Skip to main content

नयाँ पर्वः जनै पञ्चमी



चाड धेरै हुन्छन् तर कुनै चाड यस्तरी आँउछन्, अप्पर्झट् न तिथी न मिती । ठ्याक्कै अफ्ठ्याराँ फल्या फर्सी जस्तो । यस्पाली आज श्रावण १३ गते शुक्रबारको जनै पञ्चमी पनि ठ्याक्कै त्यस्ता गरी आयो । जनै लगाउने चाड रक्षा बन्धन पुर्णिमामा पर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले खन्डग्रास चन्द्रग्रहणको कारण भन्दै ड्याम्मै १० दिन वर सारेर जनै पुर्णे आज खप्ट्याइदियो । पर्व सरे पनि तिथी त पञ्चमी नै हो । धन्य हामी यस्पटक यो चाड मनाउन १० दिन बढी बुढो हुनु परेन । फेरी यो दिन एउटा हैन दुइटा हैन धेरै अवसरहरुको जोडले बनेको छ । नाँग पञ्चमी छँदै छ जुन दिन हामी घरका दैलो दैलोमा नाँग टाँस्छौ, हातमा डोरो बाँध्छौ, हुनिले नुहाइ धुवाइ गरेर जनै फेर्दछन र तातो तातो क्वाटी पनि खान्छन् ।  यस् एतिहासिक दिन त्यतिमात्रमा सिमित छैन । दिदीबहिनिले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने पनि यसै दिन हो । कल्की जयन्ती र ऋृषि तर्पणी पनि यसै दिन हो । हुने खाने शहरीयाहरुले यो गूड् फ्राइडेलाई टिजिआइएफ भनेर क्लबमा डान्स गर्न पनि पक्कै छोड्दैनन् । हेपाटाइटिसलाई हटाऔँ भन्ने नाराका साथ विश्व हेपाटिटिस दिवस पनि आजै मनाइदैछ । फेरी आजकै दिन दक्षिण युरुपेली राष्ट्र सान मरिनोको स्वतन्त्रता दिवस पनि हो, शुभकामना उनीहरुलाई । 




बच्चा छँदा जनैको एक काम मात्र हुन्छ जस्तो लाग्थ्यो– साँचो झुन्ड्याउने । हुन पनि यो अचुक साधन थियो सुरक्षित तवरले साँचो राख्न, किनकी ब्रतमन्धको दिनदेखि जनै जिउको आजीवन सदस्य भएर जिन्दगीमा भित्रिन्थ्यो । जिउसङ्ग हरक्षण लिप्टिएर बस्ने यो जनै भन्दा नजिकको अरु के नै हुन्छ र हामीसँग? इज्जतमा चाबी बाधेर हिंड्ने बुढापाकाको आइडियालाई मान्नै पर्छ । पछि बाउबाजेले बिहान बिहान सन्जे भन्दा जनै हातको अञ्जुलीमा लिएर सुर्य नारायणलाई जल तर्पण गरेको पनि देखियो । अनि यस्को अर्को महत्व थाहा भयो दिनमा तीन पटक ऋग्बेदको साबित्री मन्त्र गाँउदा पनि जनै चाहिँदो रहेछ ।     


चुडाकर्मको दिन गुरुले गायत्री मन्त्र दान गरेर बालकको आङमा जनै लगाइदिन्छन् । काँचो धागोलाई बिशेष सुत्रबाट एउटै दिशामा पहिला ९ र ३ फन्का गरी बाटेको हुन्छ जस्ले २७ नक्षत्रको सङ्केत गर्छ । जनै जहिले जोडीमा लगाइन्छ, दुई जोर जनाइमा छ डोरा हुन्छन् जसले छ वटा ऋतुलाई इङ्गित गर्दछ । आधा जोर (तिन डोरा) जनैलाई एउटा ब्रह्मगाँठोले बाधिएको हुन्छ । तीन डोराले क्रमशः ब्रह्मा, बिष्णु र महेश्वर जनाउदछ । सबै किसिमका धार्मिक कार्यहरु गर्दा सिखासुत्र (टुप्पी र जनै) तथा कुशको बेग्लै भूमिका रहन्छ । त्यसैले जनै धारण गरेपछि शरीरमा रोगब्याधिले नछुने, मन पवित्रिकरण हुने विश्वास गरिन्छ तसर्थ यो डोरो एउटा रक्षा कवचको रुपमा पनि लिइन्छ ।


बैदिक नियम अनुसार गुरुबाहरुले जनै फेरेको हेर्दा तीन छक खाइन्छ । अघिल्लो दिनदेखि निराहार बसेर केश मुन्डन गरी भोलिपल्ट मध्यान्हमा नजिकैको जलाशयमा भष्मलेपन वा मृत्तिकादी लेपन गरी स्नान पश्चात अपामार्ग (दतिवन् ) ले सुर्यलाई ३६० पटक आफुपट्टि पारेर अर्घ दिइन्छ । यसै दिन जीवनका तीन ऋण (पितृ, देव र ऋृषि) मध्य एक ऋण यानी ऋृषि ऋण जनैलाई माला बनाएर तर्पण गर्दै पुरा गरिन्छ । 

अहिले धार्मिक महत्वलाई भन्दा व्याबहारिक अड्चन फुकाउने साधनको रुपमा जनैलाई धोक्रो वा घाँसको भारी बाँध्न, खाँबो हाल्दा लठ्ठा अल्झाउन, सिमिको लहरालाई थाङ्रो चडाउन, चस्मा खुकुलो हुँदा पछाडिबाट डोरी लगाउन, सुरुवालको इजार हाल्न समेत् प्रयोग भएको नभेटिएको हैन । हिड्दा हिड्दै चप्पल चुडिएर बिजोग भएको बेलामा आस्थाइ लोतिको रुपमा जनैलाई प्रयोग गरेको यीनै आँखाले देखेको छु । आपतकालिन अवस्थामा जुत्ताको तुनाको रुपमा पनि यसलाई उपयोग गरेको भेटिन्छ ।  

यस् दिन रक्षाबन्धनको रुपमा मन्त्र सिद्दी गरिएको डोरो पनि गुरु वा मान्यजनबाट दाहिने हातमा लगाउने चलन छ । यो डोरो निरन्तर लगाएर तिहारमा गाइको पुच्छरमा लगाइदिनाले मृत्युपश्चात् बैकुण्ठमार्गमा पर्ने बैतर्णी नदी तर्दा गौपुच्छर समातेरै तर्न सकिन्छ भन्ने कथन पाईन्छ ।

अन्त्यमा तिथी जुन दिन भएपनी पर्वै पर्वहरुको यो साझा दिनलाई हर्सोल्लासका साथ मनाउ । दाजुभाई र दिदीबहिनीबिच सम्बन्ध राखीसंगै अझ बलिष्ठ हुँदै जाओस । रक्षाबन्दनले हामी सबैको रक्षा गरुन् ।


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...