Skip to main content

निश्पक्ष नेपाली कता गए ?



हामी मानवीय चेतना भएका नेपाली हौ, अनि मात्र यो वा त्यो हाँै । बाबुआमाको पृष्ठभूमिको आधारमा जन्मनासाथ बच्चालाई उताको र यताको भनेर कित्ताकाट गरिन्छ । फलस्वरुप ऊ पनि पछि गएर आफ्नो अभिमत राख्दा स्वतन्त्र मानवभन्दा पहिला काङ्ग्रेस वा बामपन्थी भएर राख्छ । राजनैतिक पुर्वाग्रहले उस्को स्वतन्त्र बिचारको घैटोमा बिर्को लगाइदिन्छ र ऊ बैचारिक अपाङ्ग हुन्छ ।

कोही काङ्ग्रेस छ भने उस्को दैनिक उठ्बस काङ्ग्रेससँग मात्र हुन्छ । उस्ले काङ्ग्रेसकै पसलमा चिया खान्छ, काङ्ग्रेसकै गफ सुन्छ र गुनगान गाँउछ । पत्रिका पनि काङ्ग्रेस समर्थित मिडिया हाउसकै पढ्छ । ऊ आँफैले आफ्नो घेरा कति संकुचित गरिरहेको छ भन्ने उस्लाई ख्यालै हुँदैन । अन्य विचारधारा उस्लाई पाच्य हुँदैन । अरु पाटीका तर्क उस्ले सहन सक्दैन । एमाले वा माओवादीका कार्यकर्ता पनि अर्को ठाँउमा त्यसरी नै आफ्नै सर्कल बनाई अन्धभक्त भएर हुर्किरहेका हुन्छन् । यसरी उनीहरु आफ्नो पाटीको सबै कुरा ठीक र अर्को पाटिको सबै कुरा गलत भन्ने मनोदशा बिकास गर्दछन् । किनकी उनीहरु आँफै अपिनियन मेकर बन्ने क्षमताबाट वञ्चित् भईसकेका हुन्छन् र माथिल्लो तहका नेताहरुबाट प्रदत्त रेडिमेड बिचारमात्र ग्रहण गर्न सक्दछन् । आफ्ना नेताले कुनै कुरा ठीक भनिदिए भने ताली मार्छन्, बेठिक भनिदिए भने ढुङ्गा मार्छन् । एमालेको कार्यकर्ताले जे कुरा पनि आँखामा एमालेको लेन्स लगाएर हेर्छ, अनि काङ्ग्रेसी कार्यकर्ताले काङ्ग्रेसी लेन्स । दृष्य एउटै भएपनि उनीहरुले देख्ने कुरा फरक हुन्छन् कारण रेडिमेड उत्तर माथिबाट जे निगाह भएको हुन्छ उनीहरुले त्यहीमात्र देख्नु पर्ने हुन्छ । फेरी एक स्वतन्त्र ब्यक्तीले देख्ने कुरा भिन्नै हुन्छ । उस्ले खुदबखुद आफ्नै आँखाले त्यो कुरा हेर्छ र दिमागले मन्थन गर्छ । स्वतन्त्र ब्यक्तीले प्रत्येक घटना र परिघटनालाई आफ्नो अध्ययन र अनुभवले बिश्लेषण गर्छ । तर बिडम्बना, नेपालमा स्वतन्त्र र निश्पक्ष ब्यक्ती कता हराए ?

बिसुद्ध नेपाली भएर आफ्नो स्वविवेक प्रयोग गर्न हामीलाई केले रोकेको छ? किन हामी केही बिचार राख्नुअघि नै काङ्ग्रेस वा नेकपा, बाहुन वा शुद्र, पुर्वेली वा पश्चिमेली, मधेसी वा पहाडे, हिन्दू वा क्रिष्चियन, धनी वा गरीबको खोल ओढ्छौ? चुनावमा पक्षबिपक्ष हुनुत स्वाभाविक नै हो तर हामी नमरुञ्जेलसम्म पाटीगत सोचको गुलाम भईदिन्छाँै । यो परिपार्टी यतिसम्म जकडिएको छ कि राजनैतिक दलहरुलाई खासै महत्व नदिने एक स्वतन्त्र ब्यक्तिले केही कुरा सार्वजनिक गर्यो भने त्यस्को आशयका आधारमा उस्लाई कुनै पाटीको लालमोहोर लगाईन्छ । यो दिर्घरोग हो जुन कुरा गोबिन्द केसीको अनशनको बेलामा पनि टड्कारै देखियो ।

