Skip to main content

तस्बिरका रुपहरु

( कान्तिपुर साप्ताहिक मा २०७४ असार १६ गते प्रकाशित् )


आजकाल एउटा समारोहको झलक यस्तो रहन्छ ः दर्शक दीर्घा ठाडो घाँटी लगाएर कसैको प्रतिक्षामा एकातिर बसिरहेका हुन्छन् । तोकिएको समयभन्दा एक दुई घण्टा ढिला प्रमुख अतिथि आइबक्सिन्छ । तबसम्म सहभागीहरुलाई अल्मल्याउन उद्घोषकलाई धौ धौ नै पर्दछ । प्रमुख अतिथि विशेष राजनैतिक् दलका वरिष्ठ नेता वा मन्त्री नै हुन परिहाल्यो नत्र हाम्रो देशमा कहाँ बाक्लो अडियन्स बटुल्न सकिन्छ र? प्रमुख अतिथिको फेमस अनुहारमात्र भएनि दर्शन गर्न भनेर कति मान्छे पानी समेत नपिइ धर्ना कसेर बसेका हुन्छन् ।


अतिथि आउनासाथ बाटैबाट लाइन लागेर स्वागत गर्न थालिन्छ । हातहातमा फुल गुच्छा र खादा लिएर हाम फालौँला झैँ गरेर अतिथिलाई अफर गर्छन् । अतिथिले दुई चार वटा मुहार बाहेक त्यो जनसागरलाई न चिनेको हुन्छ, न चिनेर टाउको दुखाउनै चाहन्छ । उस्को नजरमा त्यो भीड कार्यक्रम सफल पार्न भेला भएका टाउकाहरुको जमात मात्र हो । यस्ता थुप्रै जमात उस्ले सामना गरिसकेको हुन्छ र त्यस दिन त्यस्तो जमात उस्को लागि साताँै वा आठाँै पनि हुन सक्छ । तर ती सेलेब्रिटिलाई ढुकेर बसेका उस्का अन्धभक्त प्रशंसकहरुको नजरमा ऊ भगवान हो । उस्को वरिपरि चम्चासरी हिंड्न पाए, हात मिलाउन वा बोल्न मात्र पाए पनि धन्न धन्न हुन्छन् ती मनुवाहरु । अथवा सङ्सङै हिंड्ने क्रममा झुक्किएर ती सेलेब्रिटीसँग एउटा फोटो क्याप्चर गर्न सकिए त बस पुगिगो । यानी दिन सार्थक भयो र उस्ले आगामी एक बर्षका लागि यो पुरुषार्थ प्रदर्शन गर्न प्रोफाइल पिक्चर नै तेही राख्दछ । त्यो फोटो लाइक गर्नेलाई लाग्दछ– अरे वा ! त्यत्रो छवि भएको मान्छेसँग यस्को त “डाइरेक्ट कनेक्सन” रहेछ । 

"आज डिजिटल दुनियाँले फोटो खिच्नु र खिचाइनुको गहनतालाई धेरै फिका बनाएको छ ।"

वास्तवमा कार्यक्रमको मुख्य आकर्षण हुनु कम चुनौतिपूर्ण भने हुँदैन । एक्पटक त्यो नजरबाट पनि सोचाँै । जस्तै भए पनि जिन्दगीले कम्तिमा एक बार प्रायलाई सेलेब्रिटी हुने चान्स दिन्छ – विवाहको अवसर जुटाएर । हो, चाहे बेहुलाबेहुली हुनुस् वा प्रमुख अतिथि सुरुदेखि अन्त्यसम्म तपाईंलाई समातेर, अङ्गालो हालेर, सामीप्यमा टाँसिएर फोटो खिच्न लाम लाग्नेहरुको ताँती हेर्दा लाग्छ कहिल्यै सकिँदैन । चट्ट्याङ्को झिल्का झैं क्यामराको फ्ल्यास आँखामा एक पछि अर्को गरेर तारम्तार परिरहँदा चक्कर लागेर भुइमा  ढलुंला झैं  हुन्छ तर तपाईंले त्यसो भनेर कहाँ सुख पाउनुहुन्छ र? कि त ढल्नै पर्यो नत्र भने सहनु पर्यो । राम्रै क्यामरा ल्याए त ल हो भन्नु चाइनिज मोबाइल अगाडि तेसारेर आफुलाई खुबै प्रोफेसनल फोटोग्राफर नै ठान्ने महानुभावले घरि उठाउन, घरि बसाउन त घरि मुस्कुराउन लगाएर अनुहार समेत राम्रो नचिनिने सेल्फी खिच्नुहुन्छ । सबैले हातहातमा झिल्किने ठेउको लिएर झिलिक झिलिक झिलिक अविरल झिल्क्याइरहन्छन्, बस् झिल्क्याइरहन्छन् ।  


