Skip to main content

Posts

Showing posts from September, 2019

लिङ्गे पिङ नियमावली, २०७६

नेपाल लिङ्गे पिङ प्रवद्र्धन समितिको केन्द्रिय कार्यालयको मुख्य सुचना बोर्ड्मा प्रकाशित् मिती २०७6 असोज खेलकुद बिकास ऐन, २०४८ को प्रस्तवनालाई टेकी सर्वसाधारण जनताको शारिरिक् तथा मानसिक बिकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि वान्छनिय भएकोले नेपाल लिङ्गे पिङ प्रवद्र्दन समितिले देहाएका नियमहरु बनाएको छ । प्रस्तावना लिङगे पिङ नेपालको कुना कन्दरादेखि सहर बजारसम्म बिशेषतः चाडबाडको अवसरमा निकैनै लोकप्रिय खेल हो । यो खेलको वास्तविक् उद्गम बिन्दु ईतिहासको कुन कालखन्ड हो भनेर एकिनका साथ भन्न नसकिएतापनि यो खेल परापुर्व कालदेखी चलिआएको हो भन्ने अनुमान् पुराना काष्ठकला वा चित्रकलामा कुंदिएको पिङको कलाकृतिबाट जान्न सकिन्छ । यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदि इत्यादीको अवसर पारेर खेलिन्छ । तसर्थ यो खेल खेल्ने समयमा प्राय हुलमुल बढी हुन्छ । जहाँ हुलमुल बढी हुन्छ त्यहाँ ठेलमठेल र झेलमेल पनि बढी हुन्छ । लिङ्गे पिङ खेल्दा हुन सक्ने अन्याय, झेल तथा दुब्र्यबहारलाई मध्य नजर राखी यो नियमावलीले आजको दिनदेखि यस् खेल खेल्दा पालना गर्नुपर्ने आधारभुत नियम बिनियम तथा खेलको नियम बि...

अभागी प्राणीहरु

मानिसले कुकुर किन पाल्छ? कुकुर एउटा राम्रो साथी हो जस्ले मानिसको दिल बहलाउन मदत् गर्दछ । कुकुर बफादारीताको उत्कृष्ट नमुना हो । कुकुरका उन्नत प्रजातिहरु त भाषा बुझ्ने र साधारण कामहरु गर्नेसमेत हुन्छन् ।  यो लेख २०७६ भाद्र २० तदनुसार २०१९ सेप्टेम्बर ६ मा कान्तिपुर मिडिया ग्रुपको शुक्रबारे प्रकाशन 'साप्ताहिक' मा समय सन्दर्भ भन्ने स्तम्भमा प्रकाशित् छ ।