Skip to main content

रुपा मगरको प्रेम कविता कृष्ण वलीलाई











सात जुनीको प्रेमी तिमी मेरो कृष्ण वली

उत्तर मेरो तिमी नै हौ जे होस् प्रश्नावली ।



महशुस गर्नेलाई थाहा छ कस्तो हुन्छ माया

जहाँ जाँऊ तिमी नै छौ मेरो दाँया बाँया ।



मेरो निम्ति पोल चढ्यौ आज हात पाउ छैन

यता उता जता तता नदुख्ने यो घाऊ छैन ।



प्रेमरागले जोडियौं मुटुमुटु एउटै हामी

संसार पुरै देखाँउछु मेरै पाउमा हिँड तिमी ।



नजर झ्वाट्ट जँुधेपछि जात कुन्नी कता गयो ?

यो मगर्नी बाहुनसँग बाइकमा हिँड्ने कथा भयो ।



किस्ने काले भनी जिस्काउदा मेरो चुल्ठोमा समाउथ्यौ

पिडा भई रुन लाग्दा गाला यसै सुम्सुम्याँउथ्यौ ।



आँखा आज टिल्पिल हुँदा आँसु पुछ्ने हात खोई ?

निरश छु म अचेल तिम्रो प्रेरणाको बात खोई ?









छोरो जन्मे सल्लाह थ्यो नाम राख्ने रुपकृष्ण

बज्रपात खस्यो किन बनी एउटा प्रश्न चिन्ह ।



विभत्स त्यो करेन्टले पर्याे मेरो छाती चिरा

कठै ! पिडा कति सह्यौ काट्दा धमनी र शिरा ।



म थिएँ काठ्मान्डुमा तिमी थियौ पल्लो रुकुम

काले मेरो ढल्यो सुन्दा गहिरो जखम कहाँ लुकम?



हाँसो खोसिएको अनुहार देख्दा हुन्छु आँफै खफा

अन्तिम श्वास फेर्दा पनि रहनेछु तिम्रै रुपा ।



भाग्य मात्रै हैन अब विश्वास राख्छु कर्ममा

उज्यालो भविस्य खोज्छु भित्र भित्रै दर्दमा ।



यो कविता भिडियो मार्फत हेर्न वा सुन्न यहाँ क्लिक गर्नुहोस् । युटुबमा यो भिडियोले साँढे चार लाख भन्दा बढी भ्युज पाइसकेको छ /



कृष्ण वलीलाई उन्की जीवनसाथी रुपा मगरले लेखिन् यस्तो मन छुने कविता








Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।