Skip to main content

जलबिन्दुबारे यसकारण जानौँ

विश्व जलबिन्दु सप्ताह विशेष लेख



विश्व जलबिन्दु महासंघ र विश्व जलबिन्दु बिरामी महासंघको संयुक्त पहलमा यस बर्ष पनि गत साता मार्च १२ देखी १८ सम्म जलबिन्दु रोग सम्बन्धि चेतना अभिबृद्धी गर्ने मनसायले विश्व जलबिन्दु सप्ताह मनाइयो । यी दुई देहाएका संस्थाले २००८ देखि विश्व जलबिन्दु दिवसको सुरुवात गरे र २०१० देखि हरेक बर्ष विश्व जलबिन्दु सप्ताह वा वल्र्ड ग्लौकोमा वीक मनाउदै आइरहेका छन् । सन् २०२० को अन्तसम्ममा जलबिन्दु रोगीहरुको संख्या करिब सात करोड ६० लाख पुग्ने आँंकलन गरिएको छ र यो रोगको चापलाई थोरै भए पनि नियन्त्रण गर्न यी दुई संस्थाले मात्र सामना गर्न नसक्ने भएकाले समाजका हरेक तह र तप्काबाट जलबिन्दु रोगका बारेमा जनचेतना फैल्याउन यो अभियान आवश्यक भएको हो । तसर्थ जो सँग जेको बिज्ञता वा सुविस्ता छ त्यही उपयोग गरेर सामाजिक सञ्जाल तथा स्थानिय तहबाट समेत यो सप्ताहलाई ब्यापक बनाउनु हामी सबैको दायित्व हुन जान्छ । हामी सबैले जलबिन्दु रोगको बारेमा जानकारी पाउनु किन आवश्यक छ भन्ने कुरा यसै लेख मार्फत प्रकाश पार्न खोजिएको छ ।

हुन त जलबिन्दु धेरै किसिमका हुन्छन्ः आँफै सुरु हुने जलबिन्दुलाई प्राथमिक जलबिन्दु र अन्य रोग र अवस्थाहरुले गर्दा सिर्जना हुने जलबिन्दुलाई द्धितिय (सेकेन्डरी) जलबिन्दु भन्ने गरिन्छ । द्धितिय जलबिन्दुको नियन्त्रण कारक रोगको उपचार पछी स्वतः हुन्छ । आँखाको गेडाको समग्रतालाई कायम राखी राख्न आँखा भित्र पैदा भैरहने पानी ( एक्वाइस ह्युमर) को चाप स्थिर भैरहनु पर्दछ । यो तरल रगत छानिएर निरन्तर आँखाको गेडिभित्र लेन्स भन्दा अगाडि पट्टिको भागमा प्रसार भैरहन्छ । पछि फेरी आइरिस ( आँखाको रङ निर्धारणा गर्ने पुतली) र पार्दर्शक कर्निया बिचमा रहने सुक्ष्म छिद्रहरुबाट छानिएर पुनः रगत मै मिसिन्छ । ती छिद्रहरु भएको चेपलाई कोण वा एङ्गल भनिन्छ । एङ्गल सांघुरो वा बन्द भयो भने पानीको निकास नभएर अकस्मात् आँखाको चाप अनियन्त्रित रुपले बढ्छ । सामान्यतया १० देखी २० mmज्न हुनु पर्ने चाप धेरै भएमा आँखा जोड जोडले दुख्ने, रातो हुने, बिजाउने देखि लिएर टाउको दुख्ने र वान्ता समेत् हुने लक्षणहरु देखा पर्दछ । यो आँखाको आपत्कालिन अवस्था हो किनकी समयमै उपचार पाएन भने यस्ले छोटै समयमा दृष्टि पुर्णरुपले नष्ट गरिदिन्छ । समयमै अस्पताल पुगेको अवस्थामा आँखाको चापलाई तुरुन्त कम गर्ने औषधि वा सुइहरुको प्रयोग द्वारा दृष्टिलाई जोगाउन सकिन्छ । जलबिन्दु रोगबाट दीर्घकालिन बचावटको लागि भने पुतली वा आइरिसलाई प्वाल पार्ने बिधी पेरिफेरल आइरिडेक्टोमी र ती छिद्रहरुलाई ठुलो पार्ने वा खोल्ने शल्यकृया तथा लेजर पद्धतिहरु उपलब्ध छन् ।


