Skip to main content

हाम्रा सन्तति यसरी बेरोज्गार हुँदैछन्



सर्वप्रथम एउटा एतिहासिक प्रसङ्ग कोट्याउन चाहन्छु । उन्नाइसौ शताब्दिको सुरुवाती समयमा बेलायतमा गलैँचा उद्योगमा नयाँ प्रविधि घुसाइयो । औधोगिक क्रान्तिको त्यस संघिन समयमा भित्र्याइएको मेसिनहरुले हजाराँैको सङ्ख्यामा मज्दुरहरुलाई बेरोज्गार बनायो । कारणः गलैँचाका सबै काम अब मेसिनबाट हुने भयो । ती मज्दुरहरु मध्यका नाइके मज्दुरको नाम लुडाइट थियो र उन्को अग्रतामा उक्त प्रविधिको ठुलै बिरोध भयो । रोज्गारी खोसिएको रिशमा उनीहरुले फ्याक्ट्री आगजनी गरे, मेसिन बिगारिदिए । आज पनि अङ्रेजी भाषामा लुडाइट भन्ने प्रतिकात्मक शब्दले कुनै त्यस्तो ब्यक्तीलाई जनाउदछ जो नयाँ प्रविधी, औधोगिकरण, स्वचालित प्रणाली वा कम्प्युटरको बिरोधी हो । किनकी उस्को बिचरामा त्यस्ता चीजले मानवीय रोजगारी बिस्थापित गरिरहेका छन् ।  


मेसिनले अब ती कामहरु पनि गर्न थालिसकेको छ जुन कामहरु केबल मानिस् मात्रको बहसमा छ भनेर सोचिन्थ्यो । मानिसलाई मनोरन्जन दिने, उनिहरुको देख्भाल गर्ने र अन्य साहनुभुति जन्य कामहरु समेत् अहिले मेसिनले गर्दैछन् ।

बिशिष्ट सीप चाहिने काम बाहेक मध्यम र निम्न सीप भएका मानिसहरुले गर्ने सबै प्रकृतिका काम मेसिन बाटै गर्न सकिन्छ भनेर दावा गर्नेहरु कम छैनन् । हुन पनि हो उनीहरुको दावालाई सिद्द गर्न थुप्रै उदाहरणहरु भेटिन्छन् । कम्प्युटरले कुन किसिमका काम भविश्यमा कहिल्यै पनि गर्न सक्दैन भन्ने भनाइ समय संगै पटक पटक गलत साबित हुँदै आएका छन् ।

एउटा चाखलाग्दो कुरो यो हुन सक्छ ः मास्लोवको मानवीय आवश्यकताको तहगत वर्गीकरण अनुसार बिबिध आवश्यकता प्रविधिले पुरा गर्न सक्ने छ । अथवा गाँस, बास र कपास तथा सुचना र शिक्षाको लागि पैसा पर्ने छैन । जब धेरै आवश्यकताहरु निशुल्क हुनेछन् तब मानिसका लागि कामको चपेटा पनि निश्चय नै कम पर्ने छ । यति मात्र नभै सुरक्षा तथा दोस्रो वर्गमा पर्ने मानसिक आवश्यकता पनि कुनै उपकरणले पुरा गरिदिनेछ । तर मानिस हो, उस्का आवश्यकता यति धेरै थपिनेछन् कि उस्लाई आम्दानी वा रोजगारीको खाँचो अहिले भन्दा बढी हुनेछ ।
यस्ता कामहरु गर्न अब कुनै मानिसको आवश्यकता पर्ने छैन जुन काम एकोहोरो र दोहोरिरहने प्रकृयामा आधारित छन् ।