अब त्यति सास्ती खेपाएर खिचिने फोटोको नियति र महत्व माथि पनि बिमर्श गरौ  पहिला पहिला क्षणहरु स्मरण गर्न फोटो खिचिन्थ्यो । तर अहिले ठीक उल्टो फोटो खिच्नका लागि क्षणहरु सिर्जना गरिन्छ । फोटो पनि अहिल्या जस्तो खिच्छु भन्नासाथ गोजिबाट स्मार्ट्फोन निकालेर फ्याच्याक्क कहाँ पार्न पाँइन्थ्यो र? फोटो खिच्नका लागि ठुलै प्रपञ्च रच्नु पथ्र्याे । क्यामरा कसैसँग बिन्तीभाउ गरेर मागेर ल्याउनु पथ्र्याे, तेत्तिसदेखि चालीस वटा फोटा खिच्न मिल्ने रील अनि ब्याट्री स्टुडियोमा किनेर जोगाड गर्नु पथ्र्याे । फोटो खिच्न मिल्ने संख्या सिमित भएकोले निकै स्मरणीय, घतपूर्ण र महत्व बोकेका क्षणहरु मात्र कैद गरिन्थ्यो । अहिले त वर्कदा दुई, फर्कदा चार, मुख चुच्चो पारी पाँच, चुच्चो नपारी पाँच, कति खिचिन्छ कति । सरर्र स्क्रिनिङ गरी डिलिट पनि तुरुन्त गरिन्छ । डिलिट हुने भविष्य बोकेका ती फोटाहरु खिचिनुनै ब्यर्थ थियो, समयको बर्बादी अनि उर्जाको अनावश्यक खपत हो । त्यसरी रीलमा खिचिएका फोटोहरु स्टुडियोमा लगेर डेभेलप गरिन्थ्यो, प्रिन्ट निकाली सजाएर आल्मारी भित्र एल्बममा राखिन्थ्यो । अहिले यस्तो “हीट” प्रविधि अपनाउने नामुद कम्पनी कोडाक समेत टाट पल्टेको छ । 


यसप्रकार त्यतिखेर खिचिने प्रत्येक फोटोको नियति एक पछि अर्को चरण पार गर्दै अन्तत्वगत्वा एल्बमसम्म गएर टुङ्गिन्थ्यो र धेरै बर्षहरुसम्म थुप्रै आँखाहरुले ती फोटोका सुन्दरता र ऐतिहासिक महत्व बुझ्ने मौका पाँउथे । तर आज डिजिटल दुनियाँले फोटो खिच्नु र खिचाइनुको गहनतालाई धेरै फिका बनाएको छ । अहिले खिचेका कुनै पनि फोटो अल्मारीको एल्बमसम्म पुग्दैनन अर्थात् अहिलेका फोटाहरुले इतिहास रच्ने ल्याकत कमै राख्छन् । धेरै फोटो अवशेष नरहने गरी संसारबाटै मेटाइन्छन्, बाँकी केहीमा कुनै एप प्रयोग गरी भारी कृतिमता घुसाँइन्छ । अनेक गरेर “ओरिजिनालिटी” नष्ट गरिसकेपछि बल्ल इन्स्टाग्राम, पिकासा, फेस्बुक वा गुगल ड्राइभका एल्बममा अप्लोड गरिन्छ । बाँकी कयौ फोटाहरु मोबाइलको मोबाइल, वा कम्प्युटरको हार्ड डिस्कबाट समयसँगै उड्छन्, सकिँन्छन् । 

एउटा फोटो डिलिट हुँदा त्यो फोटोले बोकेको सिङ्गो कथा पनि कहिल्यै नफर्किने गरी यो विश्वबाट बिलय हुन्छ । हुन त आजकाल ड्राइभ र क्लाउड जस्ता ब्याकप आएका छन् तथापि स्पेस सिमित भएकैले डिजिटल फोटोहरुले जुन सुकै बेला आफ्ना कथाहरु बोकेर अतितको कालो खाडलमा फर्कन सक्ने जोखिम बोकिरहेका हुन्छन् । निश्चय नै अहिले फोटोमा सहजता र पहुँच बढेको छ तर यो दिगो र अर्थपूर्ण छैन । 

प्रतिकृयाका लागि : [email protected] 


©Rabindra Adhikary 2017

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।