कोण खुला भएर पनि हुने जलबिन्दुलाई प्राथमिक खुला कोण जलबिन्दु भनिन्छ जस्मा क्रमिक रुपले पुनः नफर्किने गरी दृष्टि नसा बिग्रिदै जान्छ । यो रोगमा आँखाको चाप सामान्य वा बढी पनि हुन सक्छ तर दृष्टि क्षेत्रमा क्रमशः ह्रास आउछ । माथिको भन्दा यो जलबिन्दुको प्रकार किन घातक मानिन्छ भने यस्मा कुनै लक्षणहरु हुँदैनन् । कुनै लक्षण बिना भित्र–भित्रै यो रोगले दृष्टिनसा नष्ट गरिरहेको हुन्छ र सम्बन्धित ब्यक्तिलाई यो कुरा थाहा पनि हुँदैन । प्रायजसो बिरामी अन्य समस्या बोकेर अस्पताल् जाँदा चिकित्सकद्वारा दृष्टि नसा परिक्षण गर्दा अकस्मात् यो रोग पत्ता लाग्छ । अथवा जलबिन्दुले दृष्टि क्षेत्रमा निकै नै असर गरिसकेपछि बिरामी अस्पताल् पुग्दछन् ।    


त्यसैले कुनै समस्या नआएपनि समय समयमा आफ्नो आँखा परिक्षण गर्नु राम्रो हो । विश्व जलबिन्दु सप्ताहमा नेपालमा पनि बिभिन्न आँखा अस्पताल वा संस्थाहरुबाट निशुल्क जलबिन्दु परिक्षण तथा जलबिन्दु सम्बन्धि जनचेतना कार्यक्रम गरे । जलबिन्दुको पूर्ण परिक्षणमा आँखाको दृष्टिपर्दा र दृष्टिनसाको जाँच, आँखाको चापको मापन, दृष्टि क्षेत्रको जाँच, बाहिरी पार्दर्शक कर्नियाको मोटाइको मापन र दृष्टिनसाको तहगत फोटोग्राफी ( अकुलर कोहरेन्स टोमोग्रफि) जस्ता जाँचहरु पर्दछन् ।


जलबिन्दुको जोखिम समुह निम्न प्रकार छन्
ड्ड परिवारको सदस्यमा जलबिन्दुको रोग छ भने
ड्ड कुनै कारण बस लामो समय सम्म कोर्टिकोस्टेरोइड भन्ने औषधी प्रयोग गरेको छ भने
ड्ड आँखामा चोटपटक लागेको छ वा अप्रेसन गरेको छ भने
ड्ड चालिस भन्दा माथिको उमेर समुह
ड्ड उच्च रक्तचाप वा मधुमेहको रोग छ भने
ड्ड दृष्टि दोष ( टाढा नदेख्ने ठूलो पावरको चश्मा लगाउने ब्यक्तिमा )


खुलाकोण जलबिन्दु रोगको पूर्णतया उपचार नभएता पनि यसलाई रोकथाम गरेर अन्धोपन हुने समयलाई पछि धकेल्न सकिन्छ । यो रोगका अन्तिम अवस्थामा दृष्टि क्षेत्र साँघुरिएर टनेल भिजन मात्र बाँकी रहन्छ र अन्तत्वगत्वा आँखाको दृष्टि पूर्णतया नाश हुन्छ । अब जलबिन्दु रोगका बारेमा आफुले जानिसकेपछि अरुलाई पनि यसका बारेमा जानकारी दिनु हाम्रो कर्तब्य हो ।


Published in Rajhdhani Daily on March 19, 2017 and Baahrakhari online on Chaitra 7, 2073.

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...