Skip to main content

रबिन्द्र पत्नीको भाईरल कविता



फागुन १५ गते दिननै अँध्यारो थियो । अझ झन् हेलिकप्टर हराएको समाचार आउँदा त मन पनि अँध्यारो भयो । हेलिकप्टर दुर्घटनामा परी त्यसमा सवार अन्य ६ ब्यक्तित्व सहित संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीको मृत्यु् भयो । आशा लाग्दा नेता गुमाउनु परेकोमा देशमात्र मर्माहत भएन प्रकृति पनि रोयो । मन्त्री रबिन्द्र अधिकारीको मृत्युले म स्वयम्लाई छुट्टै पिडा दियो जुन अरु नेताहरु बित्दा कहिल्यै भएन । उनीसँग आफ्नो बिशेष सम्बन्ध रहेझँै लाग्दथ्यो । कारणः हुबहु नाम र थर मिलेकोले मैले उन्लाई मित्ज्यु ठाँन्दथे । उनी पर्यटन मन्त्रीमा बहाली हुँदापनि कसैगरी झुक्किएर दुई चार जनाको बधाईको स्वाद चाख्ने अवसर पाएको थिए ।
यसरी भित्र उब्जिएको पिडालाई म मुर्तरुप दिन चाहन्थँे । त्यसैले रबिन्द्र अधिकारीको सम्झनामा एउटा कविता लेखेँ– आई विल मिस यु, मित्ज्यु । तर मैले पछि बिचार गरेँ– अधिकारी यस् संसारमा नरहनुको पिडा मलाई जति छ त्योभन्दा हजाराँै गुणा बढी उन्को परिवार, बिशेषतः उन्कीे पत्नी बिद्या भट्टराईलाई छ । हो, त्यो उन्को असिम पिडालाई उन्कै दृष्टिकोणबाट ब्यक्त गर्न सकियो भने कविताले बोक्ने ओझ र अर्थ अझ घनिभुत हुन सक्छ भन्ने मनसायले मैले कविताको पुनर्लेखन गरें । श्रीमान गुमाँउदाको दर्द समेटिएको सो कविता मैले आफ्नो श्रीमतीबाट बाचन गराएर फागुन १५ को साँझ युटुबमा राखँके ।

तसर्थ त्यो कविता रबिन्द्र अधिकारीले रचेको हो र वाचन रबिन्द्र अधिकारीकै श्रीमतीले गरेकी हुन् । तर उनी मृतक रबिन्द्र अधिकारीकी श्रीमती बिद्या भट्टराई नभै जिवित रबिन्द्र अधिकारीकी श्रीमती सपना कोइराला थिइन् । रबिन्द्र अधिकारीकै नाममा श्रद्धाञ्जली भएकोले आवाजमा थप गाम्भिर्यता मिसिएको छ । यो पूर्णतया एउटा साहित्य थियो तर यसले थोरबहुत यथार्ततालाई चित्रण गरेको छ । साहित्यमा चरा बोल्छ, रुखहरु बातचित् गर्छन् । निर्जीव सजीव जोकोहिलाई साहित्यको माध्यमबाट आवाज भरिन्छ । एवम् रितले केही क्षणको लागि कोही अर्कै ब्यक्ती भएर कविता रचना गर्नुपनि साहित्यमा नौलो प्रयोग हैन । तर भोलिपल्ट भिडियोको तलपट्टी रहेको विवरणनै नपढी क्षणिक दर्शक तान्ने र भ्युज बढाएर पैसा कमाउने युटुब र मिडिया कर्मीहरुले सोसल मिडिया सेन्सेसन बनाएर कवितालाई विभिन्न माध्यमद्वारा सर्वत्र गराए । नानाथरिका युटुब च्यानलले भिडियोलाई पुनः अप्लोड गर्न थाले । स्वयं बिद्या भट्टराईको अभिब्यक्ती भएको दावा गर्दै थुप्रै अन्लाइन साइट र फेस्बुक पेजहरुले उक्त भिडियो राख्दै गए । साथीहरुको माध्यमबाट मैले सँुइको पाँउदा भिडियो पुरापुर भाईरल भईसकेको थियो ।
विदेशमा बस्ने एउटा साथीले तैले बिहानी पोस्टको कविता हेर्दै वाचन गरेर भिडियो बनाएको रैछस् हैन भनेर सोध्यो । ए बाबा, म कसरी सम्झाउँ उस्लाई कि त्यो कविता अब बिहानी पोस्टमा मात्र हैन दिवा, सन्ध्या र रात्रीपोस्ट केके छन सबैमा छरपस्ट भईसकेका छन भनेर । त्यसैगरी एउटा साथी दिदीको मा जाँदा “बिद्याले रबिन्द्रको नाममा निकै मर्मस्पर्शी कविता लेखेकी रहिछन नि सुनिस्?” भनेर सोध्नु भएछ । अर्कै च्यानलमा रहेको उक्त गीत हेर्दै साथीले “लौ यो त हाम्रै रबिन्द्रले कविता लेखेर बनाएको भिडियो हो त, चोरेछन नि” भनेछ । बिद्यापनि साहित्य लेख्छिन र यो स्वर पनि उनैको हो भनेर दिदीले ज्यान जाला साथीको कुरा पत्याँउनु भएनछ । यसरी सोसल मिडियाले मान्छेको सोच र विश्वास्लाई यतिसम्म गहिरो प्रभाव पार्दो रहेछ । फेसबुक वा युटुब प्रयोगकर्ताहरुमध्ये धेरैले यो कविता विद्या भट्टराईकै शब्द र स्वर हो भन्ठाने ।

युटुबमा भने मेरो सुरुवाती भिडियो अरुकै च्यानलमा एक दिनपछि राखिएको भिडियोसँग प्रतिस्पर्धा गर्दै थियो । मौका कुरेर बसिरहने कथित् मिडियाकर्मीहरुको ठुलै झुण्ड रहेछ नेपालमा जस्ले प्रभाव छाड्न सक्ने कन्टेन्ट देख्नासाथ त्यस्लाई रिअप्लोड गरी मनग्गे पैसा कमाउदा रहेछन् । कतिले युटुबको कपिराइट क्लेमबाट जोगिन चतुर्याइकासाथ भिडियोलाई हल्का टेढमेढ गरी आफ्नैजस्तो बनाउदा रहेछन् पनि । धेरै मान्छेहरु आफ्नै श्रीजना भन्दा अर्काको श्रीजनामा रोजी रोटी जुटाईरहेका हुँदा रहेछन् । तरपनि अन्ततः युटुबको अल्गोरिदमले सबैलाई पाउनु पर्ने जति न्याय दिएरै छाड्छ । फागुन १८ गते मेरो आफ्नै च्यानलमा रहेको भिडियो ट्रेन्डिङ १० भित्र पर्न सफल भयो । भिडियोमा रहेको उक्त कविता पुनश्चः भन्छु–बिद्या भट्टराईले लेखेको पनि हैन र वाचन गरेको पनि हैन । बरु शोकमा डुबेको अधिकारी परिवारः श्रीमती बिद्या, छोराहरु स्वराज र बिराज, बुवा ईन्द्रप्रशाद र माता लक्ष्मी अधिकारी लगायत सम्पूर्णलाई हार्दिक समवेदना । साथै मन्त्री अधिकारीको आत्माको चीर शान्तीको कामना ।

Published in KMG Saptahik on 24th Falgun 2075 (8th March 2019)

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।