सडक सडकमा एटिएम राखिदिएकाले ब्याङ्कले कति मानब कर्मचारी कटौति गरेको छ? सिसी क्यामराको प्रयोगले गार्डको सङ्ख्या कतिले घटेको छ? अनि सोच्नुहोस् चोक चोकका भेन्डिङ मेसिन तथा रकम रिचार्ज गर्ने मेसिनले कति कर्मचारीलाई बेतलबी बनायो? यस्ता मेसिनले काममा भएका कर्मचारीलाई कामबाट प्रतक्ष निकाल्ने भन्दा पनि मेसिन आउँदैखेरी नयाँ काम गर्ने गराउने भनेर आउँदछन् र हेर्दा नयाँ काम देखिए पनि बास्तवमै मानव वोर्क फोर्सकै अलावा आएका हुन्छन् । अर्थात् कसै न कसै गरी मानिस् स्टाफ भन्दा यी मेसिन जागिर दिनेहरुका लागि धेरै प्रिय हुन्छन् । प्रिय हुन्छन् यस् मानेमा कि यी मेसिन मानिस जस्तो कहिल्यै थाक्दैनन्, कहिल्यै बुढो हुँदैनन्, बिग्रिएमा तुरुन्त बनाउन सकिन्छ, आवश्यकता परे भ्याकेन्सी ननिकाली वा इन्टर्भ्यु नलिइ तुरुन्त हजारौँको संख्यामा रेप्लिकेट गरेर ल्याउन सकिन्छ । अनि थप यस्ता मेसिन मानिस जस्तो साना तिना कुराले कामबाट बिकर्षित हुँदैनन् । यिनिहरु न गर्ववती हुन्छन्, न सुत्केरी नै, यिनीहरुलाई कामको दौरानमा न पानी प्यास लाग्छ न पिसाव । अरु त अरु एक पटक इन्स्टालेसन खर्च बेहोरिसकेपछी आजीवन बिना तलब यी मेसिनलाई चाहे जसरी काम लगाउन सकिन्छ । पेन्सन, उपदान, बिमा आदी इत्यादी खर्च सोच्न पनि पर्दैन । महिना दिनमा एक दिन सर्भिसिङ गराइदिए हप्तामा सातैदिन र दिनमा चौबिसै घण्टा करेन्टले निर्धक्क चलिदिने यी मेसिन मानव मज्दुरका घोर सत्रु साबित भएका छन् ।


केहि समय अघि पिटस्बर्गमा भएको अटो ड्राइभिङ कारहरुको सफल परीक्षणले सङ्केत गर्दछ सवारी चालक दाजुहरुले अव छिट्टै नयाँ पेशाका लागि आफुलाई तयार गर्नुहोस् । यो पेशा धराशयी हुँदैछ । चालक रहित कार सुरक्षित पनि हुनेछ । तिनीहरुमा स्पीडको प्रतिस्पर्धाको भावना हुँदैन, रिश हुँदैन । खाएर झिल्लु भएर सवारी चलाऊने मानब चालकको तुलनामा ती कारहरुले निर्धक्क सँग गन्तब्यमा पुर्याइदिन्छन । अनि अर्को कुरा यिनीहरुको हेर्ने क्षेत्र मानिसको जस्तो एकतर्फी हुँदैन । यिनीहरुले चारै तिर देख्छन् अनि अपार्दर्शक अवरोध पछाडि पनि के छ थाहा पाउन सक्छन कारण यिनीहरुले हाम्रो जस्तो सिमित पञ्च इन्द्रिय प्रयोग गर्ने हैन, सेटेलाइटबाट लाइभ रन हुने म्याप र जी पी एस् प्रयोग गर्दछन् । तसर्थ मानब चालकले सफ्ट्वेर प्रणाली सँग प्रतिस्पर्धा गर्न सक्ने छैन ।  

अहिल्यै पनि १९८० देखी यता २५ देखी ५४ बर्ष सम्मका बेरोजगार पुरुषहरुको संख्या सबैभन्दा उच्च छ । भन्नाले मुद्रास्फिर्तिको सुचकलाई मिलाएर एउटा औधोगिक देशको एक मध्यम परिवारको आय पन्ध्र बर्ष यता यति न्युन २०१६ मै हो ।

आखिर मान्नुहोस् नमान्नुहोस् जुनसुकै प्रविधिको अन्तिम बिन्दु मानव संसाधनको आवश्यकतालाई न्युनिकरण गर्नु नै हो । नयाँ प्रविधि जन्माउने काममा थोरै मान्छे सम्मिलित हुन्छन, फलस्वरुप उनीहरु आर्थिक रुपले निकै नै संबृद्द पनि हुनेछन् । तर उनीहरुबाट प्रतिपादित प्रविधिले लाखौंको संख्यामा बेरोजगारी थपिनेछ । बदलिदो समयमा लुडाइट भएर प्रविधी–बिकासको अड्चन गर्न खोज्दा असफल हुइने निश्चित छ तसर्थ अब हाम्रा सन्ततिहरुलाइ पढाउदा, प्रशिक्षण दिँदा प्रविधिका चपेटामा नपर्ने वा यस्को बिकल्प हुने गरि गर्नु पर्ने देखिन्छ, त्यति नभए प्रविधीसँग जुध्नँ वा खेल्न सक्ने योद्दाको रुपमा खडा गर्नु पर्ने हुन्छ । नवीन प्रविधि सिर्जना गर्ने सर्जक भए झनै राम्रो ।
This article was published in KMG's weekly portal "Saptahik" on Baishakh 14, 2075 (April27, 2018)
Click here to get to the link.



Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैम...