Skip to main content

विश्वकपको फिबर



हरेक ब्यक्तिमा केही न केही कुराको रस पसेकै हुन्छ । फुट्बलको रस त झन धेरैमा अलि गढेरै पसेको हुन्छ । खेलाडीहरुलाई खेलप्रति विशेष दिल्चस्पी त हुनेनै भयो, त्यस्का डाई–हार्ड फ्यानहरुलाई पनि प्रत्येक बर्ष बाह्रै मास कुन कपमा कुन टिमले कति गोल हान्यो भनेर दिनरात पिरलो हुन्छ । त्यस्ता फ्यानहरुसँग एक छिन् कुरा गर्नासाथ फुट्बलतिरै कुरा मोड्छन् अनि फुट्बलको बारेमा बात मार्न पाए घन्टौं बितेको चाल् पाँउदैनन् । खेल खेल्न वा हेर्न छोडिदिनुस्, फुट्बलको गफ गर्नमा पनि त्यति आनन्द छ ।  


अनि आँउछ घुमिफिरी हरेक चार बर्षमा विश्वकप । यो भाईरल फिबर जस्तै सरुवा संक्रमण हो । यतिखेर विश्वकपको ज्वरोले सबैलाई गाँजेको छ । हामीजस्ता खासै फुट्बल नहेर्नेहरुलाई पनि यतिबेला फुट्बलको रापले झ्वाप्पै छोप्दछ ।

नछोपोस पनि कसरी फुट्बल दुनियाँबाट टाढा रहेर त यो एक महिना टिक्नै पो सकिन्नँ । बाटो घाटोमा कुनै न कुनै देशको जर्सी नभिरी हिँड्यो भने “ओल्ड फेसन्ड” भईन्छ । चिया दुकानमा बुढाखाडाहरु पनि फुट्बलकै बहसमा चम्किरहेका देखिन्छन् । सबैले फेस्बुकमा प्रोफाइल फ्रेम “आइ सपोर्ट फलानो र तिलानो” भनेर राखेका छन् । पर्ती जग्गा र खाली ठाउँ देख्नै हुन्नँ भुराहरु लुगा हिल्लाम्मे हुनेगरी कुदिरहेका हुन्छन् । चोकचोकमा रहेका फुट्सलका ग्राउन्डमा राती एघार बजेसम्म बत्ती बालेर हस्याङ्–फस्याङ् चलिरहन्छ । सेयर बजारमा भन्दा फुट्बल बाजीमा दाउ हान्ने लगानिकर्ताहरु यत्रतत्र भेटिन्छन् । खेलपुर्व भविश्यवाणी ओकल्ने महापण्डितहरु पनि बिभिन्न पेज र च्यानल मार्फत सल्बलाईरहेका छन् । वातावरणलाई अझ रोमाञ्चक बनाउन किसिमकिसिमका जीव जनावरलाई अघि सार्ने बेला पनि यहि हो । हरेक गेमको नतिजा पहिल्यै भन्ने उहिले अक्टोपस थियो अहिले सेतो बिरालो छ रे । आखिर हल्लै हल्लामा त चलेको छ संसार, किनकी सिजन अनुसारका कुरा बिक्ने त हुन् । मज्जा पनि यसैमा छ ।

बसमा यात्रा गरिरहेका बेलामा एकदिन सँगै बसेको एउटा विदेशीले कोट्ट्याएर सोध्यो – “हैन तिमीहरुको केही पर्व चल्दै छ हो? सब जना एकै खालका लुगामा हिडिरहेका देखिन्छन नि?” भनेर सोध्यो । अफुलाई त बानी परिसक्यो जर्सीको दृश्य, यसो ध्यान दिएर हेरेको त बसमा रहेका प्रायः सबै कुनै न कुनै देशका जर्सीमा थिए । हामी नेपालीको भोक निन्द्रा हराम भैसक्यो वल्र्ड कपले, बिचरो त्यो आईरिसले ब्राजिल र अर्जेन्टीनाको जर्सी धरी चिनेको रहेनछ । जबकि उस्कै देश worldcup मा भिडिरहेको थियो । तेस्ता धेरै भाग्यशाली बच्चाहरु छन् जो दुई बर्षको उमेर नपुग्दै ब्राजिलको पहेलो जर्सी लगाउन पाउने भाग्य लिएर जन्मिएका हुन्छन ।

