Skip to main content

विश्वकप दर्शन नियमावली २०१८


विश्वकप फुटबल घरेलु दर्शक महासंघको केन्द्रीय कार्यालयको मुख्य सुचनापाटीमा प्रकाशित् मिति २०७५ असार १ । गत जेष्ठ ३१ गतेदेखि रसियामा जारी फिफा विश्वकप फुटबल हेर्ने दौरानमा गाँउ, समाज र विशेषगरी घर परिवारमा हुनसक्ने असमझ्दारी, झैझगडा वा किचलोलाई न्युनिकरण गर्ने हेतुले विश्वकप दर्शन ऐन २०१४ को प्रस्तावनालाई टेकी सर्वसाधारणका घरघरमा शान्ती र अमनचयनका साथ विश्वकप हेर्ने वातावरण श्रीजनार्थ विश्वकप दर्शन नियमावली सार्वजनिक गर्न वान्छनीय भएकोले विश्वकप फुटबल घरेलु दर्शक महासंघले देहाएका नियमहरु बनाएको छ ।
 

प्रस्तावना

फुटबल नेपालमा मात्र नभै विश्वभरी नै निकै लोकप्रीय खेल हो जसको औपचारिक सुरुवात सन् १८६३ मा बेलायतमा भएको मानिन्छ तथापी फिफा विश्वकप भने सन १९३० मा उरुग्वेबाट सुरु भएको हो । प्रत्यक ४ बर्षमा आयोजना हुने यो कप फुटबल जगतको महापर्व भएकाले विश्वभरी नै यसलाई उल्लासकासाथ मनाइन्छ । यो खेल पुरै एक महिनासम्म जारी हुने भएकाले ब्यक्तिगत, पारिवारीक तथा सामाजीक जनजीवनमा समेत खेलका दर्शकलाई प्रभाव पार्ने देखिएकोले सबैले सुबिस्ताकासाथ नियममा रहेर खेल हेरुन् र हेराऊँन् भन्ने अपेक्षासमेत् गरिएको ब्यहोरा जानकारी गराँईन्छ ।  
 
परिच्छेद १ः 
प्रारम्भीक
(१) संक्षिप्त नाम र परिचय 
(क) यो नियमावलीको नाम विश्वकप दर्शन नियमावली २०१८ रहेको छ (ख) यो नियमहरु तुरुन्त लागु हुनेछ ।
 
२) बिषय र प्रसङ्गले अर्को अर्थ नलागे यस् नियमावलिमा 
(क) ऐन भन्नाले विश्वकप दर्शन ऐन २०१४ सम्झनु पर्छ । 
(ख) बल भन्नाले मैदानमा २२ जनाले यता र उता हल्लाउने गोलो वस्तु सम्झिनुपर्छ । 
(ग) विश्वकप भन्नाले फिफा विश्वकप २०१८ सम्झनु पर्छ । 
(घ) भिजिलान्ते भन्नाले खेलमा वास्तविक रुचि नभै दर्शक भाँड्न वा सच्चा दर्शकलाई ¥याग गर्न आएका जमातको सदस्य सम्झनुपर्छ । 
(ङ) हल्लागिरी भन्नाले बिपरीत टिमका अल्लारे समर्थक सम्झनुपर्छ जसले बिपरीत टिमका जुन सुकै लुले लाङ्ग्रे खेलाडीका खुट्टामा बल पर्नासाथ “गोल गोल” भनेर सच्चा दर्शकलाई टिक्नै नसक्ने गरी हुटिङ गर्दछ । 
(च) रुन्चे भन्नाले आपूmले समर्थन गरेको टिमले गोल खाएपछि रुवाबासी गर्ने दर्शक सम्झनुपर्छ । 
(छ) पिन्चे भन्नाले खेल नबुझ्ने तर रुन्चे रोएको देखेर सहानुभुति स्वरुप रोईदिने आसेपासे बुझ्नु पर्दछ । 
(ज) घाँस भन्नाले मध्य खेल चलिरहेका बेला बिभिन्न बाहानाबाजी वा नाटक गरी रिमोट माग्ने वा खोस्ने, प्लग खुस्काउने तथा डकार्ने र गनाउने ग्यासहरु उत्पादन गर्ने सदस्य बुझ्नुपर्छ ।
 
परिच्छेद २ः 
(३) खेल हेर्ने सम्बन्धी ब्यबस्था । यस् नियमावलीमा निम्न ब्यबस्था गरिएको छ :-
 
३.१) यो खेल घरको काम लठाबद्र छाडी बिहानबेलुकाको दानापानी नै बन्द हुने गरी सपरिवार एकैसाथ हेर्न मनाही गरिएको छ । उमेरले १५ बर्ष नाघेको कम्तिमा एक जना सदस्य किचेन बिभागमा हुनुपर्दछ । रुची र आवश्यकता अनुसार सदस्यहरुले आलोपालो भने गर्न सक्दछन् । 

३.२) आफ्नो मन पर्ने टोलीलाइ जर्सी लगाएर वा अरुलाई असर नपर्ने गरी हुटिङ गरेर समर्थन गर्न पाईन्छ तर हार्यो भन्दैमा हार्ने टोलीका प्रशंसकलाई होच्याउन, पेल्न, लछारपछार गर्न, ट्रोल बनाऊन वा बेइजत गर्न पाइदैन । त्यसैगरी आफ्नो टोलीले हार्यो भने रुने, चिच्याउने, मान्छे अत्याउने गरी घन्टाँै घोप्टो पर्ने, जर्सी च्यात्ने, जलाउने तथा मोबाइल टि भि फुटाउने वा बन्द गर्ने हर्कत गर्न पाइनेछैन । 

३.३) खेलको अन्तिम नतिजा आउनु पुर्व यस्ले जित्छ र उस्ले जित्छ भन्दै फँुई लगाउने, इच्छा बिपरित बाजी थाप्न लगाउने र बिपरित टिमका समर्थकको मनोबल गिर्ने गिराउने कृयाकलाप गर्न नपाईने । 

३.४) अन्य निषिद्ध कार्यहरुः 
(क) मुख छाड्न र हात हालाहाल गर्न नपाईने 
(ख) धारीलो र पड्किने हतियार लिएर हेर्ने स्थानमा जान नपाईने 
(ग) खेल हेर्ने क्रममा जम्मा भएका गाँउलेका दिदिबहिनी, भान्जी, साली, भातिजी, बुहारी वा सोल्टिनी माथि गिद्दे नजर लगाउन नपाईने ।
घ) अनुमती बेगर चिमोट्न, खोक्न, हाछ्युं गरेर अलक्षिनी लाउन, छाद्न, पाद्न, खकार्न, डकार्न, उंघ्न, हाइ गर्न नपाईने ।   

३.५) आँफै जिम्मेवार हुनुपर्नेः 
 (क) मध्यरातका खेलहरु पुरै हेरेर स्कुल कलेज वा कार्यालयमा दिउस ऊँघ्ने गरेमा र फलस्वरुप स्कुल कलेजबाट रेष्टिगेट अथवा जागीरबाट नक आऊट भएमा 
(ख) खेल हेर्दा उत्तेजनामा उफ्रिँदा लडेमा, अङ्गभङ्ग वा हर्ट एट्याक भएमा 
(ग) हेर्ने स्थानबाट घडी, मोबाइल, सिक्री, पैसा, पर्स, रुमाल वा अन्य बहुमुल्य सामान खसेमा वा हराएमा ।
 
परिच्छेद ३ः 

(४) अन्य नियम बिनियममा असर नपर्ने :- यस् नियमावलीमा उल्लेख भएका नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम बिनियमलाई कुनै प्रकारले असर गर्ने गराउने छैन । 

(५) संयोग हुनेः यसमा ब्यबस्था भएका बुँदाहरु अन्य नियम, बिनियमसँग मेल खाएमा संयोगमात्र हुनेछ । 

(६) अमान्य हुनेः यस् नियमावलीमा बाझिएका कुनै पनि कुराहरु बाझिएको हदसम्म अमान्य हुनेछन् । 

(७) बाधा अड्काउ फुकाउनेः यस् नियमावलीमा ब्यबस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सिर्जना भई विवाद आएमा आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
 
अधिकारी रबिन्द्र 
अध्यक्ष,
विश्वकप फुटबल घरेलु दर्शक महासंघ
केन्द्रिय कार्यालय, बनेपा
 
(बोधार्थः रुन्चे, पिन्चे, हल्लागिरी, घाँस र खेलसँग सम्बन्ध राख्ने सबै ।)

यो लेख २०७५ असार २२ (जुलाई ६, 2018) को कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ । 





प्रतिकृयाको लागि: [email protected]

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?