published in Saptahik of Kantipur Media Group on 31st March 2017 केहि वर्ष अघिको बसन्त ऋतुले भर्खर पाइला टेकेको चैते शनिबार लाँकुरीको फेदमा रहेको आङाको चिया पसलमा खरिबोटका बन्जाराहरुको बाक्लै उपस्थिति थियो । गाउमै रहेका मान्छे त साबिक झँै आउने नै भए, जागिरेहरु पनि शनिबार भनेपछि चियाको सुर्की संगै बात मार्न ब्यस्त थिए । काठमाडौं बस्ने ठिटाहरु पनि अघिल्लै रात गाँउ आँउने अनि एकाबिहानै लाँकुरिको फेदीको अड्डामा हाजिर जनाँउन आउने । भाई पुस्ता भर्र्याङ्तिर हुन्थे, दाई पुस्ता एकातिर, बाउपुस्ता एकातिर अनि अंकल पुस्ता अर्कातिर । एउटा हातमा रु दश पर्ने चिया हुन्थ्यो भने अर्को हातमा गच्छे र लत अनुसार बिँडी, पाइलट, खुकुरी, शिखर वा सुर्य धुवाँइरहेको हुन्थ्यो । कसैका गोजिमा सुद्दप्लस, राजनिगन्धा, सुपर लाइक वा गोल्डेन लाइफका प्याकेटहरु खोलिन आतुर थिए । अम्मल नहुनेहरुलाई पनि गफकै अम्मल थियो । दाम्या माइली डेरिमा दुध खन्याएर क्यान चुइ चुइ पार्दै घर फर्किदै थिइ । देव काका फरासिलो मुद्रामा, “ए भाउजु एता आउ, सुरेशे (छोरा)ले पनौतीबाट खसीको शिकार पठाइदिएको छ । ऊ काठमाडौंबाट आउँदै रहेछ पनौतीमा अल्मल
श्रीजनशील कलम.........जहाँ र जहिले