नेपाली काङ्ग्रेस केसीको समर्थनमा सडकमा नओर्लिउँञ्जेल उन्का पक्षपातीहरु स्वतन्त्र मानिन्थे । जब तरुणदललाई लिएर काङ्ग्रेस आयो स्वतः केसीलाई काङ्ग्रेसीकरण गरियो । यही रालगोलमा केसीका समर्थकलाई काङ्ग्रेसी भनियो । अब पाटीको ह्वीप अनुसार काङ्ग्रेस जतिले गोबिन्द केसी ठिक भन्नु पर्यो, नेकपा जतिले गलत भन्नु पर्यो । डाक्टर गोबिन्द केसी अब मानव रहेनन्, अभियान बनिसके । उन्को पहिलो भोक हड्ताल देखिनै लागिपरेका समर्थक अलग छन् । केसीको बिरोध प्रणाली सुधारको लागि हो । हाल सरकारमा मुलतः नेकपाको बाहुल्यता रहेकोले धेरैलाई भ्रम छ एमालेको बिरुद्धमा छन् डा. केसी । अहिले काङ्ग्रेसले धमिलो बढीमा माछा मार्न खोज्दैछ । केही निहँु नपाएर सुसुप्त रहेको काङ्ग्रेस केसीलाई ढाल बनाएर बिपक्षीलाई कम्जोर बनाउन चाहन्छ र आफ्नो अस्तित्व दर्बिलो देखाउन चाहन्छ । काङ्ग्रेस साँच्चिकै केसीको मागहरुप्रति सचेत र गम्भिर थियो भने बिचरा एक ब्यक्तीले पटकपटक उठाईरहेका मुद्दा बर्षौअघि पाटीले उठाउनु पर्ने थिएन? अहिले बर्खे भेलमा दुवाली छेक्न खोजेर हुन्छ? हुनत जुनसुकै राजनीतिक पाटीको रङ् समय अनुसार परिवर्तन हुन्छ, उस्ले पनि आफ्नो धर्म निभाउदैछ ।

नेकपाका नेताहरु पनि मरिहत्ते गरेर मेडिकल विधेयक पास गर्न लागिपरेका छन् । प्रम ओली विवस छन् । कम्युनिजमको खास्टो ओढेर चर्को लगानी गरी अस्पातल खोल्ने र सहज् नाफाका लागि पाटीकै संरक्षण र पहलमा विधेयक पास् गराई मेडिकल कलेजमा रुपान्तरण गर्ने खेलमा उन्कै भाईभारदार र मित्रहरु लाग्न थाले । यो एउटा पोलिसी करप्सनको चरम् उदाहरण हो । नितीनियम तर्जुमा गर्ने ब्यक्ती नै ब्यवसायमा लागेपछी आफ्नो अनुकुलमा निर्णय गराउन ऊनीहरु लाग्ने नै भए । केसीका मागहरु यसकारण ठीक छन् भनेर ओलीलाइ सम्झाउने कोही छैनन् । वरिपरि जो छन् उनीहरुको जालो ठुलै छ र अन्ततः ती लगानीकर्ताको स्वार्थ अघोषितरुपमा एमालेको राजनैतिक एजेण्डामा परिणत भयो । अनि पहिलेको अध्यादेश प्रतिस्थापन गर्दै आफ्नो एजेण्डा घुसाएर विधेयक ल्याउन लागियो । नेकपाको झुण्डले उन्लाई त्यही भएर काङ्ग्रेसी भन्ने नै भए ।

तसर्थ डा केसीको यो आन्दोलनलाई सुनियोजित रुपमा पार्टीकरण गर्न खोजिएको छ । प्राय सबै दलहरुबिरुद्ध केसी अन्शन बसेका छन् । एक ऋृषिमनको सत्याग्रह नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने गैर–राजनितिक अभियान हो । काङ्ग्रेस भएर समर्थन हैन, नेकपा भएर बिरोध हैन एकपटक डाक्टर केसीका मागहरु स्वतन्त्र, निश्पक्ष नागरिक हुँदै अक्षरसः पढेर बिश्लेषण गरौँ ।

A version of this article was published in Saptahik on Shrawan 11 2075 ( 27 July, 2018)


Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?