Skip to main content

अभागी प्राणीहरु

मानिसले कुकुर किन पाल्छ? कुकुर एउटा राम्रो साथी हो जस्ले मानिसको दिल बहलाउन मदत् गर्दछ । कुकुर बफादारीताको उत्कृष्ट नमुना हो । कुकुरका उन्नत प्रजातिहरु त भाषा बुझ्ने र साधारण कामहरु गर्नेसमेत हुन्छन् । 
यो लेख २०७६ भाद्र २० तदनुसार २०१९ सेप्टेम्बर ६ मा कान्तिपुर मिडिया ग्रुपको शुक्रबारे प्रकाशन 'साप्ताहिक' मा समय सन्दर्भ भन्ने स्तम्भमा प्रकाशित् छ । 


गएको साता दुईवटा नराम्रा समाचारहरुले मिडिया जगतमा प्रश्रय पायो − बिरेन्द्र नगरभन्दा माथि कटकुवा जङ्गलमा भिरबाट खसालेर २४ गाई मारिएको र खोटाङको दिक्तेल नगरपालिकामा भुस्याहा कुकुरहरुको नियन्त्रण गर्ने भनेर निर्ममता पुर्वक लठ्ठीले हानेर कुकुर मारिएको । पृथ्वीमा रहेका हरेक प्राणीहरु प्रकृतिको अमुल्य देन हुन् । कतिपय जनावर मानिसको सह−अस्तित्व बिना बाँच्न सक्दैनन् । जीव जनावरहरुसङको आपसी स्वस्थ सम्बन्धले मानिसको जीवनपनि आनन्दमय हुन्छ । 


मानिसले कुकुर किन पाल्छ? कुकुर एउटा राम्रो साथी हो जस्ले मानिसको दिल बहलाउन मदत् गर्दछ । कुकुर बफादारीताको उत्कृष्ट नमुना हो । कुकुरका उन्नत प्रजातिहरु त भाषा बुझ्ने र साधारण कामहरु गर्नेसमेत हुन्छन् । मानिससँग परिवारको सदस्यसरह संगै खाने र सुत्नेपनि गर्दछन् । तर जव कुकुरलाई कुनै रोग लाग्दछ वा बुढो हुन्छ तब मानिससँग को सहयात्रा उस्को सकिन्छ ।  निर्दयी मान्छेले त्यो प्राणीलाई लगेर कुनै अन्जान ठाँउमा, बाटो वा पार्कमा फर्किन नसक्नेगरि बेवारीस छोडिदिन्छ । अनि ऊ पप्पी वा लुसीबाट अकस्मात् भुस्याहा कुकुरमा परिणत् हुन्छ । उस्ले समयमा खान र सुत्न पाँउदैन । आफ्नो ईलाकामा आएको भनेर अरु कुकुरहरुले खेद्छन् । मान्छेका बच्चाहरुले ढुङ्गाले हान्छन् । अन्ततः केहि दिनमा ऊ अरु जस्तै हुनुपर्छ− फोहोर वरिपरि बस्ने, फोहोर खाने, नयाँ कुकुर आएमा खेद्ने । अब उस्ले जन्माउने बच्चाहरुपनि सबै भुस्याहा भएर जन्मिन्छन् । यो क्रम चलिरहन्छ । प्राकृतिक सन्तान उत्पादन त छँदैछ त्यसमाथि मानिसहरुले ल्याएर छोड्ने हुँदा उनीहरुको संख्या निरन्तर बढिरहन्छ । 


अब साँझ बिहान हिंड्नै गाह्रो भो भनेर स्थानिय सरकारकै रहोबरमा के सार्वजनिक रुपमै भिडियोमा देखाए जसरी ती कुकुरहरुको हत्या गर्ने अधिकार मान्छेमा छ? यो पशु अधिकारकर्मीहरुको मात्र चासोको बिषय नभएर सम्पूर्ण सचेत नागरिकहरुको बिषय हुनुपर्छ । यो पशु हिंसा सरकारी तवरबाटै यदा कदा गर्ने गरेको उदाहरण भेटिन्छ । रसियामा एक वर्षअघि फिफा बिश्वकपको पूर्वसप्ताहमा खेल हुने सबै सहरमा सडक कुकुरहरलाई गोप्य तवरबाट मार्न सरकारले निर्देशन दिएको हुनसक्ने कुरा बाहिरिएको थियो । भारत र पाकिस्तानमा यस्ता घटना प्रशस्तै हुन्छन् । ईरानमा त झन दुई हप्ताअगाडि कुकुर हत्याको बिषयलाई लिएर ठुलै प्रदर्शनी भयो । चाहे जस्ले अबलम्बन गरे पनि नराम्रो चीज नराम्रै हुन्छ । 

मान्छे स्वार्थी प्राणी हो कुनै उपादयता छैन भने जीवनभर गोरु पालेर बस्न सक्दैन ।

सामान्यतयाः हिंस्रक आनिबानी भएको कुकुरले कुनै मानिसलाई आक्रमण गरिरहेको वा लखेटिरहेको अवस्थामा भेटियो भने मार्न पाईन्छ भनेर अमेरिकाका केही राज्यहरुमा स्वानहत्या छुट दिइएको छ । कुनै रोग लागेर जनस्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने अवस्था श्रीजना हुन लागेको छ भने पनि युथेनसिया (नदुख्ने औषधीको प्रयोगबाट) कुकुरलाई मार्न सकिन्छ भन्ने धेरै देशहरुमा प्रावधान् छ र मार्ने भन्दैमा खुलेआम हिसांत्मक गतिबिधि प्रर्दशन गर्न पाइन्नँ । त्यस्मा प्रकृया हुन्छन् । तर यदि बिगतका कृयाकलाप टोक्ने, लखेट्ने वा बिगो गर्ने एकिन नभैकन मार्न त पाइदैन नै झन लठ्ठी बजारेर तड्पाई तड्पाई त पाँइदै पाँइदैन । नगरपालिकाहरुले कुकुर नियन्त्रणका लागि यसरी आवेसमा निर्णय लिनु हुँदैन । यस्को लागि दिर्घकालिन योजना आवश्यक हुन्छ । पहिलो कुरा नगरपालिका सफा र स्वस्छ राख्ने, दोस्रो कुरा तत्काल समस्या दिइरहेका कुकुरहरुलाई सुविधाजन्य संरक्षण क्षेत्र बनाएर बन्दी गर्ने । साथै नगरका बाँकी सम्पूर्ण कुकुरहरुलाई समातेर  बन्ध्याकरण गरेर छाडिदिने । त्यसबाट नयाँ पुस्ता श्रीजना हुनबाट रोकिन्छ र यो प्रकृया कम्तिमा बर्षमा एकपटक गरिरहनु पर्छ ।


गाईको कथापनि लगभग उस्तै छ । मानिसले नै दुध दिउँन्जेल दुध खाने दुध दिन छाडेपछि लगेर बेवारीसे छोडिदिने । गाइले बाछी पायो भने दुधको लागि भनेर हुर्काउने अनि यदि बहर जन्मायो भने त्यो सकेसम्म चाडो छाडा छोडिन्छ । गोरु दुईवटा प्रयोजनका लागि मानिसले पाल्ने गर्दथे− एउटा हल बनाएर खेतबारी जोत्न अर्को गाईलाई बहर लगाउन । अब अहिले आधुनिक जमानामा गोरुको दुबै प्रयोजन समाप्त भएको छ । ट्रयाक्टरको आगमनले गोरु जोत्ने प्रथा लोप भयो । त्यसैगरि गाईलाई गोरु लगाउनुको साट्टो आजकाल सबैले उन्नत बिज राखेर भेटिरिनरीबाट कृतिम गर्वाधान गराऊँछन् । कि त गाई नै पाल्न रोक लगाउनु प¥यो नत्र कुनै समय गोरु जन्मिहाल्छ र गोरु खुला छोड्ने बाहेक के उपाय छ त? मान्छे स्वार्थी प्राणी हो कुनै उपादयता छैन भने जीवनभर गोरु पालेर बस्न सक्दैन । दिनहु जस्तो सडक दुर्घटना बेहोर्नु, छाडा चौपायाले बालीनाली नष्ट गरेको हेरिरहनु, नगर क्षेत्रभित्र ब्यपारीहरुलाइ दुःख दिने तथा जथाभावी फोहोर गर्ने जस्ता समस्याहरु झेलिरहनुभन्दा बरु चीन सरकारसँग समन्वय गरेर उतै निकासी गर्ने ब्यबस्था मिलाए उत्तम हुन सक्छ । हामी हिन्दू हौ भनेर भावनामा बगेरमात्र हैन गोरु यसरी जङ्गलबाट फ्यालेर निर्मम हत्या गर्नु भन्दा दिर्घकालीन नियन्त्रणका लागि बैज्ञानिक ढङ्गबाट सोचिनुपर्छ ।

www.facebook.com/ravinems

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।