Skip to main content

समानान्तर जिन्दगीहरु


कुनै एक कालखन्डमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयात्री बनेर जिन्दगीहरु कहिले एउटै गोरेटोमा, कहिले रात्रीकालीन गाडीको संगैको सीट्मा, कहिले पानी भर्ने पँधेरीमा, कहिले सपिङ मलमा त कहिले कलेजको लास्ट बेन्चमा भेटिन्छन् ।




जीवन एउटा सरल रेखा हो । समंग्र जिन्दगीहरु जन्मदेखि मृत्युसम्मको चलायमान ज्यामिती हो । हरेक प्राणीको जीवन प्रणाली कति सरल छन् । जन्म, जीवनयात्रा र मरण । जीवनयात्राका क्रममा प्रकृतिप्रदत्त जिम्मेवारीहरु पनि निभाइन्छन् । त्यस्मा, गाँस, बास, कपास, मनोरञ्जन तथा सन्तानोत्पादनका प्रकृयाहरु आँउछन् । तर अरु जीवको भन्दा मानवीय जिन्दगी फरकप्रायः छ । मानिस् आँफैले आफ्नो जिन्दगी जटिल बनाएका छन् । एउटा जिन्दगी एक पटक जन्मिन्छ, एक पटक जिउँछ र मर्छ पनि एक पटकमात्र । 


कुनै एक कालखन्डमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयात्री बनेर जिन्दगीहरु कहिले एउटै गोरेटोमा, कहिले रात्रीकालीन गाडीको संगैको सीट्मा, कहिले पानी भर्ने पँधेरीमा, कहिले सपिङ मलमा त कहिले कलेजको लास्ट बेन्चमा भेटिन्छन् । ती जिन्दगीहरु फगत आमुन्ने सामुन्ने वा दायाँबायाँ  भएका हुन् । एउटा जीवनपथ अर्को जीवनपथसँग कहिल्यै काटिएको हुँदैन । अर्थात् एउटा जीवनको डोरोले अर्को जीवनको डोरोलाई कहिल्यै चुडाँल्न सक्दैन । कुनै जिन्दगीको उद्गम्स्थल र समाधिस्थल कुनै अर्को जिन्दगीभन्दा सधैं र नितान्त फरक हुन्छन् । आफ्नो वरिपरि बाँच्ने विभिन्न जिन्दगीहरु अभिन्न भएर पनि भिन्न हुन्छन र ती समानान्तर भएर मृत्युसम्म स्वतन्त्र बगिरहन्छन् । तसर्थ सबै जिन्दगीहरु निहित समयसम्म समानान्तर बाहेक केही हैनन् । प्रेमजोडीका जीवनरेखाहरु क्रस भएका होइनन्, ती रेखाहरु अलिक नजिक भएका हुन् । वैवाहिक जोडीका जीवनरेखाहरु अझ नजिक हुन सक्लान् तर सधैं समानान्तर नै रहन्छन् । एउटा जीवनरेखाबाट अरु जीवनरेखाहरु सम्बन्ध र परिस्थिति अनुसार भिन्न–भिन्न दुरीमा चलिरहेका हुन्छन् । जीवनरेखा जन्मदेखी मृत्युसम्मको सबैभन्दा छोटो रेखा भएकाले सधैं सरल छ । असी बर्ष आयु भएको एउटा ब्यक्तिले जीवनयात्रामा जिवित जजस्लाई भेट्छ, देख्छ वा सुन्छ ती सबैका जिन्दगीहरु उस्कोसँग समानन्तर छन् ।





जङ्गलको बाटो राती एक्लै हिँड्दा बाघको आकृतिमा पुच्छर समेत् बनेर बसेको रुखको ठुटो देखेर डरले तपाईं हस्याङ्ग फस्याङ्ग भाग्दै गर्दा डोको भरी सेउला बोकी एउटा घाँसेको समानान्तर जिन्दगी टुप्लुक्क अगाडि आइपुग्दा तपाईंभित्र बेग्लै साहास् उम्लिएको थिएन? कुनै बेला पब्लिक गाडीमा कत्तिन पढ्छु नै जस्तो गरी मोटो फिजिक्स किताब काखमा फिजाएर बसेकी कलेजकि ठिटिले चस्माको कुनाबाट तपाईंले अघिदेखि घुरेर हेरेको चाल पाएर लजाउदै किताब झोलामा राखेको सम्झनुस् । अनि सम्झनुस् साइडमा तपाईंसङै डण्डिमा हात समाउदै तिनै छात्रालाई एक टक हेरिरहेको पठ्ठोको समानान्तर जिन्दगी । उक्त गाडीको खलासी, चालक र सम्पूर्ण यात्रीहरु तपाईंकै छेउमा आफ्ना–आफ्ना जिन्दगीहरु समानान्तर रुपले अघि बढाइरहेका थिए । त्यस्तै एकपटक फिलिम हेर्न जादा हाउस फुल भएको हलमा समानान्तर जिन्दगी बोकेर स्टोरिप्लटमा निमग्न भएका टाउकाहरु याद गर्नुस् ।

सधैं एउटै बाटो हिड्दा उनी उताबाट र तपाईं यताबाट आउँदै गर्दा पक्कै पनि धेरै पटक तपाईंहरुको नजर जुंधेको होला । सधाझैं देखे पनि अनुहार, आउने समय र बाटोबाहेक तपाईंको बारेमा उन्लाई वा उन्को बारेमा तपाईंलाई अरु केही थाहा नहुन पनि सक्छ । तर तीनै समानान्तर जिन्दगीहरु जम्काभेट हुँदै एक मिठो मुस्कानसम्म पुगेर अड्किएका पनि हुन सक्छन् । देख्दै नदेखेको मान्छेको त्यो जिन्दगी पनि समानन्तर हो जोसँग एयरपोर्टमा लगेज साटियो । एकान्तमा पिसाबले च्याप्दा खुला पिसाब गर्दागर्दै तपाईंलाई देखेको त्यो जिन्दगी तपाईंसँग समानान्तर छ । बर्षायाममा हिलो छ्याप्ने ट्रक ड्राइभरको जिन्दगी अनि सडकपेटीमा जुन केराको बोक्रामा चिप्लेर तपाँइ कुनै दिन लड्नु भयो त्यो केराको बोक्रा फ्याल्ने रुन्चे नानीको जिन्दगी पनि तपाईंसँग समानान्तर छ । मात्र कुनैका रेखा वर त कुनै अलि पर रहेका छन् ।  



वास्तवमै यी जिन्दगीहरु कहिले अभिनेता वा दर्शक बनेर, कहिले कलाकार र कलापारखी बनेर, कहिले अहिले भर्खर भैरहेको लेखक र पाठक बनेर, कहिले पीडित र पिडक बनेर त कहिले चोर र पुलिस बनेर समानान्तर भै अघि बढिरहेका हुन्छन् । कहिल्यै केही नबोले पनि समानान्तर जिन्दगीहरु एक अर्काको अस्तित्व हेक्का राख्दै हिड्दछन् ।

This article was published in the print version of KMG's weekly portal, "Saptahik" on May 4, 2018 ( Baishakh 21, 2074), and was re-published on September 20, 2019 ( Ashoj 3, 2076)




Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।