्द सुबेदी पछिसम्म पनि भिडियो जुहारीमा सामेल भैरहे । अश्लील बोल्दै भिडियो लाईभ गर्ने क्रम नरोके झुन्डिएर मर्छु भनेर आफ्नो भाईले भनेको भन्दै रोएर भिडियो मार्फत माफि माग्दै अब यस्तो नगर्ने युनिस्माले जानकारी दिएकी थिइन ।  


त्यस्तै गरी छक्का पन्जा फिल्मको थिम महिला बिरोधी रहेको भन्ने ऋचा शर्माको अभिब्यक्तिपछि नेपाली सिने कलाकारहरु दुई पङ्त्तीमा विभक्त भै कटाक्ष सुरु गरे । रेखा थापाले पनि ऋचालाई समर्थन गरेपछि छक्का पञ्जासँग सम्बद्धहरु दिपक, दिपा, स्वस्तीमा लगायतले ऋचा र रेखाको कडा प्रतिकृया दिएका थिए । 

वर्षको अन्ततिर सविन कार्की बीस्टको “कार्टुन्ज क्रु” बाट भएको बहिर्गमनले मिडिय पुनः एकपटक ततायो । विविद् व्यक्तिगत कारणले कार्टुन्ज क्रुसँग आवद्ध भईरहन नसकेको भन्दै आएका सविनले चर्को आलोचना खेप्नु पर्यो जब कार्टुन्ज क्रुका सदस्यहरुले उत्सव रसाइलीसंगको अन्तरर्वातामा सविनले आफुहरुलाई टुहुरो बनाएर गएको अभिब्यक्ती दिए । आस्माको भावुक अनुहारले झनै साहानुभुति बटुल्यो । यो भिडियोको प्रतिकृया स्वरुप सविनले अर्को भिडियो सार्वजनिक गरे र निकै नै नकारात्मक कमेन्ट झेल्नु परेकोले भिडियो हटाएर कार्टुन्ज क्रुका सरोजसँग मिलेर “हामी बिच त्यस्तो केही भएको छैन” भन्ने भावको भिडियो बनाएर विवादलाई मत्थर पार्ने प्रयास गरे ।

मुख्यतः यीनै भएतापनि सन २०१७ मा अन्य धेरै बिषयवस्तु भाईरल भएका छन् जुन सबै यहाँ उल्लेख गरिरहन असम्भव छ ।

यो लेख पुष १४ गतेको साप्ताहिकमा पनि प्रकाशित् छ । उक्त लिङ्कमा जान यहाँ क्लिक गर्नुहोस् । 

भिडियोमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...