Skip to main content

भैंसीगोठको रिबन



ओली सरकारले ऐतिहासिक सय दिन पार गर्यो । यस् बिचमा धेरै सकारात्मक समाचारहरु आए । थोरै नराम्रा खबरलाई जनताले पचाए । निर्माण साँमाग्रीको बजार भाउ बढे पनि कोही चुक्क बोलेन । पेट्रोलियम पदार्थको मुल्यबृद्धिको यदाकदा गुनगुन सुँनिदा ओलीले “म सानो छँदा सुन ९० रुपैया तोला थियो"  भन्दिए, चरोमुसो बिरोधमा उत्रिएनन् । विश्वासको मतका आधारमा नेपालको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री कहलिएका ओलीको सरकारले केहि अवश्य गर्नेछ भन्ने आशले कसैले केहिमा बिरोध गर्न चाहेनन् । 


राम्रो समाचारै सुन्न नपाएका हामी नेपालीको भाग्य बदलिने पो होकि भन्ने महशुस पनि भएको छ किनकी यो सय दिनमा यति धेरै महत्वाकांक्षी योजनाका कार्डहरु फ्याँकिएको छ कि भलै ती योजनाहरु कार्यन्वयनमा नजाउन् तर जनमानसमा यसले बेग्लै उर्जा संचार गरेको छ । योजनाका मोडलहरु यसरी ब्याप्त भएपछि बिकासका तरङ्गहरु ज्वारभाटामा परिणत हुन समय लाग्दैनन् । माओबादी केन्द्रसँगको एकीकरणले त झन् ओलीलाई अझ ओजिलो बनाएको छ । भाषणका डल्ला पनि ओलिले फ्यालेका फ्यालै छन् । अखबारका हेड्लाइनमा वा सोसल साइटमा दिनहँु जस्तो चम्क्या चम्कै पनि छन् । नेपालीले मौका पाएपछि गर्छन्, उनी पनि नेपाली हुन् । मौका पाएपछि घतपूर्ण उखान र टुक्का पस्किन किञ्चित पछि पर्दैनन् । 

कुनै बेला “आर यु केपी ओलिङ मी?” भन्ने वाक्यांश खुब चल्तीमा थियो । त्यतिखेर केपी ओलिङ भन्ने शब्दले गफमात्र गर्ने काम सिन्को नभाँच्ने भन्ने अर्थ राख्थ्यो । गफ त उन्ले दैनिक दिइरहेकै हुन्छन् तर पनि उन्को उचाई यति बढ्यो कि आजकाल त्यो शब्द हराएर गयो शायद भाषणमात्र हैन केहि काम पनि गर्लान भन्ने आशा जागेर त होला ।

हामी अझ ओली सरकारमै केन्द्रित छौँ । बर्तमान मन्त्रीमन्डलमा मानानीयहरुको गज्जबकै संयोजन पाईन्छ । उनीहरुप्रति जनताको बढी अपेक्षा भएर हो वा के हो उनीहरु पब्लिसिटी स्टन्टमा म्याराथुन धावन गरिरहेका पाईन्छन् ।

यस्तै एउटा पब्लिसिटी स्टन्टले रातारात चर्चामा आएका ओली सरकारका मनानीय हुन् – जगत बहादुर सुनार (बिश्वकर्मा) । खेलकुद मन्त्री भएर पनि उनी आफुलाई बहुआयामिक साबित गर्दै भैंसीगोठ उद्घाटन गर्न सफल भएका छन् । उनलाई एक्कासी भाईरल बनाउने त्यही भैंसीगोठको रिबनले उब्जाएका केहि प्रश्नहरुमाथि मन्थन गर्न जरुरी छ । 

रिबन कटाइको बिषयमा धेरैको चासो कृषि मन्त्रीले गर्ने काम किन खेल्कुद मन्त्रीले गरे भन्ने थियो । भैंसीको पोषिलो दुध खाएर ज्यान तगडा बनाएपछि पो खेल्कुद गतिलो खेल्न सकिन्छ भन्ने तर्क पनि अर्कातिर राखियो । तर वास्तवमै भन्ने हो भने यो कुनै पनि मन्त्री ओहोदामा बसेको मान्छेले गर्ने काम हैन । यो वडाध्यक्षले पनि गर्ने काम हैन । यो किसान वा ब्यबसायी स्वम्ले गर्ने काम हो ।

एउटा सिङ्गो देशको मन्त्री जस्तो मान्छे नाथे (रास्ट्रिय महत्वको हिसाबले) एउटा भैंसी फार्म उद्घाटनमा सरिक हुनुले के जनाउदछ भने मन्त्रीको अरु कुनै कामै हुँदैन । भाषण दिन र रिबन काट्न भनेपछि जहिले पनि र जहाँ पनि जाने निर्लज्ज स्वभाव आखिर कहिले हटेर जाला? रातो रिबन टाँगेर राखेको कल्पना गर्नासाथ नेताहरु मन थाम्नै सक्दैनन् । खबर राम्रो होस् वा नराम्रो, उनीहरु आफ्नो तस्वीर र नाम अखबारका पन्ना पन्नामा देख्न चाहन्छन् । आफ्नो स्तरले कुन कार्यक्रममा जान हुने हो कुनमा नहुने हो उनीहरु भेउ नै पाँउदैनन् । सहकारीदेखि शौचालयसम्म रिबन काट्न मख्ख पर्दै हिंड्ने मन्त्रीहरुको नानीदेखि लाग्या बानी सुधार्न कानुनी ब्यबस्थै ल्याउनु पर्ने देखिन्छ । वडा, गाँउ, नगर, क्षेत्र, प्रदेश र राष्ट्रिय महत्व राख्ने कार्यक्रममा कुन मर्यादाको ब्यक्ति जान पाँउने र गएमा बढीमा कति समय खर्चिन सक्ने भन्ने न्युनतम समजदारी बन्यो भने गाँउ वा टोल स्तरको कार्यक्रममा बहालवाला मन्त्रीहरु जाँदैन थिए ।

दोष नेताको मात्र छैन । जुनसुकै कार्यक्रममा पनि मन्त्री बोलाउन पाए हुन्थ्यो भनेर जनता मरिमेट्छन् र आफ्नो पहँुचको गलत प्रयोग गरेर मन्त्रीलाई हरहालतमा कार्यक्रममा उपस्थित् गराँउछन् । मन्त्री भनेको देशको धेरै ठुलो जिम्मेदारी पाएको मान्छे हो । भाषण ठोक्ने र रिबन काट्ने काम उस्ले चुनाव अघि नै चाँहिदो गरिसक्यो अब फेरी उस्लाई त्यही पुरानो उपलब्धबिहिन काममा अभ्यस्त गराईनु हुँदैन । रिबन काट्न उपाध्यक्ष, उपमेयर वा राज्यमन्त्रीलाई बोलाए हुन्छ । मन्त्रीहरुलाई त एकाग्रचित्तमा काम गर्न दिनु पर्दछ । योजना, बहस र अध्ययनमा लीन हुन दिनु पर्दछ । घरि भोजमा आईदिनु पर्यो, घरि सरुवा गरिदिनु पर्यो, घरि प्रमुख अतिथि बनिदिनु पर्यो भनेर दिनहुं जस्तो मन्त्रीलाई “डिस्टर्ब” गरिरहने अनि कार्यकाल सिधिएपछि काम नगर्ने यस्तो र उस्तो मन्त्री भनेर उस्कै उछितो उतार्ने हामी जनता नै हौ । मन्त्री पनि मानिस् हो, भगवान हैन । जुन कामका लागि ऊ त्यहाँ गएको छ, त्यही काम गर्न दिनु पर्छ । धेरै काम एउटै मान्छेबाट आशा गरिनु नै बेकार हो । 

पहिला आफ्नै सोच र व्यबहार बदलौं अनि बादलिन्छन् मन्त्रीहरु । अनि बदलिन्छ देश ।
facebook/AdhiQarie

A version of this article is also published in KMG's weekly portal Saptahik on 1st June 2018 (Jestha 18, 2075)


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...