Skip to main content

होटलको नसिधिएको साबुन के गरिन्छ?

 तपाईं कतै जाँदा पक्कै पनि धेरैपटक होटलमा बास बस्नु भएको छ । होटल वालाले हस्पिटालिटी देखाउन प्रत्येक रुममा कम्तिमा एउटा सबुन र 'क्रिस्पी' टावेल राखिदिएको हुन्छ । एक रात तपाईं उक्त होटलमा बस्नु भयो भने एकपटक वा दुईपपटक नुहाउनु हुन्छ । त्यो साबुन पुरै सिधिएको हुँदैन । प्राय ती साबुन तेही साबुन राख्ने स्टिलको तखतमा उत्तिकै राखिदिएर हामी हिँड्छौ । वास्तवमा हामीलाई ख्याल पनि हुँदैन त्यो । तर कहिल्यै हामीले सोचेका छौं त? ती साबुन कहाँ जान्छ? वा तीनलाई के गरिन्छ? 


पक्कै पनि नयाँ क्लाइन्टलाई प्रयोग गरिएको साबुन दिइँदैन । बट्टा नखोलिएको नयाँ नै दिइन्छ । अझ कतिपय होटलले खेर जाने भएर निकै सानो साइजका साबुन राखिदिएका हुन्छन् । जतिसुकै सानो भएनी त्यो पुरै खपत हुँदैन । बाँकी त रहन्छ नै ।



ती साबुनहरु आखिर फ्याँकिन्छ । होटलका फोहोर ब्यागेजमा नगरपालिकाको गाडीमा तीनीहरु डिस्पोज् हुन्छन् । ती ट्रकहरुले फोहोरको रास संगै पुरै प्रयोग नभएका साबुन र स्याम्पुका बोटलहरु ल्यान्डफिल साइटमा लगेर खन्याउछन् । 

यहाँ आएर यस्ले केक्केन भन्ला भनेको "फ्याँक्छन" पो भनेर हिस्सै पारिदियो भन्ठन्नुहोला । एक्छिन आघे पढ्नुहोस् ........

आंकलन् गर्ने नै हो भने कम्जोर स्वास्थ्यका कारण गरीब मुलुकका हजारौ बाल्बालिका बर्षेनी मर्दछन् । मात्र साबुन पानीले हात, मुख धोयो वा जिउ नुहायो भने ती अकालमा मार्ने बालबालिकाहरुलाई जोगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठन पनि यस्तै भन्छ । एकातर्फ आंशिक प्रयोग भएका साबुन फोहोरका डंगुरमा फ्याँकिन्छ भने अर्कातर्फ साबुन नपाएका कारणले अनाहकमा मान्छे जिउने अधिकारबाटै बञ्चित भैरहेका छन् ।

हो, क्लिन द वर्ल्ड भन्ने संस्थाले होटलहरुसँग सहकार्य गरेर त्यस्ता साबुनहरु संकलन गर्दछ र रिसाइकल गरेर फेरी नयाँ साबुन बनाउदछ । तेस्रो मुलुकमा रहेका गरीब बस्ती र झुपडीहरुमा स्थानिय संस्थाहरुको सहयोगमा ती साबुनहरु बितरण गरिन्छ । होटलको सरसफाईमा संलग्न कर्मचारीहरुलाई आवश्यक ट्रेनिङ पनि यो संस्थाले दिन्छ ।

यो सबै गर्न खर्च कहाँबाट आउछ त? 
यसका लागि पाट्नर होटलले प्रतिमहिना एक कोठाको ५० सेन्ट रकम क्लिन द वर्ल्डलाई तिर्नु पर्दछ । बाँकी सबै काम यही संस्थाले गर्दछ । यस्को मुख्य कार्यालय अमेरिकाको ओर्लन्डोमा छ भने अपेरेसन केन्द्रहरु ओर्लन्डो, लस भेगस, मन्ट्रियल, इन्डिया तथा हङ्कङमा छ । अझ बिस्तारित् रुपमा अन्य मुलुकसम्म पुग्ने लक्ष्य रहेको कुरा कम्पनिका संस्थापक सन सिप्लर बताउदछन् । क्लिन द वर्ल्डले आजसम्ममा चार करोडभन्दा बढी साबुन बितरण गरिसकेको छ ।

भएन त काईदा? 

नेपालमा यो कमपनीले चेन खोल्न प्रारम्भिक गृहकार्य सुरु गरिसकेको छ । तपाई पनि होटल सञ्चालन गर्नुहुन्छ भने हुने हैन त क्लीन द वल्र्डसँग आबद्ध?

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैम...