Skip to main content

डेरा जिन्दगी



बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

सम्पूर्ण जिन्दगीहरु ब्रम्हाण्डको कुनै कुनामा अवस्थित डेरामा घनघोर मोहजालको गुंड बनाएर यो तेरो र यो मेरो भनेर भ्रममै जिउँदछन् । जुन कुरो ऊ जन्मिनु अघिदेखि नै यस् धर्तीमा छ भने त्यो कसरी उस्को हुन सक्छ? उस्को आफ्नो भनेको ती कुराहरु मात्र हुन जुन “कथित मेरो भनिने” चीज बस्तुलाई उपयोग गरी उस्ले आफ्नै बनिबुताले सिर्जना गरेको हुन्छ । त्यो भनेको कुनै आविश्कार हुन सक्छ, कुनै दर्शन हुन सक्छ वा कुनै काब्य, कृति, संरचना हुन सक्छ । जुन यस् दुनियाँका लागि नयाँ हुनु पर्छ । त्यो कुरा इज्जत वा ब्राण्ड पनि हुन सक्छ जो बिशुद्ध उस्को नाममा आओस् ।

उदाहरणको लागि केही कसैबाट खरिद गर्दैमा त्यो चीज कहिल्यै आफ्नो हुँदैन । त्यो चीजले स्वामित्वको डेरा सारेको मात्र हो । किनभने किन्नको लागि प्रयोग भएको पैसा नै प्रथमतः मिथ्या हो । जब पैसा नै कहिल्यै आफ्नो हुँदैन भने यसबाट खरिद गरिने चीज कसरी आफ्नो हुन सक्छ? एकछिनको लागि तपाईं गोजिमा दश हजार लिएर हिंड्नुस्, केही दिन वा क्षणमै बस्तु वा सेवाको सटहीमा त्यो पैसा बाँड्दै हिंड्नु पर्छ । जस्तै त्यस्को केही हिस्सा खलासीले बुझ्छ, केही तिरोतारो गर्दा सकिन्छ । यो सत्य एउटाको लागिमात्र हैन सबैका लागि लागु हुन्छ । खलासीले पनि हामीबाट लिएको पैसा अन्ततः अरुलाई बुझाउदै हिंड्नु पर्छ । यसरी गोजिमा राम्रोसँग जम्न नपाँउदै अरुलाई दिनु पर्ने पैसा कसरी आफ्नो भन्नु?

तसर्थ किन्बेच भनेको पदार्थहरुको सटही मात्र हो र जीवनरुपी अस्तित्वले प्राणहीन पदार्थ उपर स्वामित्व ग्रहण गरेँ भनेर भन्ठान्नुँ बालुवाको घरमा बिराजमान हुनुजस्तै हो । हुरी आएपछि बालुवाको घर केही बाँकी रहदैन । यहाँ हुरीलाई मृत्युसँग तुलना गर्नुहोस् जस्को आगमनसंगै कसैको केहीको स्वामित्व बाँकी रह्दैन । बस्तु, चीज, पदार्थ वा जमिनलाई क्षणिक रुपमा चल्ती गर्न पाउदैमा त्यस्को स्थाई अधिकार उस्मा आएको हुँदैन ।
एबम् रीतले डेरा स्थाई हो भने डेरावाल स्वभावैले अस्थाई हुन् । अनि जिन्दगीहरु यहाँ एउटा डेरालाई आफ्नै सम्झेर केन्द्रबिन्दु बनाई घुमिरहन्छन् । उस्लाई त्यो डेरामा अड्याउन सहयात्री डेरावालहरुले अनेकन् अदृष्य डोरीहरुले बाँधेर राखेका हुन्छन् । जसरी बाँधेको घोडा जति उफ्रे पनि जति दौडे पनि तबेलाको वरिपरि नै हुन्छ ठीक त्यसैगरी हरेक जिन्दगीहरु डेराको वरिपरि घुम्दै एउटा जिन्दगी जिउँदछन् । यो भोगाइमा अरु सहयात्री डेरावालहरुले उस्लाई तरह तरहले साथ दिएका हुन्छन् ।

जबकी खाएको खाना समेत् वास्तवमा आफुले आँफै भित्र समाविष्ट गर्न सकिन्न भने अरु चीजको के कुरा? किनकी बिचार गर्नुहोस् हामीले खाएका चीज हामी भित्र दब्दैनन, केवल ती पदार्थहरुको स्थानान्तरण र रुपान्तरण हुने हो । धन छँउञ्जेल मेरो भनेर चढ्ने गरेको गाडी भोली निर्धन भएपछि अर्कैको भैदिन्छ । योवन छँउञ्जेल मेरो भनेको सुन्दरी पनि भोली उमेर घर्केपछी अर्काको हुन सक्छिन । बल छँउञ्जेल मेरो भनेको जागिर पनि भोली अर्काको भैदिन्छ । यसरी प्रत्येक जिन्दगीले साश्वत् चीज वा सत्यमाथि क्षणिक सम्बन्धहरु स्थापित गर्दै डेरावालको भूमिका निभाई रहेका हुन्छन् र यी डेरावालले भाडाको रुपमा सिङ्गो जिन्दगी नै सिध्याएर यस् संसारबाट कहिल्यै नफर्किने गरी बिदा हुन्छन् ।

This article was published in KMG's weekly portal Saptahik on May 10, 2019 ( Baishakh 26, 2076)



तपाईंलाई डाक्टर सन्दुक रुइतले एक गाउले महिलाको जिन्दगीमा एकै दिनमा कती ठुलो परिवर्तन ल्याइदिएका थिए जान्न मन छ भने पोड्कास्ट सुन्नको लागि यहाँ तल क्लिक गर्नुहोस्: 


Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...