Skip to main content

विश्वकप अन्तिम १६ मा को को? कस्ले जित्ला ?

फ्रान्स र अर्जेन्टिना


३० जुनमा (१६ गते शनिबार ) यी दुई देश काजन एरिनामा भिड्दै छन् । खेल सुरु बेलुका ७:४५ मा हुनेछ ।



फ्रान्सले सुरुवाती खेलमा अस्ट्रेलियालाई पल पोग्बाको गोलमा हरायो र दोस्रो खेलमा पेरुलाई हरायो । तेस्रो खेल डेन्मार्कसँग बराबरी गरेपछी समुह चरणबाट अन्तिम १६ मा पुग्यो । त्यस्तै अर्जेन्टिनाको पनि फितलो खेलका बाबजुद यो चरणमा पुगेको हो । पहिलो खेल अाइसल्यान्ड सँग बराबर, दोस्रो खेल क्रोएसियासँग तीन गोलले पराजय र अन्तिम खेल नाइजेरियालाई दुई एकले बिजयी भएर अर्जेन्टिनाले खुट्किलो चढेको हो ।


कस्ले जित्ला?

सबैको उत्तर त्यही हो मेस्सी फर्ममा आयो भने कसैले सक्दैन। अहिलेसम्म यि दुई देश ११ पटक भिडिसकेका छन र ६ पटक अर्जेन्टिनाले जितेको छ भने फ्रान्स ले २ चोटि जितेको छ । 

उरुग्वे र पोर्चुगल


१६ गते शनिबार राती ११:४५ मा यि दुई देश बिच प्रतिश्पर्धा हुँदै छ सोचिको फिस्ट रङ्गशालामा ।

उरुग्वेसँग शान्दार तथ्याङ्क छ: तीन गेम, शुन्य गोल खाइ तीन जित । यसले इजिप्ट र साउदी अरेबियालाई १-० ले र रसियालाई ३-० ले जितेको हो । समुह चरणमा दोस्रो स्थान प्राप्त पोर्चुगलले भने दुई खेल बराबरी (स्पेनसँग ३-३ र ईरानसँग १-१) र एक खेल मोरोक्को सँग १-० ले बिजयी हुँदै नक आउट चरणमा पुगेको हो ।


कस्ले जित्ला?

यि दुई देश दुई पटक भिडेका छन् । १९६६ मा पोर्चुगलले जितेको थियो भने ६ बर्ष पछिको खेल बराबरी भएको थियो । सुपरस्टार रोनाल्डो र उरुग्वेको कडा डिफेन्स बिच यो खेल अत्यन्तै रोमन्चक हुनेछ । उरुग्वेको उत्कृष्ट टिमलाई कसैले नकार्न सक्दैन तथापी क्रिचियानो रोनाल्डोको एकल चमत्कारमा हामी अझै आश्वत रहन सक्छौ ।


स्पेन र रसिया


१७ गते आईतवार ७:४५ मा मस्कोको लिज्निकी रङ्गशालामा यि दुई बिच खेल हुँदै छ । यो पाली अरु फुट्बल जाइन्ट जस्तै स्पेनको राम्रो खेल देखिएको छैन । गोलकिपर माथि प्रश्न चिन्ह छ, डिफेन्स फितलो छ र गोलको मुभ कस्ले सुरुगर्ने भन्नेमा कन्फ्युजन छ । स्पेनले ईरानलाई १ गोलले हरायो भने पोर्चुगल र मोरोक्कोलाई ड्र गर्‍यो । आयोजक रसियाले दुई खेल क्रमश: साउदी अरेबिया र इजिप्टसँग जितेको छ, अन्तिम खेल ३-० ले उरुग्वेसँग हारेको हो ।


कस्ले जित्ला?

अहिले सम्म ६ पटक को खेलमा रसियाले स्पेनलाई कहिले पनि हराउन सकेको छैन । स्पेनको खेल सोचेजस्तो मज्बुत त लाग्दैन तर पनि होम ग्राउण्डको कन्फिडेन्सले रसियालाई पुग्दैन, उस्ले स्पेनसँग हार्नै पर्छ ।


क्रोएसिया र डेन्मार्क


१७ गते ११:४५ मा यि दुई देश बिच खेल हुँदै छ निभ्नी नोभ्गोरोड रङ्गशालामा ।

क्रोएसियाले क्रमश: तीन खेल तीन जित हात पारेको छ: नाइजेरिया, अर्जेन्टिना र अाइसल्यान्डसँग । डेन्मार्कले पेरु लाई १-० ले जित्यो भने अस्ट्रेलिया र फ्रान्सलाई ड्र गर्‍यो ।


कस्ले जित्ला?

२००४ मा पनि यि दुई देश भिडेका हुन र क्रोएसियाले डेन्मार्कलाई २-१ ले पराजित गरेको थियो । यो चरणमा दुइबै टिमले दुई दुई पटक जितेको ईतिहास छ भने एक पटक ड्र पनि भएको छ । अनुमानमा क्रोएसियाले जित्नु पर्ने हो । 

ब्राजिल र मेक्सिको

खेल हुँदै छ असार १८ गते सोमबार मस्कोको स्पार्टक रङ्गशालामा बेलुका ७: ४५ मा ।  
दुई खेल जितेर (कोस्टारिका २-० र सर्बिया २-०) एक खेल बराबरी (स्विजर्ल्यान्ड १-१ ) गर्दै सुपर सिक्स्टिनमा पुग्न सफल ब्राजिलको खेल उत्कृष्ट भने रहेन । मेक्सिकोले समुह चरणमा जर्मन र दक्षिण कोरियालाई एक एक गोलको अन्तरले हरायो तर यस्लाई अन्तिम खेलमा स्विडेनसँग लज्जास्पद ३-० को हार बेहोर्नुपर्‍यो ।  

कस्ले जित्ला
निश्चय नै ब्राजिल फुटबल जाइन्ट हो र योसँग पाच पटक विश्वकप जितेको गरिमामय ईतिहास छ । तर ईतिहासले मात्र काम गर्दैन । यी दुई राष्ट्र बिच भएको ४० खेलमा अहिलेसम्म ब्राजिलले २३ खेल जितेको छ र ७ खेल बराबरी गरेको छ ।
बुकिज रिभ्यु अनुसार ब्राजिलले जित्ने अड्स अनुपातको सम्भावना केबल १०/१७ छ भने मेक्सिकोले जित्ने सम्भावना १३/२ छ । बराबरी हुन सक्ने अड्स अनुपात १३/४ रहेको छ । 

बेल्जियम र जापान

यी दुई राष्ट्र बिच खेल हुँदै छ आगामी मङ्गलबार राती ११:४५ बजे रोस्टोबन रङ्गशालामा । 
बेल्जियमले स्वत: तीन खेल जितेको छ । यसले पानामालाई ३-० ले, ट्युनिसियालाई ५-२ ले र इङ्ल्यान्डलाई १-० ले पराजय गरेको हो । स्ट्राइकर रोमेलु लुकाकुले पहिलो दुई खेलमा ४ गोल गरेर सुनौलो जुत्ताको पोर्चुगलका क्रिचियानो रोनाल्डोसँगै दोस्रो दाबेदारको रुपमा आफुलाई उभ्याउन सफल भएका छन् । बेल्जियमका अरु मुख्य खेलाडीहरु इडेन हाजाड र केभिन ब्रुइन निकै फर्ममा छन् । जापानसँग समुह चराण पार गरिरहदा तिनै किसिमको अनुभव छ । एक खेल जित्यो (कोलम्बियासँग २-१ ले), एक खेल बराबरी (सेनेगल सँग २-२) र एक खेल हार्यो (पोल्यान्डसँग ०-१) । सेनेगलसँग यती धेरै प्रतिस्पर्धा भयो कि सबै स्ट्याट बराबरी भएकोले एलो कार्ड सेनेगल भन्दा कम खाएकाले मात्र समुह चरणबाट चयन् भएको हो ।  मतलब अनुशासित हुनुले उनिहरुलाई निकै फाईदा पुर्यायो ।

कस्ले जित्ला
जापानसँग अहिलेसम्म खेलेको ५ खेलमा बेल्जियमले एक पटक मात्र जितेको छ । अन्तिम खेलमा बेल्जियमले जितेको हो । पछिल्लो समयमा बेल्जियमको स्ट्याटस यती सुध्रिएको छ कि जापानसँग खेलेको मैत्रिपूर्ण खेलमा लुकाकुको एक गोलले जितेपछी लगातार अन्य २२ वटा (अन्य मुलुकसँग) खेलेको खेलहरुमा बेल्जियम कहिल्यै हारेको छैन ।   

स्विडेन र स्विजर्ल्यान्ड

खेल हुँदैछ असार १९ गते मङ्गलबार राती ७:४५ बजे सेन्ट पिटस्बर्गमा
स्विडेनले साउथ कोरिया र मेक्सिकोलाई हरायो र जर्मनीसँग भने १-२ ले हार्यो । स्विजर्ल्यान्ड भने एक खेलको बिजय (सर्बिया २-१) र दुई खेलको बराबरीले यहाँसम्म अाइपुग्यो । 

कस्ले जित्ला?
स्विजर्ल्यान्डले विश्वकप छनौट चरणदेखिका २० खेलमा एक खेल पर्चुगलसँग हार्यो अन्य कुनै गेम हारेको छैन । अन्तिम सोह्रको खेलहरु मध्य यो कम आकर्षणको खेल मानिन्छ तथापी ९० मिनेटसम्म खेल नटुङ्गिएर अन्त्यमा स्विडेनले जित्ने सम्भावना बढी छ ।

 

कोलम्बिया र इङ्ल्यान्ड 

खेल हुँदैछ असार १९ गते मङ्गलबार राती ११:४५ बजे मस्कोमा ।  
पहिलो खेलमा कोलम्बिया जापानसँग १-२ ले पराजित भयो भने दोस्रो र तेस्रो खेल पोल्यान्ड र सेनेगलसँग क्रमश:३-० र १-० ले बिजयी भएको थियो । असार १४ गते बिहीवार बेल्जियमसँग १-० को पराजय भोगेको इङ्ल्यान्डका क्याप्टेन समेत रहेका स्ट्राइकर ह्यारी केन समुह चरण् सकिंदासम्म ५ गोल सहित् गोल्डेन बुटका प्रमुख दाबेदार रहेका छन् ।  

कस्ले जित्ला
इङ्ल्यान्डले कोलम्बिया सँग खेलेको ५ खेलमा ३ खेल जितेको छ भने २ खेल ड्र भएको छ । बेट्फेयरको अड्स अनुसार इङ्ल्यान्डले २-१ ले जित्ने सम्भाब्यता देखिन्छ ।

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...