Skip to main content

रेड कार्डका पांच् प्रश्न: रेड कार्ड खाएपछी खेलाडिले कति पैसा तिर्नु पर्छ?


यहाँ छन रेड कार्ड सम्बन्धी पाच् वटा प्रश्न र तिन्का उत्तरहरु । 
रेड कार्ड दरो प्लास्टिकबाट बनेको हुन्छ र उचित हेरचाह पुग्यो भने एक दशकसम्म प्रयोग गर्न सकिन्छ । यस्को लम्बाइ चार इन्च र चौडाइ ३ इन्च हुन्छ । 

गोलकिपरले रेड कार्ड पायो भने के हुन्छ?


धेरै खेलाडिले रेड कार्ड पाएको हामीले देखेका छौ तर किपरले? बिरलै । बिपरित टिमको एउटा खेलाडीसँग किपरको वन टु वन फेस भयो र गोल हान्ने अवसरबाट बन्चित गराउदै किपरले उक्त खेलाडिलाई फौल गरेमा किपरले रेड कार्ड पाउछ । फुटबलको ईतिहास केलाउदै जाने हो भने किपरहरुले पनि फौल प्ले गरेकाले रेड कार्ड पाएका छन । त्यस्तो भएमा किपर मैदानबाट बाहिरिन्छ र सब्सिच्युट किपरलाई मैदानमा लेराइन्छ । अनि फिल्डमा भएका खेलाडी मध्य एकले मैदान छाड्नु पर्दछ । सब्सिच्युट किपर छैन भने बाँकी खेलाडी मध्यको एकले किपरको भूमिका निर्वाह गर्न सक्नेछन् ।

एउटा खेलमा कति वटासम्म रेड कार्ड हुन सक्छ?
कुनै टिममा सात जना भन्दा कम खेलाडी भयो भने त्यो गेम चल्न सक्दैन । तसर्थ एउटा टिमको बढीमा ४ जनासम्मले रेड कार्ड खान सक्छन अर्को टिमको पनि चार जनासम्मले । तसर्थ, यस्तो त कहिल्यै नहोला, तर एउटा गेममा बढीमा ८ जनाले रेड कार्ड खान सक्छन् । आठ जना हो, याद गर्नुस्, आठ जना । तर रेड कार्ड चाँही जतिवटा सम्म पनि खान सक्छन । भन्नाले कुनै एउटा खेलाडिले एउटै खेलमा एक भन्दा बढी रेड कार्ड खाएको पनि रेकर्ड छ । रेड कार्ड खाइसकेपछि पनि मैदान छोड्न अवज्ञा गर्ने र जथाभावी मुख छाड्ने गरेमा रेफ्रीले रेड कार्ड थप्न सक्छ । २००९ मा ब्रिटिश लिगका खेलाडी पल कुपरले एउटै गेममा छ वटा रेड कार्ड प्राप्त गरेका थिए । खेलबाट बाहिरिनुको सट्टा कुपरले उल्टै रेफ्रीसँग बिबाद गर्दै बसेकाले रेफ्रिले रेड कार्ड थप् बुकिङ गर्दै लगेका थिए । सामान्यतया रेड कार्ड पाएपछि त्यो गेमबाट बाहिरिनुका साथै खेलाडिले आगामी एक गेम खेल्न पाउदैन तर पछि भिडियो हेरेर फौलको मात्राका आधारमा फिफा अनुशासन कमिटिले अन्य गेमबाट पनि खेलाडिलाई बन्चित गराउन सक्छ । अन्तररास्ट्रिय खेलमा अहिले सम्मकै सबैभन्दा बढी रेड कार्ड पाउने खेलाडी चेक् डिफेन्डर टोमस रेप्का हुन जसले जम्माजम्मी १७ वटा रेड कार्ड पाएका छन् ।    

त्यस्तै एउटै खेलमा एउटा खेलाडीले पाएको दुई एल्लो कार्डको भ्यालु एउटा रेड कार्ड बराबर हुन्छ ।

के रेड कार्ड पाउने खेलाडीले पैसा तिर्नु पर्छ?  
देशको लागि खेलेको छ भने खेलाडिले रेड कार्ड पाएबापत मनिटरी पेनाल्टीको रुपमा कुनै रकम तिर्नु पर्दैन । क्लबको खेल बढी कमर्सियल हुने भएकोले क्लबसँग करार पत्र हस्ताक्षर गर्दा खेलाडिले कुन सर्तमा गरेको छ त्यस्मा भर पर्छ । जस्तै कुनै क्लबले करार पत्रमा क्लज राखेको हुन सक्छ कि रेड कार्ड पाएमा एक दिनको तलब जति हुन्छ त्यस्को एक चौथाइ सम्बद्ध क्लबलाई पेनाल्टी तिर्ने । सर्तहरु फरक फरक हुन सक्छन तर सामान्यतया नाम चलेका हस्तीहरुलाई फाइन तिराउने किसिमले करारपत्र बनाइएको हुँदैन ।

रेड कार्ड पाएपछि के गर्नु पर्छ?
बिबाद नगरि सिधै लकर रुममा जानु पर्दछ । ग्राउण्ड छेउको बेन्चमा अरु खेलाडी हरुसँग पनि बस्न पाइन्न ।

के कोचले पनि रेड कार्ड पाउछ?
टिम कोच वा मेनेजरले वार्निङ पाउन सक्छन तर रेड कार्ड पाउदैनन ।

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।