भन्ने नै हो भने नेपालमा फुटबलका फ्यानहरु आवश्यकता भन्दा बढी नै छन् । यो सब समय, बेरोजगारी र स्वतन्त्रता बढी भएर हो । देशलाई उत्कृष्ट खेल र खेलाडीहरु चाहिएको छ, फ्यान हैन । फ्यानहरु बढ्नाले ब्यापारीहरुलाई फाईदा हुन्छ, देशलाई हैन । फुटबल किट, टीभी, प्रोजेक्टर, बिज्ञापन बेचेर, बाजी खेलाएर वा ग्राउन्ड भाडामा दिएर ब्यापारीहरुले मनग्गे आम्दानी गर्छन् । कतिपय फ्यानले आफ्नो जीवनशैली मात्र नभै अर्काको जीवनमा समेत् प्रतिकुल असर पर्ने गरी होहल्ला गर्ने, मदिरा सेवन गर्ने, तोडफोड र पिटामार गर्ने गर्दछन् । यो पागलपन हो, यसलाई फ्यान्डम भनिदैन ।

हामीसँग फुर्सद कति छ भन्ने प्रमाण एउटा उदाहरणले दिन्छ । अर्जेन्टीनाले खेल जितोस् भनेर चार सदस्यीय एउटा परिवारले हिन्दू मन्त्रोच्चारण गर्दै ग्रहशान्ति गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भयो । देबेन्द्र ओलीले अप्लोड गरेको उक्त भिडियोको भ्युज र सेयरको आँकलन नै छैन । केही घण्टामै अनेकन पेजले ट्रोल बनाएर उक्त भिडियो फेस्बुकभरि छरपस्ट भयो । यदि सबै काममा ब्यस्त हुन्थे भने यस्ता उत्पादनहीन् कृयाकलाप गर्ने र त्यसैलाई सेयर गरेर मलजल पुर्याउने चलन हामीमा बिकास हुँदैन थियो । अर्जेन्टिनाले हारेपछी त झन फुटबलको एफ पनि थाहा नहुने जस्ता र अर्जेन्टिनाको उच्चारण समेत् राम्रोसँग गर्न नजान्ने बच्चाहरु रोएको भिडिओ चर्चित बनिरहेका छन् ।  


एक मनले लाग्छ हामी नेपालीहरु देश कङ्गाल भएपनि सुखी छौ । थोरै काम गरेपनि (अपवादलाई छोडेर) हामीलाई खान लाउन पुगेकै छ, राज्यलाई चर्को ट्याक्स तिर्नुपर्ने हैन । उता बिकसित् देशका नागरिक अहोरात्र काममा घोटिईरहेका हुन्छन् यता हामी भने केही घण्टाको काम सकेर विश्वका खेलाडीहरुको गुनगान र छिः छिः गरी कोकोहोलो मच्चाउछौं ।

आफ्नो देश फुटबल बरियतामा कता हो कता अत्तो पत्तो छैन, कहिल्यै नदेखेको देशको सपोर्ट गरेर यहाँ जुहारी खेल्ने र हानाहान समेत् गर्न पछि नपर्ने प्रवृत्तिले आँफैलाई घाटा पुर्याउछ । जीवनभर अर्काको फ्यान बनेर ताली पिटिरहनु भन्दा कम्तीमा क्षेत्रीय स्तरको खेलाडी बन्नु वा कसैलाई बनाउन भूमिका खेल्नु चाँही धेरै ठुलो कुरो हो । आफ्नै बनिबुताले हुने भएनि हो भन्नु, कस्ले कस्ले खेल्ने खेलमा बाजी राखेर पैसा कमाउने लोभमा फस्ने मान्छेहरुको पनि कमी छैन यहाँ । यो जुवा हो, जुन अवैध छ । यसले अन्ततः घाटा नै गर्छ । तसर्थ फुटबललाई स्वस्थ मनोरञ्जनको रुपमा मात्र लिनु जरुरी छ । 

यो लेखलाई भिडियोमा हेर्नको लागि यहाँ क्लिक गरौं ।

version of this article was also published on KMG's weekly portal Saptahik on Asar 15, 2075.


Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?